नेभिगेशन
सबै कुरा

काठमाडौँमा व्यक्तिको अनुहार र सवारीको नम्बर प्लेट अटोमेटिक पहिचान गर्ने एआईमा आधारित सीसीक्यामेरा

काठमाडौँ । नेपाल प्रहरीले बुढानिलकण्ठको बिभिन्न क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा आधारित सीसीक्यामेरा जडान गरेको छ । ‘सुरक्षित काठमाडौँ उपत्यका, हाम्रो प्रतिबद्धता’ अभियान अनुरुप उक्त क्षेत्रमा क्यामेरा जडान गरिएको प्रहरीले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी र उपत्यका बिभिन्न स्थानीय तह मिलेर उपत्यका बिभिन्न स्थानमा अत्याधुनिक क्यामेरा जडान गर्ने कार्यलाई तीव्रता दिइएको हो । सीसीक्यामेरा उपत्यकाको शान्ति सुरक्षा र अपराध नियन्त्रण प्रभावकारी हुने काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले बताउँछन् । प्रहरीले अटोमेटिक नम्बर प्लेट पहिचान र फेस पहिचान क्यामरा जडान द्रूत गतिमा गरिरहेको मैनालीले जानकारी दिए । उनका अनुसार कोटेश्वर, महाराजगंज र बसपार्क क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स ट्राफिक सिस्टम क्यामरा जडान भईसकेको छ । 

Ncell
Extreme Energy

जडान गरिएका क्यामेराले कैद गर्ने नम्वर प्लेट र फेस प्रहरीको सर्भरमा रहने भएकाले अपराध गरेर भाग्नेहरुलाई नियन्त्रणमा लिन सहज हुने मैनालीले बताए । 

उपत्यका बिभिन्न स्थानमा अत्याधुनिक क्यामेरा जडान गर्ने कार्य जारी रहेको र यसका कारण अपराध नियन्त्रण र अनुसन्धानमा सहज हुने प्रहरीको विश्वास छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिले भने– भोटेकोशी बाढीपीडितको व्यवस्थापन र पुनर्निर्माण तीव्र पार्नू

राष्ट्रपतिले भने– भोटेकोशी बाढीपीडितको व्यवस्थापन र पुनर्निर्माण तीव्र पार्नू

राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढी प्रभावितहरूको तत्काल व्यवस्थापन, सडक तथा यातायात सञ्चालन, पुनर्निर्माण र पुनःस्थापनाका कामलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएका छन्।
विपद्पछिको पुनरुत्थानबारे विकास साझेदारसँग अर्थमन्त्री वाग्लेले थाले छलफल

विपद्पछिको पुनरुत्थानबारे विकास साझेदारसँग अर्थमन्त्री वाग्लेले थाले छलफल

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपद्पछिको पुनरुत्थान र आवश्यकता आकलनबारे विकास साझेदारहरूसँग छलफल गरेका छन्।
हिमालयलाई विशेष जलवायु तथा विपद् जोखिम क्षेत्रको अन्तर्राष्ट्रिय मान्यता दिलाउन पहल गरौँ : रवि लामिछाने

हिमालयलाई विशेष जलवायु तथा विपद् जोखिम क्षेत्रको अन्तर्राष्ट्रिय मान्यता दिलाउन पहल गरौँ : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले हिमालयलाई विशेष जलवायु तथा विपद् जोखिम क्षेत्रका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिलाउन पहल गर्नुपर्ने प्रस्ताव राखेका छन्।
चोटमा मानिसले भगवानलाई त सराप्छ भने, यो सरकार के हो ? रास्वपा के हो ?– रवि लामिछाने

चोटमा मानिसले भगवानलाई त सराप्छ भने, यो सरकार के हो ? रास्वपा के हो ?– रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपद्मा आफन्त गुमाएका तथा बेपत्ता भएका नागरिकले राज्यप्रति आक्रोश पोख्नु स्वाभाविक भएको बताएका छन्।

भर्खरै