नेभिगेशन
सबै कुरा

प्रचण्ड र देउवाले सङ्क्रमणकालीन न्याय टुङ्ग्याउन चाहेनन् : केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड र देउवाले सङ्क्रमणकालीन न्याय ट्ङ्ग्याउन नचाहेको आरोप लगाएका छन् । त्यसकै परिणाम १८ वर्षसम्म त्यसलाई नटुङ्ग्याएर पीडितमाथि अन्याय गरिएको उनको भनाई छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबार काठमाडौंमा मानवअधिकार रक्षकहरुको चौथो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै अध्यक्ष ओलीले पीडितलाई अन्याय हुने गरि सङ्क्रमणकालीन न्यायको बिषय टुङ्गिन नसक्न बताए । उनले सङ्क्रमणकालीन न्यायलाई पीडित मैत्री बनाएर टुङ्गो लगाउनुपर्नेमा जोड दिए । 

Ncell
Extreme Energy

हिंसा मच्चाउनेहरू १८ वर्षअघि नै सत्तामा पुग्दा पनि पीडितले न्याय नपाएको भन्दै ओलीलै अहिले टाउकामा बम हान्ने र टाउकाको मूल्य तोक्ने दुवै सरकारमा रहेको तर्क गरे । राजनीतिक हितका लागि अरू कुनै पनि मानवीय, संवैधानिक, कानुनी अधिकार उल्लंघन गर्ने एमालेको नीति नरहेको उनले प्रष्ट पारे ।

उनले एकताबद्ध भएर नेपाललाई शान्तिपूर्ण, विकासको बाटोमा मानव अधिकार सहितको राष्ट्रको रूपमा अघि बढाउनु पर्ने बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
संसदमा सभापति रवि लामिछानेले के भने ? (पूर्ण पाठ)

संसदमा सभापति रवि लामिछानेले के भने ? (पूर्ण पाठ)

यति ठूलो संकट र ठूलो क्षति बेहोर्दा पनि प्रभावित क्षेत्रका नागरिकहरूले एकअर्काको हात समातेर, एकअर्कालाई सम्हालेर उभिनुभयो । आफैं रोइरहेको मानिसले छिमेकीको आँसु पुछ्यो, आफ्नै परिवार गुमाएको मानिसले...
यो पटक पनि यही भग्नावशेषबाट हामी फेरि उठ्नेछौँ र सबै पीडित र प्रभावितका आँसु पुछ्नेछौँ– रवि लामिछाने

यो पटक पनि यही भग्नावशेषबाट हामी फेरि उठ्नेछौँ र सबै पीडित र प्रभावितका आँसु पुछ्नेछौँ– रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपालले जलवायु संकट र त्यसबाट भइरहेको क्षतिबारे विश्व समुदायलाई तथ्यसहित बुझाउन प्रभावकारी जलवायु कूटनीति अघि बढाउनुपर्ने बताएका छन्।
राज्य भग्नावशेषभित्र नागरिकको प्राण खोजिरहेको छ– रवि लामिछाने

राज्य भग्नावशेषभित्र नागरिकको प्राण खोजिरहेको छ– रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भदौ १० गतेको बाढीपहिरोमा ज्यान गुमाएका नागरिकलाई केवल प्राकृतिक विपत्तिका मृतकका रूपमा हेर्न नहुने बताएका छन्।