नेभिगेशन
सबै कुरा

वरिष्ठ अधिवक्ता सुरेन्द्रराज भण्डारी बिरुद्ध जालसाजी मुद्दा

काठमाडाैँ । वरिष्ठ अधिवक्ता सुरेन्द्रराज भण्डारीसहित ४ जनाविरुद्ध जालसाजी मुद्दा दायर भएको छ । मंगलबार जिल्ला अदालत काठमाडौँमा अधिवक्ता भण्डारीकी श्रीमती जानकी पाण्डेले जालसाजी मुद्दा दायर गरेकी हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

श्रीमान् भण्डारीसहित उनका व्यापारिक साझेदारहरु इन्दु तुलाधर, लुमना उप्रती र भिष्म प्रसाद उप्रेती  मिलेर आफूले पाउनु पर्ने अंश मार्ने नियतका साथ जग्गा र कम्पनीको शेयर बिक्रि गरेर जालसाजी गरिएको पाण्डेले जिल्ला अदालतमा दायर गरेको फिराद पत्रमा उल्लेख छ ।

Ncell
Extreme Energy

‘मेरो अंश हक मार्ने बदनियत राखी मेरो समेत अंशहक निहित रहेको जग्गा बिक्री गरेको व्यहोरा थाहा पाएँ,’ फिराद पत्रमा पाण्डेले भनेकी छिन्,‘मेरो हक लाग्ने कम्पनीको सेयर पनि दुषित मनसायका साथ हक हस्तान्तरण गरेको देखाई मेरो अंश हक आघातित गर्ने सम्मको कार्य जालसाजपूर्ण कार्य भएकोले उक्त सम्झौता तथा पारित राजिनामा लिखत जालसाजी घोषणा गरी जालसाजी गरेकोमा विपक्षी प्रतिवादीहरुलाई सजाय गरी, क्षतिपूर्ति समेत दिलाई न्याय गरी पाऊँ ।’

आफूलाई बिहेकै मिति कायम गरेर बिबाह दर्ता गरिदिन माग गर्दा अटेर गरेर डा.सुरेन्द्रराज भण्डारीले जिल्ला अदालतमा सम्बन्ध विच्छेद मुद्दा दायर गरेको र सो अघि अंश लिइ छुट्टाभिन्दै भइसकेको छोरालाई साक्षी राखेर अंश लाग्ने सम्पत्ति बिक्रि गरिएको फिराद पत्रमा उनले भनेकी छिन् । 

अंश हक संकुचन, प्रतिकूल असर पर्ने गरी अंश हक मार्ने नियतले सगोलको अंश हक लाग्ने हिमाल ईनोभेटिव डेभलपमेन्ट एण्ड रिसर्चका नाममा रहेको आफ्नो नामको शेयर तथा उक्त कम्पनीका नाममा दर्ता काठमाडौंको १९०.७८ क्षेत्रफलको जग्गामा रहेका आफ्नो हक हिस्सा छाड्ने गरी कथित सम्झौता गरी सो सम्झौता समेतका आधारमा अन्य विपक्षीहरुले षडयन्त्रपूर्ण तरिकाबाट उक्त जग्गा प्रतिवादी मध्येको भिष्म प्रसाद उप्रेतीलाई हक हस्तातरण गरेको पाण्डको आरोप छ । 

२०७९ वैशाख १९ गते मालपोत कार्यालय काठमाडौबाट भएको हक हस्तान्तरण सम्झौता तथा पारित राजिनामा लिखत जालसाजी घोषणा गरी जालसाजी गरेकोमा विपक्षी प्रतिवादीहरुलाई सजाय गराउन उनले माग गरेकी छिन् । 

सुरेन्द्र राज भण्डारी र आफू बीच २०७४ माघ १९ मा सामाजिक परम्परा अनुसार विवाह भएको तर पतिसँग विवाह दर्ता गराउँ भनी आग्रह गदाए उल्टै घरेलु हिंसा गरेका पाण्डेले खुलाएकी छिन् । पतिसंग विवाह दर्ता र घरेलु हिंसाको फिरादपत्र अदालतममा दायर गरे अदालतलाई स्मरण गराउँदै पाण्डेले पतिले पनि सम्बन्ध विच्छेद मुद्दा दर्ता गरेको खुलाएकी छिन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
संसदमा सभापति रवि लामिछानेले के भने ? (पूर्ण पाठ)

संसदमा सभापति रवि लामिछानेले के भने ? (पूर्ण पाठ)

यति ठूलो संकट र ठूलो क्षति बेहोर्दा पनि प्रभावित क्षेत्रका नागरिकहरूले एकअर्काको हात समातेर, एकअर्कालाई सम्हालेर उभिनुभयो । आफैं रोइरहेको मानिसले छिमेकीको आँसु पुछ्यो, आफ्नै परिवार गुमाएको मानिसले...
यो पटक पनि यही भग्नावशेषबाट हामी फेरि उठ्नेछौँ र सबै पीडित र प्रभावितका आँसु पुछ्नेछौँ– रवि लामिछाने

यो पटक पनि यही भग्नावशेषबाट हामी फेरि उठ्नेछौँ र सबै पीडित र प्रभावितका आँसु पुछ्नेछौँ– रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपालले जलवायु संकट र त्यसबाट भइरहेको क्षतिबारे विश्व समुदायलाई तथ्यसहित बुझाउन प्रभावकारी जलवायु कूटनीति अघि बढाउनुपर्ने बताएका छन्।
राज्य भग्नावशेषभित्र नागरिकको प्राण खोजिरहेको छ– रवि लामिछाने

राज्य भग्नावशेषभित्र नागरिकको प्राण खोजिरहेको छ– रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भदौ १० गतेको बाढीपहिरोमा ज्यान गुमाएका नागरिकलाई केवल प्राकृतिक विपत्तिका मृतकका रूपमा हेर्न नहुने बताएका छन्।