नेभिगेशन
सबै कुरा

वरिष्ठ अधिवक्ता सुरेन्द्रराज भण्डारी बिरुद्ध जालसाजी मुद्दा

काठमाडाैँ । वरिष्ठ अधिवक्ता सुरेन्द्रराज भण्डारीसहित ४ जनाविरुद्ध जालसाजी मुद्दा दायर भएको छ । मंगलबार जिल्ला अदालत काठमाडौँमा अधिवक्ता भण्डारीकी श्रीमती जानकी पाण्डेले जालसाजी मुद्दा दायर गरेकी हुन् । 

श्रीमान् भण्डारीसहित उनका व्यापारिक साझेदारहरु इन्दु तुलाधर, लुमना उप्रती र भिष्म प्रसाद उप्रेती  मिलेर आफूले पाउनु पर्ने अंश मार्ने नियतका साथ जग्गा र कम्पनीको शेयर बिक्रि गरेर जालसाजी गरिएको पाण्डेले जिल्ला अदालतमा दायर गरेको फिराद पत्रमा उल्लेख छ ।

Global Ime Bank

‘मेरो अंश हक मार्ने बदनियत राखी मेरो समेत अंशहक निहित रहेको जग्गा बिक्री गरेको व्यहोरा थाहा पाएँ,’ फिराद पत्रमा पाण्डेले भनेकी छिन्,‘मेरो हक लाग्ने कम्पनीको सेयर पनि दुषित मनसायका साथ हक हस्तान्तरण गरेको देखाई मेरो अंश हक आघातित गर्ने सम्मको कार्य जालसाजपूर्ण कार्य भएकोले उक्त सम्झौता तथा पारित राजिनामा लिखत जालसाजी घोषणा गरी जालसाजी गरेकोमा विपक्षी प्रतिवादीहरुलाई सजाय गरी, क्षतिपूर्ति समेत दिलाई न्याय गरी पाऊँ ।’

आफूलाई बिहेकै मिति कायम गरेर बिबाह दर्ता गरिदिन माग गर्दा अटेर गरेर डा.सुरेन्द्रराज भण्डारीले जिल्ला अदालतमा सम्बन्ध विच्छेद मुद्दा दायर गरेको र सो अघि अंश लिइ छुट्टाभिन्दै भइसकेको छोरालाई साक्षी राखेर अंश लाग्ने सम्पत्ति बिक्रि गरिएको फिराद पत्रमा उनले भनेकी छिन् । 

अंश हक संकुचन, प्रतिकूल असर पर्ने गरी अंश हक मार्ने नियतले सगोलको अंश हक लाग्ने हिमाल ईनोभेटिव डेभलपमेन्ट एण्ड रिसर्चका नाममा रहेको आफ्नो नामको शेयर तथा उक्त कम्पनीका नाममा दर्ता काठमाडौंको १९०.७८ क्षेत्रफलको जग्गामा रहेका आफ्नो हक हिस्सा छाड्ने गरी कथित सम्झौता गरी सो सम्झौता समेतका आधारमा अन्य विपक्षीहरुले षडयन्त्रपूर्ण तरिकाबाट उक्त जग्गा प्रतिवादी मध्येको भिष्म प्रसाद उप्रेतीलाई हक हस्तातरण गरेको पाण्डको आरोप छ । 

२०७९ वैशाख १९ गते मालपोत कार्यालय काठमाडौबाट भएको हक हस्तान्तरण सम्झौता तथा पारित राजिनामा लिखत जालसाजी घोषणा गरी जालसाजी गरेकोमा विपक्षी प्रतिवादीहरुलाई सजाय गराउन उनले माग गरेकी छिन् । 

सुरेन्द्र राज भण्डारी र आफू बीच २०७४ माघ १९ मा सामाजिक परम्परा अनुसार विवाह भएको तर पतिसँग विवाह दर्ता गराउँ भनी आग्रह गदाए उल्टै घरेलु हिंसा गरेका पाण्डेले खुलाएकी छिन् । पतिसंग विवाह दर्ता र घरेलु हिंसाको फिरादपत्र अदालतममा दायर गरे अदालतलाई स्मरण गराउँदै पाण्डेले पतिले पनि सम्बन्ध विच्छेद मुद्दा दर्ता गरेको खुलाएकी छिन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कञ्चनपुर डुबानः ४ जनाको उद्धार गरी सुरक्षीत स्थानमा सारियो

कञ्चनपुर डुबानः ४ जनाको उद्धार गरी सुरक्षीत स्थानमा सारियो

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार विकको परिवारलाई नजिकै रहेको पवित्र आधारभूत विद्यालयमा सारिएको छ । वर्षाका कारण विकको घर डुबानमा परेपछि परिवारलाई सुरक्षित...
सानेपामा नेपाल तरूण दलका कार्यकर्ताहरूको आमरण अनशन, के हुन् माग ? (तस्बिरहरु)

सानेपामा नेपाल तरूण दलका कार्यकर्ताहरूको आमरण अनशन, के हुन् माग ? (तस्बिरहरु)

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलका असन्तुष्ट कार्यकर्ताहरूले सानेपास्थित पार्टी केन्द्रीय कार्यालयअगाडि आमरण अनशन सुरु गरेका छन्।
असार १३ गते बसेको मन्त्रिपरिषद् बैठकमा के के भयो निर्णय ?

असार १३ गते बसेको मन्त्रिपरिषद् बैठकमा के के भयो निर्णय ?

सोमबार सिंहदरबारमा असार १३ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले सर्वोच्च अदालतका उपसचिव कृतिबहादुर बस्नेत अध्यक्ष र बसन्तराज पुरी तथा गोविन्द शर्मा गैरै सदस्य...
धनगढीमा भारी वर्षा, एक दर्जन बढी बस्ती जलमग्न

धनगढीमा भारी वर्षा, एक दर्जन बढी बस्ती जलमग्न

गए रातिदेखिको अविरल वर्षा कारण धनगढी बजारलगायत आसपासका विभिन्न क्षेत्र आज जलमग्न भएका छन् । मुख्यगरी धनगढीको विशालनगर, मिलनचोक, शिवनगर, हसनपुर, क्याम्पस रोड, मालिका टोल, कृष्णनगर, पुरानो भन्सार...