नेभिगेशन
सबै कुरा

देशभर प्रभाव पर्ने गरी निर्णय गर्न कांग्रेस सभापति देउवाको निर्देशन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसको काठमाडौँ सम्मेलनले ठूलो महत्व राख्ने बताएका छन् ।       

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाली कांग्रेस काठमाडौँ जिल्ला सम्मेलनको आज उद्घाटन गर्दै सभापति देउवाले देशको राजधानी भएकाले यहाँ राम्रो काम गर्नुपर्ने बताए । “काठमाडौँमा कांग्रेसको सङ्गठन महत्वपूर्ण छ, यहाँको सम्मेलनले राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा प्रभाव पार्छ, देशभरि प्रभाव पार्ने गरी राम्रो प्रस्ताव पास गर्नुहोस्”, उनले भने ।      

Ncell
Extreme Energy

सभापति देउवाले नेपाली कांग्रेस नेपाली जनताको पार्टी भएकाले सधैँ जनताका पक्षमा निर्णय गर्न निर्देशन दिए । उनले भने, “काठमाडौँ जिल्ला कार्यसमितिमार्फत देशैभरका कांग्रेसका नेता तथा कार्यकर्तालाई यो भन्न चाहन्छु कि कांग्रेस जनताको पार्टी हो, हाम्रा सबै निर्णय र कदम जनताका पक्षमा हुनु जरुरी छ ।”    


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
हिमालयलाई विशेष जलवायु तथा विपद् जोखिम क्षेत्रको अन्तर्राष्ट्रिय मान्यता दिलाउन पहल गरौँ : रवि लामिछाने

हिमालयलाई विशेष जलवायु तथा विपद् जोखिम क्षेत्रको अन्तर्राष्ट्रिय मान्यता दिलाउन पहल गरौँ : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले हिमालयलाई विशेष जलवायु तथा विपद् जोखिम क्षेत्रका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिलाउन पहल गर्नुपर्ने प्रस्ताव राखेका छन्।
चोटमा मानिसले भगवानलाई त सराप्छ भने, यो सरकार के हो ? रास्वपा के हो ?– रवि लामिछाने

चोटमा मानिसले भगवानलाई त सराप्छ भने, यो सरकार के हो ? रास्वपा के हो ?– रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपद्मा आफन्त गुमाएका तथा बेपत्ता भएका नागरिकले राज्यप्रति आक्रोश पोख्नु स्वाभाविक भएको बताएका छन्।
रुँदै गरेका नागरिकलाई होच्याउने कुनै अन्धसमर्थक रास्वपालाई चाहिँदैन– रवि लामिछाने

रुँदै गरेका नागरिकलाई होच्याउने कुनै अन्धसमर्थक रास्वपालाई चाहिँदैन– रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपद्मा परेका नागरिकलाई होच्याउने, सामाजिक सञ्जालमा तुच्छ टिप्पणी गर्ने र साइबर बुलिङ गर्ने व्यक्तिका लागि पार्टीमा कुनै स्थान नरहेको बताएका...
संसदमा सभापति रवि लामिछानेले के भने ? (पूर्ण पाठ)

संसदमा सभापति रवि लामिछानेले के भने ? (पूर्ण पाठ)

यति ठूलो संकट र ठूलो क्षति बेहोर्दा पनि प्रभावित क्षेत्रका नागरिकहरूले एकअर्काको हात समातेर, एकअर्कालाई सम्हालेर उभिनुभयो । आफैं रोइरहेको मानिसले छिमेकीको आँसु पुछ्यो, आफ्नै परिवार गुमाएको मानिसले...

भर्खरै