नेभिगेशन
सबै कुरा

संसदको महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त

संघीय संसदको महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार पाण्डेयलाई महासचिवमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । 

Global Ime Bank

सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाको सिफारिसमा राष्ट्रपति पौडेलले पाण्डेयलाई महासचिवमा नियुक्त गरेका हुन्।

महासचिव पदमा नियुक्त हुनुअघि मंगलबार नै उनले प्रतिनिधि सभा सचिवबाट राजीनामा दिएका थिए। उक्त राजीनामा स्वीकृत गरी राष्ट्रपति पौडेलले पाण्डेयलाई महासचिव पदमा नियुक्त गरेका हुन्।

तत्कालीन महासचिव भरतराज गौतमले मंसिर २४ गतेदेखि लागू हुने गरी राजीनामा दिएका थिए। त्यसपछि महासचिव पदमा पाण्डेयलाई नियुक्त गर्न सिफारिस गरिएको थियो।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
टेरामक्स प्रकरणमा मोहनबहादुर बस्नेतलाई २५ लाख धरौटीमा छाड्न आदेश

टेरामक्स प्रकरणमा मोहनबहादुर बस्नेतलाई २५ लाख धरौटीमा छाड्न आदेश

टेरामक्स प्रकरणमा नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतलाई २५ लाख रुपैयाँ  धरौटीमा छाड्न विषेश अदालतले आदेश दिएको छ ।
सिनामङ्गलको हवाई डिपो स्थानान्तरणः  नागरिक उड्डयन प्राधिकरणकै कारण ढिलाइ

सिनामङ्गलको हवाई डिपो स्थानान्तरणः नागरिक उड्डयन प्राधिकरणकै कारण ढिलाइ

निगमका सिनामङ्गल डिपो प्रमुख प्रदीपकुमार यादवले आज पत्रकारसम्मेलनमार्फत प्राधिकरणबाट तोकिएको जग्गाको स्पष्ट सीमाङ्कन (चारकिल्ला छुट्याउने), ‘साइट क्लिरेन्स’ र प्रस्तावित डिपो क्षेत्रमा रहेका संरचना नहटाउँदा डिपो स्थानान्तरणको काम अघि...
रिद्धि सिद्धि सिमेन्टद्वारा मकवानपुरका एस.ई.ई उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति घोषणा, असार २८ सम्म आवेदन दिन सक्ने

रिद्धि सिद्धि सिमेन्टद्वारा मकवानपुरका एस.ई.ई उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति घोषणा, असार २८ सम्म आवेदन दिन सक्ने

कार्यक्रम अन्तर्गत कुल १५ जना उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिनेछ। जसअनुसार पहिलो स्थान प्राप्त गर्ने विद्यार्थीलाई मासिक रु. ५,०००, दोस्रो स्थानलाई रु. ३,५००, तेस्रो स्थानलाई रु. २,५००, र...