नेभिगेशन
सबै कुरा

जनयुद्धमा योगदान गर्ने सम्पूर्ण परिवर्तनका पक्षधरलाई एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धमा योगदान गर्ने सम्पूर्ण परिवर्तनका पक्षधरलाई एकताबद्ध हुन अपिल गरेका छन् । 

मंगलबार काठमाडौँमा पार्टीको विधान सम्मेलनको उद्घाटन गर्दै प्रचण्डले जनयुद्धका कारण भएको परिवर्तनमाथि षड्यन्त्र भइरहेको भन्दै जनयुद्धमा योगदान गर्ने सम्पूर्ण परिवर्तनका पक्षधरहरु एकताबद्ध हुनुपर्ने बताएका हुन् । उनले जनयुद्धकै कारण मुलुकमा ठूलो परिवर्त भएको भन्दै परिवर्तनका लागि बलिदान गर्ने योद्धाहरुलाई आरोपित गर्ने अधिकार कसै पनि अधिकार नभएको बताए । यसअघि भएका कर्मी कमजोरीको समिक्षा गरी माओवादी मोर्चालाई एकताबद्ध गर्न ढिलाई गर्न नहुने जिकिर गरे । जनयुद्ध नेपालको इतिहासको दूरगामी महत्वको रहेको र आगामी दिनमा पनि रहने उनले बताए । अध्यक्ष प्रचण्डले नेपालमा जनयुद्ध सम्भव छ भन्ने निष्कर्षसहित आफूहरु अगाडि बढेको र सोहीअनुसार जनताले अभियानमा सहयोग प्रदान गरेको स्मरण गरे । 

Global Ime Bank

त्यस्तै पार्टीका वरिष्ठ उपाध्यक्ष एवं उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले जनयुद्ध दिवस मनाउन बिदा दिएको भए पनि अदालतले त्यसलाई उल्टाएको र अदालतको आदेशलाई स्वीकार गरेको बताए । उनले सरकारीस्तरमा दिवस मनाउन नपाए पनि देश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी दिवस मनाइएको भन्दै भविष्यमा सरकारी तवरबाटै जनयुद्ध दिवस मनाउने अवस्था आउन सक्ने जिकिर गरे । शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गरेर समाजवाद उन्मुख लोकतान्त्रिक गणतन्त्र दिशामा अगाडि बढ्नु पार्टीको मूल लक्ष्य हुनुपर्ने उनले बताए । समाजवादको नयाँ आधार तयार पार्नका लागि सबै क्रान्तिकारी शक्तिलाई एकताबद्ध गरेर अगाडि बढाउनुपर्नेमा उनले जोड दिए । 

तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा एक हजार दुई सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहेको छ । सम्मेलनमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, तीन केन्द्रीय आयोगका सदस्य, सात भौगोलिक र तीन गैरभौगोलिक प्रदेशका पदाधिकारी तथा जनवर्गीय सङ्गठनका पदाधिकारीको सहभागिता रहेको छ ।  

पार्टीलाई व्यवस्थितरुपमा सञ्चालनका निम्ति आवश्यक विधान बनाउन सम्मेलन आयोजना गरिएको माओवादीले जनाएको छ । पार्टीले विधानको मस्यौदा तयार गर्न उपाध्यक्ष पम्फा भुसालको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरेको थियो । समितिले यसअघि नै पार्टी अध्यक्ष प्रचण्डलाई विधानको मस्यौदा बुझाएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कञ्चनपुर डुबानः ४ जनाको उद्धार गरी सुरक्षीत स्थानमा सारियो

कञ्चनपुर डुबानः ४ जनाको उद्धार गरी सुरक्षीत स्थानमा सारियो

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार विकको परिवारलाई नजिकै रहेको पवित्र आधारभूत विद्यालयमा सारिएको छ । वर्षाका कारण विकको घर डुबानमा परेपछि परिवारलाई सुरक्षित...
सानेपामा नेपाल तरूण दलका कार्यकर्ताहरूको आमरण अनशन, के हुन् माग ? (तस्बिरहरु)

सानेपामा नेपाल तरूण दलका कार्यकर्ताहरूको आमरण अनशन, के हुन् माग ? (तस्बिरहरु)

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलका असन्तुष्ट कार्यकर्ताहरूले सानेपास्थित पार्टी केन्द्रीय कार्यालयअगाडि आमरण अनशन सुरु गरेका छन्।
असार १३ गते बसेको मन्त्रिपरिषद् बैठकमा के के भयो निर्णय ?

असार १३ गते बसेको मन्त्रिपरिषद् बैठकमा के के भयो निर्णय ?

सोमबार सिंहदरबारमा असार १३ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले सर्वोच्च अदालतका उपसचिव कृतिबहादुर बस्नेत अध्यक्ष र बसन्तराज पुरी तथा गोविन्द शर्मा गैरै सदस्य...
धनगढीमा भारी वर्षा, एक दर्जन बढी बस्ती जलमग्न

धनगढीमा भारी वर्षा, एक दर्जन बढी बस्ती जलमग्न

गए रातिदेखिको अविरल वर्षा कारण धनगढी बजारलगायत आसपासका विभिन्न क्षेत्र आज जलमग्न भएका छन् । मुख्यगरी धनगढीको विशालनगर, मिलनचोक, शिवनगर, हसनपुर, क्याम्पस रोड, मालिका टोल, कृष्णनगर, पुरानो भन्सार...