नेभिगेशन
सबै कुरा

अरुण चौधरीको विषयमा अदालतले गरेको निर्णयमा प्रश्न छ : गृहमन्त्री

काठमाडाैँ । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका अरुण चौधरीलगायतलाई छोड्न अदालतले दिएको आदेशप्रति गृहमन्त्री नारायणकाजी श्रेष्ठले असन्तुष्ट व्यक्त गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले आफूहरुले अदालतले गरेको निर्णयको सम्मान गर्ने बताउँदै अरुण चौधरीलगायतलाई छोड्न अदालतले दिएको आदेशप्रति अदालतप्रति नै प्रश्न रहेको बताएका छन् । 

Ncell
Extreme Energy

‘अदालतले गरेको निर्णय सरकारले पालना गर्नुपर्छ, त्यसमा सरकार दृढ छ । तर न्यायीक पद्धतिको कोणबाट यो निर्णयमा केही प्रश्न छन् ।’, गृहमन्त्री श्रेष्ठले भने । 

त्यस्तै उनले अदालतले अनुसन्धान गर्ने निकायलाई म्याद नै तोकेर २ दिनभित्र अनुसन्धान कि नत्र छाडिदेऊ भन्नु न्यायिक इतिहासमा नै पहिलो नजिर रहेको बताए । ‘हामीले म्याद माग्यौँ, अदालतले २ दिनमात्र दिन सक्छ । त्यसपछि सीआईबीको काम हो अनुसन्धान गर्ने । त्यसपछि म्याद थप चाहियो भन्न पनि सक्छ, चाहिएन भन्न पनि सक्छ । चाहियो भनेर गएपछि म्याद दिने कि नदिने अदालतले निर्णय गर्न सक्छ तर अदालतले पहिला नै दुई दिनभित्र सक अनुसन्धान, त्यसपछि छोडिदेऊ भनेर पुलिस अधिकारीलाई निर्देशन दिने अहिलेसम्मको न्यायिक इतिहासमा छैन, यो पहिलो हो ।’

त्यस्तै उनले अदालतले अरुण चौधरी लगायतलाई पुर्पक्षका लागि छोड भनेको भएपनि उनीहरुविरुद्ध अनुसन्धान नसकिएको बताएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
चोटमा मानिसले भगवानलाई त सराप्छ भने, यो सरकार के हो ? रास्वपा के हो ?– रवि लामिछाने

चोटमा मानिसले भगवानलाई त सराप्छ भने, यो सरकार के हो ? रास्वपा के हो ?– रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपद्मा आफन्त गुमाएका तथा बेपत्ता भएका नागरिकले राज्यप्रति आक्रोश पोख्नु स्वाभाविक भएको बताएका छन्।
रुँदै गरेका नागरिकलाई होच्याउने कुनै अन्धसमर्थक रास्वपालाई चाहिँदैन– रवि लामिछाने

रुँदै गरेका नागरिकलाई होच्याउने कुनै अन्धसमर्थक रास्वपालाई चाहिँदैन– रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपद्मा परेका नागरिकलाई होच्याउने, सामाजिक सञ्जालमा तुच्छ टिप्पणी गर्ने र साइबर बुलिङ गर्ने व्यक्तिका लागि पार्टीमा कुनै स्थान नरहेको बताएका...
संसदमा सभापति रवि लामिछानेले के भने ? (पूर्ण पाठ)

संसदमा सभापति रवि लामिछानेले के भने ? (पूर्ण पाठ)

यति ठूलो संकट र ठूलो क्षति बेहोर्दा पनि प्रभावित क्षेत्रका नागरिकहरूले एकअर्काको हात समातेर, एकअर्कालाई सम्हालेर उभिनुभयो । आफैं रोइरहेको मानिसले छिमेकीको आँसु पुछ्यो, आफ्नै परिवार गुमाएको मानिसले...
यो पटक पनि यही भग्नावशेषबाट हामी फेरि उठ्नेछौँ र सबै पीडित र प्रभावितका आँसु पुछ्नेछौँ– रवि लामिछाने

यो पटक पनि यही भग्नावशेषबाट हामी फेरि उठ्नेछौँ र सबै पीडित र प्रभावितका आँसु पुछ्नेछौँ– रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपालले जलवायु संकट र त्यसबाट भइरहेको क्षतिबारे विश्व समुदायलाई तथ्यसहित बुझाउन प्रभावकारी जलवायु कूटनीति अघि बढाउनुपर्ने बताएका छन्।

भर्खरै