नेभिगेशन
सबै कुरा

बाबुराम भट्टराई नेतृत्वको नेसपासँग एकताको तयारी भईरहेको छ : अग्नी सापकोटा

काठमाडौँ । नेकपा माओवादी केन्द्रले बाबुराम भट्टराई नेतृत्वको नेसपासँग एकता गरेर जाने पार्टीको तयारी रहेको बताएको छ । पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको माओवादी स्थायी कमिटी बैठकपछि प्रतिक्रिया दिदै माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले एकताको तयारी भईरहेको बताएका हुन् ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान राजनीतिक परिस्थिति जटिल र पेचिलो बन्दै गएको बताएका छन् । अहिलेको कार्यभार कानूनहरु बनाउने र मुख्यतः शान्तिप्रक्रियालाई टुंगोमा पुर्याउन अन्य दलहरुसँग छलफल भइरहेको अध्यक्ष प्रचण्डले बताएको बैठकपछि माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । 

Ncell
Extreme Energy

बैठकमा विधान मस्यौदाका बारेमा नेताहरुले धारणा राखेको र कमिटीलाई चुस्त दुरुस्त बनाउनुपर्ने सुझाव आएको सापकोटाले बताए । त्यस्तै केन्द्रिय समिति १५१ बनाउनुपर्ने प्रस्तावमा छलफल भएको र अन्तिम निष्कर्ष विधान सम्मेलनबाटै निकालिने सापकोटाले जानकारी दिए । त्यस्तै उनले राष्ट्रियसभा अध्यक्ष चयनको बिषयलाई लिएर गठबन्धनबीच कुनै समस्या नरहेको र पाँचै बर्ष चल्ने दावी गरे । 

माओवादी स्थायी कमिटी शनिबार पनि बस्ने छ भने माघ २८ र २९ गते केन्द्रिय कमिटी बैठक र फाल्गुन १ देखि ३ गतेसम्म विधान सम्मेलनको आयोजना गरिएको प्रवक्ता सापकोटाले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
हिमालयलाई विशेष जलवायु तथा विपद् जोखिम क्षेत्रको अन्तर्राष्ट्रिय मान्यता दिलाउन पहल गरौँ : रवि लामिछाने

हिमालयलाई विशेष जलवायु तथा विपद् जोखिम क्षेत्रको अन्तर्राष्ट्रिय मान्यता दिलाउन पहल गरौँ : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले हिमालयलाई विशेष जलवायु तथा विपद् जोखिम क्षेत्रका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिलाउन पहल गर्नुपर्ने प्रस्ताव राखेका छन्।
चोटमा मानिसले भगवानलाई त सराप्छ भने, यो सरकार के हो ? रास्वपा के हो ?– रवि लामिछाने

चोटमा मानिसले भगवानलाई त सराप्छ भने, यो सरकार के हो ? रास्वपा के हो ?– रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपद्मा आफन्त गुमाएका तथा बेपत्ता भएका नागरिकले राज्यप्रति आक्रोश पोख्नु स्वाभाविक भएको बताएका छन्।
रुँदै गरेका नागरिकलाई होच्याउने कुनै अन्धसमर्थक रास्वपालाई चाहिँदैन– रवि लामिछाने

रुँदै गरेका नागरिकलाई होच्याउने कुनै अन्धसमर्थक रास्वपालाई चाहिँदैन– रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपद्मा परेका नागरिकलाई होच्याउने, सामाजिक सञ्जालमा तुच्छ टिप्पणी गर्ने र साइबर बुलिङ गर्ने व्यक्तिका लागि पार्टीमा कुनै स्थान नरहेको बताएका...
संसदमा सभापति रवि लामिछानेले के भने ? (पूर्ण पाठ)

संसदमा सभापति रवि लामिछानेले के भने ? (पूर्ण पाठ)

यति ठूलो संकट र ठूलो क्षति बेहोर्दा पनि प्रभावित क्षेत्रका नागरिकहरूले एकअर्काको हात समातेर, एकअर्कालाई सम्हालेर उभिनुभयो । आफैं रोइरहेको मानिसले छिमेकीको आँसु पुछ्यो, आफ्नै परिवार गुमाएको मानिसले...

भर्खरै