नेभिगेशन
सबै कुरा

अभियन्ता ई:काे आरोप, 'बालेनका कारण फुटपाथ व्यवसाय हटाउन देशभरका स्थानीय तहले सिकाे गरे'

काठमाडाैँ । अभियन्ता ई:ले बालेनका कारण फुटपाथ व्यवसाय हटाउन देशभरका स्थानीय तहले सिकाे गरेकाे आरोप लगाएका छन् ।  सडकमा व्यापार गर्न पाउनु पर्ने माग गर्दै आइतबार लुम्बिनीबाट पैदल यात्राको घोषणा गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौँका मेयर बालेन शाहले फुटपाथ व्यवसाय हटाएका कारण देशभरका स्थानीय तहले त्यसको सिको गरेको र जुन खेदपूर्ण रहेको उनले बताए ।

Ncell
Extreme Energy

‘काठमाडौँ महानगरको सडक व्यापारीप्रतिको क्रियाकलापले देशैभरका स्थानीय तहले पनि सिको गरेर सडक व्यापारीलाई दुख दिने गरेको पाएँ ,' उनी भन्छन्, ‘सहरबाट गरिब हटाए सहर सफा हुन्छ भन्ने कुराले सडक व्यापारी को काम गरेर खाने हक अधिकार खोसिएको छ ।’

 अभियन्ता ईःले फेरी तीन बुँदे मागसहित आजबाट लुम्बिनी-सिंहदरबार पैदलयात्रा सुरु गरेका हुन् । सडक व्यापार बृहत्तर अनौपचारिक क्षेत्र (६२% रोजगारी दिने), र शहरी गरिबको लोकरिझ्याईं निर्देशित सीमान्तीकरण राष्ट्रिय रोगसरि बनेको भन्दै पैदल यात्रा सुरु गरेकाे उनकाे दाबी छ । त्यस्तै उनले सरकारको नीतिका कारण बेरोजगारी, आर्थिक र सामाजिक असमानता बढेको र उक्त विषयमा सरकार‍ सकरात्मक नदेखिएको बताउँदै आफूले दबाबस्वरूप लुम्बिनी–सिंहदरबार पदयात्रा सुरु गरेको बताएका छन् ।  

‘सामाजिक न्याय सुनिश्चित गर्ने प्रावधानले भरिपूर्ण र समाजवाद उन्मुख लेखिएको संविधानको सार्थकता पुष्टि गर्न एवं आम  जनतामुखी कारुणिक शासन प्रोत्साहन गर्न अब यस विषयमा सङ्घीय सरकारको ध्यानाकर्षण गराउन पदयात्रा सुरु गरेको हुँ,'  उनले भने ।आइतबारबाट उनले सुरु गरेको पैदल यात्रा लुम्बिनीबाट नौ दिनमा सिंहदरबार पुगेर टुङ्ग्याउने बताइएकाे छ ।  त्यस्तै उनले सिंहदरबार पुगेर सरकारलाई प्रतिवेदन समेत बुझाउने बताएका छन् ।  ईःको पैदल यात्रामा लुम्बिनीबाट अन्य अभियन्ताहरु पनि थपिएका छन् ।  

ईः का तीन बुँदे माग

 १‍. देशभरका पालिकालाई सडक व्यवसाय र अनौपचारिक क्षेत्रबारे व्यवस्थापकीय नीति तयार गर्न एवं गरिबलाई अध्ययन र विकल्प बिना विस्थापन नगरी कानून र संविधानको मर्मपरिधि भित्र बस्न निर्देशन दिइनुपर्ने । 

 २. शहरी गरिबको संरक्षण गर्न आवश्यक तथा सडक व्यवसाय र अनौपचारिक क्षेत्रको व्यवस्थापन सम्बन्धी, सङ्घीय ऐनको सिर्जना तथा भएका कानूनी प्रावधानको सबलीकरण। 

 ३. पालिकाहरूलाई शहरी गरीबी सम्बोधन गर्न सहयोग गर्ने सडक व्यवसाय व्यवस्थापन, बृहत्तर अनौपचारिक क्षेत्र र साना उद्यम प्रवर्धन गर्ने तहगत सहकार्य कार्यक्रमलाई प्राथमिकता दिने।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
हिमालयलाई विशेष जलवायु तथा विपद् जोखिम क्षेत्रको अन्तर्राष्ट्रिय मान्यता दिलाउन पहल गरौँ : रवि लामिछाने

हिमालयलाई विशेष जलवायु तथा विपद् जोखिम क्षेत्रको अन्तर्राष्ट्रिय मान्यता दिलाउन पहल गरौँ : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले हिमालयलाई विशेष जलवायु तथा विपद् जोखिम क्षेत्रका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिलाउन पहल गर्नुपर्ने प्रस्ताव राखेका छन्।
चोटमा मानिसले भगवानलाई त सराप्छ भने, यो सरकार के हो ? रास्वपा के हो ?– रवि लामिछाने

चोटमा मानिसले भगवानलाई त सराप्छ भने, यो सरकार के हो ? रास्वपा के हो ?– रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपद्मा आफन्त गुमाएका तथा बेपत्ता भएका नागरिकले राज्यप्रति आक्रोश पोख्नु स्वाभाविक भएको बताएका छन्।
रुँदै गरेका नागरिकलाई होच्याउने कुनै अन्धसमर्थक रास्वपालाई चाहिँदैन– रवि लामिछाने

रुँदै गरेका नागरिकलाई होच्याउने कुनै अन्धसमर्थक रास्वपालाई चाहिँदैन– रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपद्मा परेका नागरिकलाई होच्याउने, सामाजिक सञ्जालमा तुच्छ टिप्पणी गर्ने र साइबर बुलिङ गर्ने व्यक्तिका लागि पार्टीमा कुनै स्थान नरहेको बताएका...
संसदमा सभापति रवि लामिछानेले के भने ? (पूर्ण पाठ)

संसदमा सभापति रवि लामिछानेले के भने ? (पूर्ण पाठ)

यति ठूलो संकट र ठूलो क्षति बेहोर्दा पनि प्रभावित क्षेत्रका नागरिकहरूले एकअर्काको हात समातेर, एकअर्कालाई सम्हालेर उभिनुभयो । आफैं रोइरहेको मानिसले छिमेकीको आँसु पुछ्यो, आफ्नै परिवार गुमाएको मानिसले...

भर्खरै