नेभिगेशन
सबै कुरा

प्रचण्ड र देउवाले सङ्क्रमणकालीन न्याय टुङ्ग्याउन चाहेनन् : केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड र देउवाले सङ्क्रमणकालीन न्याय ट्ङ्ग्याउन नचाहेको आरोप लगाएका छन् । त्यसकै परिणाम १८ वर्षसम्म त्यसलाई नटुङ्ग्याएर पीडितमाथि अन्याय गरिएको उनको भनाई छ । 

मंगलबार काठमाडौंमा मानवअधिकार रक्षकहरुको चौथो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै अध्यक्ष ओलीले पीडितलाई अन्याय हुने गरि सङ्क्रमणकालीन न्यायको बिषय टुङ्गिन नसक्न बताए । उनले सङ्क्रमणकालीन न्यायलाई पीडित मैत्री बनाएर टुङ्गो लगाउनुपर्नेमा जोड दिए । 

Global Ime Bank

हिंसा मच्चाउनेहरू १८ वर्षअघि नै सत्तामा पुग्दा पनि पीडितले न्याय नपाएको भन्दै ओलीलै अहिले टाउकामा बम हान्ने र टाउकाको मूल्य तोक्ने दुवै सरकारमा रहेको तर्क गरे । राजनीतिक हितका लागि अरू कुनै पनि मानवीय, संवैधानिक, कानुनी अधिकार उल्लंघन गर्ने एमालेको नीति नरहेको उनले प्रष्ट पारे ।

उनले एकताबद्ध भएर नेपाललाई शान्तिपूर्ण, विकासको बाटोमा मानव अधिकार सहितको राष्ट्रको रूपमा अघि बढाउनु पर्ने बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कञ्चनपुर डुबानः ४ जनाको उद्धार गरी सुरक्षीत स्थानमा सारियो

कञ्चनपुर डुबानः ४ जनाको उद्धार गरी सुरक्षीत स्थानमा सारियो

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार विकको परिवारलाई नजिकै रहेको पवित्र आधारभूत विद्यालयमा सारिएको छ । वर्षाका कारण विकको घर डुबानमा परेपछि परिवारलाई सुरक्षित...
सानेपामा नेपाल तरूण दलका कार्यकर्ताहरूको आमरण अनशन, के हुन् माग ? (तस्बिरहरु)

सानेपामा नेपाल तरूण दलका कार्यकर्ताहरूको आमरण अनशन, के हुन् माग ? (तस्बिरहरु)

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलका असन्तुष्ट कार्यकर्ताहरूले सानेपास्थित पार्टी केन्द्रीय कार्यालयअगाडि आमरण अनशन सुरु गरेका छन्।
असार १३ गते बसेको मन्त्रिपरिषद् बैठकमा के के भयो निर्णय ?

असार १३ गते बसेको मन्त्रिपरिषद् बैठकमा के के भयो निर्णय ?

सोमबार सिंहदरबारमा असार १३ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले सर्वोच्च अदालतका उपसचिव कृतिबहादुर बस्नेत अध्यक्ष र बसन्तराज पुरी तथा गोविन्द शर्मा गैरै सदस्य...
धनगढीमा भारी वर्षा, एक दर्जन बढी बस्ती जलमग्न

धनगढीमा भारी वर्षा, एक दर्जन बढी बस्ती जलमग्न

गए रातिदेखिको अविरल वर्षा कारण धनगढी बजारलगायत आसपासका विभिन्न क्षेत्र आज जलमग्न भएका छन् । मुख्यगरी धनगढीको विशालनगर, मिलनचोक, शिवनगर, हसनपुर, क्याम्पस रोड, मालिका टोल, कृष्णनगर, पुरानो भन्सार...