नेभिगेशन
सबै कुरा
महानगरको पार्किङमा घोटलाः

समान सहकारीमाथि अनुसन्धान गर्न राजश्व अनुसन्धान र सम्पत्ति शुद्धिकरणलाई महानगरले सिफारिस गर्ने

काठमाडौँ । काठमाडौँमा स्मार्ट पार्किङ सञ्चालनका क्रममा भएको घोटलामा संलग्न रहेको समान सहकारीमाथि राजश्व छलि र सम्पत्ति शुद्धिकरणमा पनि अनुसन्धान हुने भएको छ । सहकारीमाथि थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धिकरण विभागलाई सिफारिस गर्ने तयारी गरिएको महानगरपालिका स्रोतले जनाएको छ ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महानगरपालिकासँग स्मार्ट पार्किङ सम्झौता भएको कम्पनीका सञ्चालकहरुले सञ्चालन गर्ने सो सहकारीमा पार्किङको अवैध रकम राखिने गरेको ठहर छ ।  २०७५ सालमा तत्कालिन मेयर बिद्यासुन्दर शाक्यले पार्किङका लागि ठेक्का पाएको सो कम्पनीले करोडौं रुपैयाँ अपचलन गरेको खुलासा शुक्रबार सिधाकुराले गरेको थियो । लगत्तै काठमाडौं महानगरले सो सहकारीलाई सिल गरेर कागजात नियन्त्रणमा लिएको थियो । 

Ncell
Extreme Energy

काठमाडाैँकाे पार्किङ व्यवस्थापन गर्ने कम्पनीकाे पैसा राख्ने सहकारीमा महानगरले छापा मारेर लगायाे सिल

‘सहकारी प्रदेश मातहत दर्ता भएकोे रहेछ । सहकारी ऐन अन्तर्गत थप कारबाहीको अधिकार प्रदेशलाई हस्तान्तरण गरेका छौं,’ महानगर स्रोतले भन्यो, ‘हामीसँग भएको प्रमाणका आधारमा थप कारबाहीका लागि राजश्व अनुसन्धान र सम्पत्ति शुद्धिकरण विभागमा सिफारिस गर्छौँ ।’ 

न्यूरोडमा रहेको सहकारीको सबै हिसाब किताब शंकास्पद देखिएको महानगरपालिकाले जनाएको छ । सहकारीमाथि थप कारबाहीका लागि प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरासँग पनि समन्वय र परामर्श गरेको महानगरले जनाएको छ ।

शुक्रबार सहकारीको दर्ता र सामान्य विवरणसमेत कर्मचारीले नदेखाएको सो बचत तथा ऋण सहकारी बागमति प्रदेशमा दर्ता रहेको पाइएपछि कागजात गराएर सिल भने खोल्न दिएको महानगरले जनाएको छ । महानगरको पार्किङ ठेक्का पाउने कम्पनी ह्वील्स ट्रूली योर्सको सञ्चालक र सो सहकारीको अध्यक्ष राजिब श्रेष्ठ नाम गरेका व्यक्ति हुन् । 

न्यूरोडको 'समान सहकारी'मा जम्मा हुन्थ्यो महानगरलाई छलेर उठाइएको पार्किङकाे रकम

बिद्यासुन्दरको ‘स्मार्ट पार्किङ’ परियोजनामा कम्तिमा ३ अर्ब भ्रष्टाचार



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
चोटमा मानिसले भगवानलाई त सराप्छ भने, यो सरकार के हो ? रास्वपा के हो ?– रवि लामिछाने

चोटमा मानिसले भगवानलाई त सराप्छ भने, यो सरकार के हो ? रास्वपा के हो ?– रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपद्मा आफन्त गुमाएका तथा बेपत्ता भएका नागरिकले राज्यप्रति आक्रोश पोख्नु स्वाभाविक भएको बताएका छन्।
रुँदै गरेका नागरिकलाई होच्याउने कुनै अन्धसमर्थक रास्वपालाई चाहिँदैन– रवि लामिछाने

रुँदै गरेका नागरिकलाई होच्याउने कुनै अन्धसमर्थक रास्वपालाई चाहिँदैन– रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपद्मा परेका नागरिकलाई होच्याउने, सामाजिक सञ्जालमा तुच्छ टिप्पणी गर्ने र साइबर बुलिङ गर्ने व्यक्तिका लागि पार्टीमा कुनै स्थान नरहेको बताएका...
संसदमा सभापति रवि लामिछानेले के भने ? (पूर्ण पाठ)

संसदमा सभापति रवि लामिछानेले के भने ? (पूर्ण पाठ)

यति ठूलो संकट र ठूलो क्षति बेहोर्दा पनि प्रभावित क्षेत्रका नागरिकहरूले एकअर्काको हात समातेर, एकअर्कालाई सम्हालेर उभिनुभयो । आफैं रोइरहेको मानिसले छिमेकीको आँसु पुछ्यो, आफ्नै परिवार गुमाएको मानिसले...
यो पटक पनि यही भग्नावशेषबाट हामी फेरि उठ्नेछौँ र सबै पीडित र प्रभावितका आँसु पुछ्नेछौँ– रवि लामिछाने

यो पटक पनि यही भग्नावशेषबाट हामी फेरि उठ्नेछौँ र सबै पीडित र प्रभावितका आँसु पुछ्नेछौँ– रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपालले जलवायु संकट र त्यसबाट भइरहेको क्षतिबारे विश्व समुदायलाई तथ्यसहित बुझाउन प्रभावकारी जलवायु कूटनीति अघि बढाउनुपर्ने बताएका छन्।

भर्खरै