नेभिगेशन
सबै कुरा

खनिज पदार्थ उत्खननका लागि १५६ खानीलाई अनुमति प्रदान

काठमाडौँ । नेपालमा खनिज पदार्थको उत्खननका लागि खानी तथा भूगर्भ विभागले एक सय ५६ खानीलाई उत्खननका लागि अनुमति प्रदान गरेको छ । विभागले दिएको जानकारीअनुसार हालसम्म मुलुकभर खनिज पदार्थको अनुसन्धान तथा अन्वेषण गरी सो खानीलाई उत्खननका लागि स्वीकृति प्रदान गरेको हो । 

विभागले खानी तथा खनिज पदार्थसम्बन्धी ऐन, २०४२ र खानी तथा खनिज पदार्थ नियमावली, २०५६ अन्तर्गत विभिन्न १७ प्रकृतिका एक सय ५६ खानीलाई उत्खननका लागि अनुमति प्रदान गरिएको विभागअन्तर्गत खनिज सम्पदा महाशाखाका प्रमुख जयराज घिमिरेले जानकारी दिए । नेपालको अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेकाले उत्खननका लागि अनुमति प्रदान गरिएको उनको भनाइ थियो ।

Global Ime Bank

मुलुकको आर्थिक विकास र समृद्धिका लागि महत्वपूर्ण क्षेत्रका रुपमा लिइएको खनिज पदार्थमध्ये सबैभन्दा धेरै चुनढुङ्गा ९६ खानीलाई उत्खननका लागि अनुमति दिएको महाशाखाका प्रमुख घिमिरेले जानकारी दिए । उनका अनुसार अनुमति प्रदान गरिएकामा टुर्मालिन तीन, टल्क १३, क्वार्ज दुई, काइनाइट पाँच, मार्वल एक, रातोमाटो दुई, फलाम एक, जिङ्क एक, क्वार्जजाइट १३, म्याग्नेसाइट दुई, डोलोमाइट तीन र तामाका दुई खानी रहेका छन् ।

घिमिरेले पछिल्लो समय चुनढुङ्गा उत्खननका लागि धेरै आवेदन परेको र सोहीअनुसार उत्खननका लागि ९६ खानीलाई अनुमति प्रदान गरिएको जानकारी दिनुभयो । पछिल्लो समय नेपालमा उत्पादित सिमेन्टसमेत विभिन्न मुलुकमा निर्यात हुँदै आएको छ । “नयाँ संरचना निर्माणका लागि सिमेन्टको अत्यधिक माग भइरहेको अवस्थामा सिमेन्टमा चाहिने महत्वपूर्ण कच्चापदार्थ चुनढुङ्गाको उत्खनन बढेको हो”, उनले भने ।

यस्तै विभागले उत्खनन अनुमतिपत्र प्राप्त गरेका विभिन्न कम्पनीलाई उत्खनन कार्य समयमा सुरु नगरेको भन्दै रद्द गर्दै आएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
टेरामक्स प्रकरणमा मोहनबहादुर बस्नेतलाई २५ लाख धरौटीमा छाड्न आदेश

टेरामक्स प्रकरणमा मोहनबहादुर बस्नेतलाई २५ लाख धरौटीमा छाड्न आदेश

टेरामक्स प्रकरणमा नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतलाई २५ लाख रुपैयाँ  धरौटीमा छाड्न विषेश अदालतले आदेश दिएको छ ।
सिनामङ्गलको हवाई डिपो स्थानान्तरणः  नागरिक उड्डयन प्राधिकरणकै कारण ढिलाइ

सिनामङ्गलको हवाई डिपो स्थानान्तरणः नागरिक उड्डयन प्राधिकरणकै कारण ढिलाइ

निगमका सिनामङ्गल डिपो प्रमुख प्रदीपकुमार यादवले आज पत्रकारसम्मेलनमार्फत प्राधिकरणबाट तोकिएको जग्गाको स्पष्ट सीमाङ्कन (चारकिल्ला छुट्याउने), ‘साइट क्लिरेन्स’ र प्रस्तावित डिपो क्षेत्रमा रहेका संरचना नहटाउँदा डिपो स्थानान्तरणको काम अघि...
रिद्धि सिद्धि सिमेन्टद्वारा मकवानपुरका एस.ई.ई उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति घोषणा, असार २८ सम्म आवेदन दिन सक्ने

रिद्धि सिद्धि सिमेन्टद्वारा मकवानपुरका एस.ई.ई उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति घोषणा, असार २८ सम्म आवेदन दिन सक्ने

कार्यक्रम अन्तर्गत कुल १५ जना उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिनेछ। जसअनुसार पहिलो स्थान प्राप्त गर्ने विद्यार्थीलाई मासिक रु. ५,०००, दोस्रो स्थानलाई रु. ३,५००, तेस्रो स्थानलाई रु. २,५००, र...