नेभिगेशन
सबै कुरा
महानगरको पार्किङमा घोटलाः

समान सहकारीमाथि अनुसन्धान गर्न राजश्व अनुसन्धान र सम्पत्ति शुद्धिकरणलाई महानगरले सिफारिस गर्ने

काठमाडौँ । काठमाडौँमा स्मार्ट पार्किङ सञ्चालनका क्रममा भएको घोटलामा संलग्न रहेको समान सहकारीमाथि राजश्व छलि र सम्पत्ति शुद्धिकरणमा पनि अनुसन्धान हुने भएको छ । सहकारीमाथि थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धिकरण विभागलाई सिफारिस गर्ने तयारी गरिएको महानगरपालिका स्रोतले जनाएको छ ।  

महानगरपालिकासँग स्मार्ट पार्किङ सम्झौता भएको कम्पनीका सञ्चालकहरुले सञ्चालन गर्ने सो सहकारीमा पार्किङको अवैध रकम राखिने गरेको ठहर छ ।  २०७५ सालमा तत्कालिन मेयर बिद्यासुन्दर शाक्यले पार्किङका लागि ठेक्का पाएको सो कम्पनीले करोडौं रुपैयाँ अपचलन गरेको खुलासा शुक्रबार सिधाकुराले गरेको थियो । लगत्तै काठमाडौं महानगरले सो सहकारीलाई सिल गरेर कागजात नियन्त्रणमा लिएको थियो । 

काठमाडाैँकाे पार्किङ व्यवस्थापन गर्ने कम्पनीकाे पैसा राख्ने सहकारीमा महानगरले छापा मारेर लगायाे सिल

‘सहकारी प्रदेश मातहत दर्ता भएकोे रहेछ । सहकारी ऐन अन्तर्गत थप कारबाहीको अधिकार प्रदेशलाई हस्तान्तरण गरेका छौं,’ महानगर स्रोतले भन्यो, ‘हामीसँग भएको प्रमाणका आधारमा थप कारबाहीका लागि राजश्व अनुसन्धान र सम्पत्ति शुद्धिकरण विभागमा सिफारिस गर्छौँ ।’ 

न्यूरोडमा रहेको सहकारीको सबै हिसाब किताब शंकास्पद देखिएको महानगरपालिकाले जनाएको छ । सहकारीमाथि थप कारबाहीका लागि प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरासँग पनि समन्वय र परामर्श गरेको महानगरले जनाएको छ ।

शुक्रबार सहकारीको दर्ता र सामान्य विवरणसमेत कर्मचारीले नदेखाएको सो बचत तथा ऋण सहकारी बागमति प्रदेशमा दर्ता रहेको पाइएपछि कागजात गराएर सिल भने खोल्न दिएको महानगरले जनाएको छ । महानगरको पार्किङ ठेक्का पाउने कम्पनी ह्वील्स ट्रूली योर्सको सञ्चालक र सो सहकारीको अध्यक्ष राजिब श्रेष्ठ नाम गरेका व्यक्ति हुन् । 

न्यूरोडको 'समान सहकारी'मा जम्मा हुन्थ्यो महानगरलाई छलेर उठाइएको पार्किङकाे रकम

बिद्यासुन्दरको ‘स्मार्ट पार्किङ’ परियोजनामा कम्तिमा ३ अर्ब भ्रष्टाचार



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आगामी मङ्सिर १ देखि सर्वोच्च अदालत पूर्णरुपमा सञ्चालन हुने

आगामी मङ्सिर १ देखि सर्वोच्च अदालत पूर्णरुपमा सञ्चालन हुने

सर्वोच्च अदालतको बिहीबार बसेको पूर्ण बैठकलेले आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाट समेतका घटनाबाट बचेका मुद्दाहरु, अवरुद्ध सबै सेवाहरुको नियमित रुपमा सञ्चालन गर्ने निर्णय गरेको हो ।
३४ वर्षपछि नासामा महिला नेतृत्व

३४ वर्षपछि नासामा महिला नेतृत्व

नेपाली साहित्य, संस्कृति र परम्पराको जगेर्नामा सक्रिय भूमिका निर्वाह गरकै कारण अध्यक्षजस्तो गरिमामय पदमा उनी निर्वाचित हुन सफल भएको बताए ।
रास्वपाकाे राजनीतिक प्रतिवेदनमा  वैकल्पिक शक्ति एक हुन यस्तो प्रस्ताव

रास्वपाकाे राजनीतिक प्रतिवेदनमा वैकल्पिक शक्ति एक हुन यस्तो प्रस्ताव

अर्यालले पार्टी कब्जा गर्ने नियतको भने खुला प्रतिवाद गर्ने बताएका छन् । ‘यो पार्टीको इतिहास र पहिचान उहाँहरूले पनि बुझ्नु पर्छ । पार्टी बनाउने चाहानालाई स्वागत छ ।...
जेन–जी आन्दोलनको मुख्य कारक पुराना दल र उनीहरुका हर्कत हुन्ः रास्वपा कार्यबाहक सभापति अर्याल

जेन–जी आन्दोलनको मुख्य कारक पुराना दल र उनीहरुका हर्कत हुन्ः रास्वपा कार्यबाहक सभापति अर्याल

सो क्रममा उनले आफ्नो पार्टी र पार्टी सभापतिले समेत यसबारे सचेत गराउँदै आएको बताए । ‘जेन–जी आन्दोलनको मुख्य कारक पुराना दलका हर्कत र जनविरोधी गतिविधि हुन् । आधार...