नेभिगेशन
सबै कुरा

रसियन दूतावास अघि युद्ध पीडित आफन्तकाे माग 'युद्धमा नेपालीकाे प्रयाेग बन्द गर'

काठमाडौँ । रुसी सेनामा रहेका नेपालीहरूको उद्धार, राहत र बेपत्ताहरूको अवस्था जानकारी गराउन माग गर्दै प्रदर्शन गरेकाहरुले सडकमै धर्ना सुर गरेका छन् । बालुवाटास्थित रसियन एम्बेसी अगाडि प्रदर्शन गर्न नदिइएपछि उनीहरुले एम्बेसीभन्दा केही परको चोकमा प्ले कार्डसहित प्रदर्शन गरेका थिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यसपछि रुसी सेनामा भर्ती भएका नेपालीको आफन्त तथा परिवारहरु राजदूतावासमा ज्ञापन पत्र बुझाउन अघि बढेको थियो । तर प्रहरीले सिमित केही व्यक्ति मात्र जान पाइने बताएको थियो । उनीहरुले आफूहरुनिकै टाढाबाट आएको र आफ्ना आफन्तले रुसमा धेरैले नै दुख पाईरहेकोले दूतावासका अधिकारीहरुलाई भेटेर आफ्ना कुरा राख्न दिन माग गरेका थिए । तर प्रहरीले जान नदिएपछि उनीहरु बाटोमै धर्नामा बसेका हुन् । 

Ncell
Extreme Energy

उनीहरुले रुसी सेनामा ज्यान गुमाए तथा घाइते भएकाहरुका आफन्तले मृतका परिवारलाई क्षतीपुर्ती दिलाउनु पर्ने, घाइतेहरुको उपचार गरी नेपाल फर्काउनु पर्ने, नेपालीहरुलाई रुसी सेनामा भर्ती रोक्नु पर्ने लगायतका माग राखेका छन् । साथै उनीहरुले सेनामा भर्ती भएकहरुकालाई सकुशल घर फिर्ता हुने वातावरण बनाउन समेत माग गरेका छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कुवेतमा ड्रोन आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको शव नेपाल ल्याइँदै

कुवेतमा ड्रोन आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको शव नेपाल ल्याइँदै

कुवेतस्थित नेपाली राजदूतावासले स्थानीय निकाय तथा सम्बन्धित कम्पनीसँग आवश्यक समन्वय गरी पार्थिव शरीर स्वदेश पठाउने प्रक्रिया सम्पन्न गरेको मन्त्रालयले जनाएको छ ।
टावरको टुप्पोमा फहराएको प्रेम

टावरको टुप्पोमा फहराएको प्रेम

चीनको उक्त भवन निमार्णकै उपक्रममा थियो, चढ्ने अनुमति कसैलाई थिएन । उनीहरुको शाहसलाई कसले छेकबार गर्ने ? उनीहरुले लुकेर चढ्ने योजना बनाए र अन्ततः उनीहरुको शाहस, समर्पण शिखरित...
पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता

पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता

इरानी राष्ट्रपति मसूद पेजेस्कियनलाई विदाइ गरेको केही समय पछि प्रधानमन्त्री सरिफले विज्ञप्ति जारी गर्दै आफुहरुले क्षेत्रीय स्थिरता,  द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयहरुमा केन्द्रित रहि सौहार्दपूर्ण छलफल गरेको...
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

चीनको चारदिने औपचारिक भ्रमणमा रहेका उनले आज बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजित लगानी सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । मन्त्री खनालले नेपालको आर्थिक अवसर तथा जनसाङ्ख्यिकीय सामथ्र्यलाई...