नेभिगेशन
सबै कुरा

बाँसवारी जग्गा प्रकरणमा अरुणसहित तीनै जनालाई थुनामुक्त गराउने न्यायाधीशको कर्णालीमा सरुवा

काठमाडाैँ । बाँसवारी छाला जुत्ता कारखाना प्रकरणमा पक्राउ परेका अरुण चौधरी लगायत ३ जनालाई थुनामुक्त गर्न आदेश दिने न्यायाधीश यज्ञप्रसाद आचार्यको सरुवा भएको छ । 

पक्राउ परेका व्यवसायी अरुण चौधरी,  सीजी चाँदबागका अध्यक्ष सञ्जय ठाकुर र तत्कालीन बाँसवारी छाला तथा जुत्ता कारखाना लिमिटेडका कार्यकारी अध्यक्ष अजितनारायण थापालाई थुनामुक्त गर्न आदेश दिएको भन्दै चौतर्फी आलोचना भएपछि उनलाई मुगु जिल्ला अदालतमा पठाइएको हो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले उनलाई काजमा मुगु पठाएका हुन् । 

Global Ime Bank

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जग्गा हिनामिना प्रकरणमा उनीहरुलाई पक्राउ गरेपछि जिल्ला अदालत काठमाडौँका न्यायाधीश आचार्यले २ दिनभित्र अनुसन्धान सक्न वा थुनामुक्त गराउन आदेश दिएका थिए। 

अदाललते दिएको समयमा अनुसन्धान नसकिएपछि उनीहरुलाई छोडिएको थियो । सीआईबीले माघ १८ गते उनीहरुलाई पक्राउ गरी अनुसन्धान थालेको थियो। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
संरक्षणको अभावमा गुँदे ताल (तस्बिरहरु)

संरक्षणको अभावमा गुँदे ताल (तस्बिरहरु)

पोखरामा रहेका ९ तालमध्येको एक हो, गुँदे ताल । पोखरा महानगरपालिका–२६, लेखनाथमा पर्ने उक्त तालको क्षेत्रफल ४.९८ हेक्टर छ । गुन्द्री बुन्न प्रयोग गरिने गुँद नामक वनस्पति पाइने...
चौलानी नदीमा एक युवक बेपत्ता

चौलानी नदीमा एक युवक बेपत्ता

आज बिहान ६ बजेतिर घर नजिकै रहेको चौलानी नदीमा हाम फालेको पारिवारिक स्रोतले जनाएको छ । बेपत्ता रानाको खोजीका लागि नदी क्षेत्रमा प्रहरी परिचालन गरिएको छ ।
किताबका पाना पल्टाउने समयमा इँटा पल्ट्याउने गोमाले ल्याइन् ४ जिपिए, भन्छिन् – ‘डाक्टर बन्ने चाहना छ’

किताबका पाना पल्टाउने समयमा इँटा पल्ट्याउने गोमाले ल्याइन् ४ जिपिए, भन्छिन् – ‘डाक्टर बन्ने चाहना छ’

“एकातर्फ कमजोर आर्थिक अवस्था अर्कोतर्फ छोरी गोमाले सानै बेलादेखि पढाइप्रति रुचि राख्ने भएकाले आफ्नो थातथलो छोडेर भक्तपुर आएँ, कामको खोजी गर्दै । त्यो बेला गोमा चार वर्षकी थिइन्,”...
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३४, गोलभेँडा सानो (टनेल)...