नेभिगेशन
सबै कुरा

सार्वजनिक स्थलमा १९ सय ५० फोहोर वर्गीकरण बिन सेट राख्दै काठमाडौँ महानगरपालिका

काठमाडाैँ । सार्वजनिक स्थलका उपभोक्ताले उत्पादन गरेको कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै जम्मा गर्न काठमाडौँ महानगरपालिकाले १ हजार ९५० सेट संकलन बिन राख्ने भएको छ । महानगरपालिकाले प्रत्येक सेटमा २ वटा बिन राख्ने भएको छ । जसमध्ये हरियो बिन कुहिने र रातो बिन नकुहिने फोहोरका लागि रहेको महानगरले जनाएको छ । 

‘उत्पादन भएकै ठाउँमा फोहोरलाई छुट्याएर प्रकृतिअनुसार छुट्टाछुट्टै व्यवस्थापन गर्ने योजनाअनुसार बिन राख्न लागिएको हो ।’ महानगरका वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठ भन्छन्, ‘स्रोतमा नै कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै संकलन भयो भने व्यवस्थापनमा सहज हुन्छ । महानगरपालिका सबै ठाउँमा एकै पटक काम गर्दा परिणाम प्राप्त गर्न कठिन हुने भएकोले नमूनाका रुपमा हामीले वडा २७ बाट वर्गीकरण भएको फोहोर मात्र संकलन गर्न लागेका छौँ ।  यसका लागि घरदैलो कार्यक्रममार्फत उत्पादकलाई बर्गीकरण विधिमा सचेत गराउँदैछौँ । छुट्टिएको फोहोर छुट्टाछुट्टै संकलन गर्न रङ्ग संकेतसहितको सवारी साधन तयारी गरिसकेका छौँ । घरघरमा फोहोर वर्गीकरण गरेजस्तै सार्वजनिक स्थलमा उत्पादन हुने फोहोरलाई पनि कुहिने र नकुहिने गरी छुट्टाछुट्टै भाँडामा संकलन गर्न लागेका हौँ ।’

Global Ime Bank


महानगरले यसरी राखिने सेटहरु २ प्रकारका रहेका छन् । पहिलो सेट सानो आकारको हो । यसमा राखिने एउटा विनको क्षमता ७० लिटरको हुनेछ । यसको उचाइ १ दशमलव २ मिटर, चौडाइ १ दशमलव २३ मिटर हुनेछ भने यसलाई २५ दशमलव ५५ किलोग्राम तौलको फलामे स्ट््याण्डमा राखिनेछ । महानगरपालिकाले यस्ता बिन ३ सय सेट राखिनेछन् । 

त्यस्तै मध्यम आकारका सेटमा १ दशमलव ३ मिटर चौडाइ र १ दशमलव ४ मिटर उचाइ भएको स्ट््याण्ड हुनेछन् । १२५ लिटर क्षमताका २ वटा बिन राखिनेछन । विभागकाअनुसार खुला प्रतिस्पर्धाबाट लिइने यी सामग्रीमध्ये केही सेट महानगरपालिकामा आइसकेका छन् । बिनको माथिल्लो भागमा कुन प्रकारको फोहोर हाल्ने भाँडो हो भन्ने लेखिएको हुनेछ । 


यी सेटहरु वडासँग समन्वय गरेर फोहोर व्यवस्थापन कार्यमा खटिने नाइकेहरुको जिम्मामा राखिनेछ । हरेक सेटमा नम्बर दिइएको छ । यसका आधारमा कुन सेट कसको जिम्मामा छ भन्ने थाहा हुने विभागले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
टेरामक्स प्रकरणमा मोहनबहादुर बस्नेतलाई २५ लाख धरौटीमा छाड्न आदेश

टेरामक्स प्रकरणमा मोहनबहादुर बस्नेतलाई २५ लाख धरौटीमा छाड्न आदेश

टेरामक्स प्रकरणमा नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतलाई २५ लाख रुपैयाँ  धरौटीमा छाड्न विषेश अदालतले आदेश दिएको छ ।
सिनामङ्गलको हवाई डिपो स्थानान्तरणः  नागरिक उड्डयन प्राधिकरणकै कारण ढिलाइ

सिनामङ्गलको हवाई डिपो स्थानान्तरणः नागरिक उड्डयन प्राधिकरणकै कारण ढिलाइ

निगमका सिनामङ्गल डिपो प्रमुख प्रदीपकुमार यादवले आज पत्रकारसम्मेलनमार्फत प्राधिकरणबाट तोकिएको जग्गाको स्पष्ट सीमाङ्कन (चारकिल्ला छुट्याउने), ‘साइट क्लिरेन्स’ र प्रस्तावित डिपो क्षेत्रमा रहेका संरचना नहटाउँदा डिपो स्थानान्तरणको काम अघि...
रिद्धि सिद्धि सिमेन्टद्वारा मकवानपुरका एस.ई.ई उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति घोषणा, असार २८ सम्म आवेदन दिन सक्ने

रिद्धि सिद्धि सिमेन्टद्वारा मकवानपुरका एस.ई.ई उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति घोषणा, असार २८ सम्म आवेदन दिन सक्ने

कार्यक्रम अन्तर्गत कुल १५ जना उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिनेछ। जसअनुसार पहिलो स्थान प्राप्त गर्ने विद्यार्थीलाई मासिक रु. ५,०००, दोस्रो स्थानलाई रु. ३,५००, तेस्रो स्थानलाई रु. २,५००, र...