नेभिगेशन
सबै कुरा

गिरीबन्धु टी स्टेटको जग्गा सट्टापट्टा गर्न दिने सरकारको निर्णय बदर

गिरीबन्धु टी स्टेटको हदबन्दीभन्दा बढी रहेको जग्गा अन्यत्र सट्टापट्टा गर्ने गरी मन्त्रिपरिषदबाट दिइएको स्वीकृति सर्वोच्च अदालतले बदर गरिदिएको छ । 

बुधवार प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठसहित न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत, सपना प्रधानमल्ल र सुष्मालता माथेमा रहेको संवैधानिक इजलासले गिरीबन्धु टी स्टेटको जग्गा सट्टापट्टा गर्न दिने सरकारको निर्णय बदर गरिदिएको हो ।

Global Ime Bank

अदालतको संवैधानिक इजलासले जग्गा सट्टापट्टा गर्न स्वीकृत दिने निर्णय भूमिसम्बन्धी ऐन २०२१ को दफा १२ ग लगायतका कानुनी प्रावधान अनुकूल नदेखिएको र अपरिपक्क प्रकृतिको देखिएको भन्दै बदरको आदेश गरेको हो। 

 ‘विवादित निर्णय भूमिसम्बन्धी ऐन, २०२१ को दफा १२(ग) लगायतका कानूनी प्रावधान अनुकूल नदेखिएको र अपरिपक्व प्रकृतिको देखिएको हुँदा उत्प्रेषणको आदेशले उक्त निर्णय र सो बमोजिम भए गरिएका काम कारबाही समेत बदर हुने ठहर्छ ।’, फैसलामा भनिएको छ  । 

सर्वोच्चको संवैधानिक इजलासले कानूनी प्रावधान अनुकूल नदेखिएको भन्दै १३ वैशाख २०७८ सालमा केपी ओली सरकारले गरेको निर्णय बदर गरेको हो।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
टेरामक्स प्रकरणमा मोहनबहादुर बस्नेतलाई २५ लाख धरौटीमा छाड्न आदेश

टेरामक्स प्रकरणमा मोहनबहादुर बस्नेतलाई २५ लाख धरौटीमा छाड्न आदेश

टेरामक्स प्रकरणमा नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतलाई २५ लाख रुपैयाँ  धरौटीमा छाड्न विषेश अदालतले आदेश दिएको छ ।
सिनामङ्गलको हवाई डिपो स्थानान्तरणः  नागरिक उड्डयन प्राधिकरणकै कारण ढिलाइ

सिनामङ्गलको हवाई डिपो स्थानान्तरणः नागरिक उड्डयन प्राधिकरणकै कारण ढिलाइ

निगमका सिनामङ्गल डिपो प्रमुख प्रदीपकुमार यादवले आज पत्रकारसम्मेलनमार्फत प्राधिकरणबाट तोकिएको जग्गाको स्पष्ट सीमाङ्कन (चारकिल्ला छुट्याउने), ‘साइट क्लिरेन्स’ र प्रस्तावित डिपो क्षेत्रमा रहेका संरचना नहटाउँदा डिपो स्थानान्तरणको काम अघि...
रिद्धि सिद्धि सिमेन्टद्वारा मकवानपुरका एस.ई.ई उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति घोषणा, असार २८ सम्म आवेदन दिन सक्ने

रिद्धि सिद्धि सिमेन्टद्वारा मकवानपुरका एस.ई.ई उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति घोषणा, असार २८ सम्म आवेदन दिन सक्ने

कार्यक्रम अन्तर्गत कुल १५ जना उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिनेछ। जसअनुसार पहिलो स्थान प्राप्त गर्ने विद्यार्थीलाई मासिक रु. ५,०००, दोस्रो स्थानलाई रु. ३,५००, तेस्रो स्थानलाई रु. २,५००, र...