नेभिगेशन
सबै कुरा

अरुण चौधरीको विषयमा अदालतले गरेको निर्णयमा प्रश्न छ : गृहमन्त्री

काठमाडाैँ । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका अरुण चौधरीलगायतलाई छोड्न अदालतले दिएको आदेशप्रति गृहमन्त्री नारायणकाजी श्रेष्ठले असन्तुष्ट व्यक्त गरेका छन् । 

आइतबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले आफूहरुले अदालतले गरेको निर्णयको सम्मान गर्ने बताउँदै अरुण चौधरीलगायतलाई छोड्न अदालतले दिएको आदेशप्रति अदालतप्रति नै प्रश्न रहेको बताएका छन् । 

Global Ime Bank

‘अदालतले गरेको निर्णय सरकारले पालना गर्नुपर्छ, त्यसमा सरकार दृढ छ । तर न्यायीक पद्धतिको कोणबाट यो निर्णयमा केही प्रश्न छन् ।’, गृहमन्त्री श्रेष्ठले भने । 

त्यस्तै उनले अदालतले अनुसन्धान गर्ने निकायलाई म्याद नै तोकेर २ दिनभित्र अनुसन्धान कि नत्र छाडिदेऊ भन्नु न्यायिक इतिहासमा नै पहिलो नजिर रहेको बताए । ‘हामीले म्याद माग्यौँ, अदालतले २ दिनमात्र दिन सक्छ । त्यसपछि सीआईबीको काम हो अनुसन्धान गर्ने । त्यसपछि म्याद थप चाहियो भन्न पनि सक्छ, चाहिएन भन्न पनि सक्छ । चाहियो भनेर गएपछि म्याद दिने कि नदिने अदालतले निर्णय गर्न सक्छ तर अदालतले पहिला नै दुई दिनभित्र सक अनुसन्धान, त्यसपछि छोडिदेऊ भनेर पुलिस अधिकारीलाई निर्देशन दिने अहिलेसम्मको न्यायिक इतिहासमा छैन, यो पहिलो हो ।’

त्यस्तै उनले अदालतले अरुण चौधरी लगायतलाई पुर्पक्षका लागि छोड भनेको भएपनि उनीहरुविरुद्ध अनुसन्धान नसकिएको बताएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
टेरामक्स प्रकरणमा मोहनबहादुर बस्नेतलाई २५ लाख धरौटीमा छाड्न आदेश

टेरामक्स प्रकरणमा मोहनबहादुर बस्नेतलाई २५ लाख धरौटीमा छाड्न आदेश

टेरामक्स प्रकरणमा नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतलाई २५ लाख रुपैयाँ  धरौटीमा छाड्न विषेश अदालतले आदेश दिएको छ ।
सिनामङ्गलको हवाई डिपो स्थानान्तरणः  नागरिक उड्डयन प्राधिकरणकै कारण ढिलाइ

सिनामङ्गलको हवाई डिपो स्थानान्तरणः नागरिक उड्डयन प्राधिकरणकै कारण ढिलाइ

निगमका सिनामङ्गल डिपो प्रमुख प्रदीपकुमार यादवले आज पत्रकारसम्मेलनमार्फत प्राधिकरणबाट तोकिएको जग्गाको स्पष्ट सीमाङ्कन (चारकिल्ला छुट्याउने), ‘साइट क्लिरेन्स’ र प्रस्तावित डिपो क्षेत्रमा रहेका संरचना नहटाउँदा डिपो स्थानान्तरणको काम अघि...
रिद्धि सिद्धि सिमेन्टद्वारा मकवानपुरका एस.ई.ई उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति घोषणा, असार २८ सम्म आवेदन दिन सक्ने

रिद्धि सिद्धि सिमेन्टद्वारा मकवानपुरका एस.ई.ई उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति घोषणा, असार २८ सम्म आवेदन दिन सक्ने

कार्यक्रम अन्तर्गत कुल १५ जना उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिनेछ। जसअनुसार पहिलो स्थान प्राप्त गर्ने विद्यार्थीलाई मासिक रु. ५,०००, दोस्रो स्थानलाई रु. ३,५००, तेस्रो स्थानलाई रु. २,५००, र...