नेभिगेशन
सबै कुरा

पाल्पा जिप दुर्घटना : मृतक १० जनाकै सनाखत

पाल्पा । पाल्पामा जिप दुर्घटना हुँदा मृत्यु भएका सबै १० जनाकै सनाखत भएको छ। आठ जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको प्रहरीले जनाएको छ। 

तिनाउँ गाउँपालिका–६ मस्यामस्थित इको फार्महाउस नजिकै भित्री कच्ची सडकमा डुम्रेबाट चिदीसतर्फ जाँदै गरेको लु१ज २३७१ नम्बरको जीप मङ्गलबार साँझ दुर्घटना भएको हो। आफैँ अनियन्त्रित भएर जीप सडकबाट करिब तीन सय मिटर तल खसेको थियो।

Global Ime Bank

दुर्घटनामा तिनाउँ गाउँपालिका–६ मस्यामका ६० वर्षीया यनकुमारी पन्त, तिनाउँ–६ का ३९ वर्षीय रामबहादुर अस्लामी, सोही स्थानका  ६७ वर्षीय कृष्णबहादुर अस्लामी, २८ वर्षीय उर्मिला अस्लामी, रुपन्देही बुटवल उपमहानगरपालिका–१४ तामनगरका ७० वर्षीय चन्द्र रणपाल र सोही स्थानका ६० वर्षीय चुना रणपालको मृत्यु भएको हो। 

यसैगरी तिनाउँ–२ खुर्सानेकी २० वर्षीय गीता सुनार, रिब्दिकोट गाउँपालिका– १ ख्याहाका ६६ वर्षीया विष्णुकला कामी, सोही ठाउँकै ६५ वर्षीया दिलकुमारी सुनार, रुपन्देही देवदह नगरपालिका–५ का २९ वर्षीया दिलमाया जिसीको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए। 

उनका अनुसार दुर्घटनामा १६ जना घाइते भएका छन्। घाइतको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ।  जिप चालक तानसेन नगरपालिका–१० का ४५ वर्षीय दानबहादुर चिदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सानेपामा नेपाल तरूण दलका कार्यकर्ताहरूको आमरण अनशन, के हुन् माग ? (तस्बिरहरु)

सानेपामा नेपाल तरूण दलका कार्यकर्ताहरूको आमरण अनशन, के हुन् माग ? (तस्बिरहरु)

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलका असन्तुष्ट कार्यकर्ताहरूले सानेपास्थित पार्टी केन्द्रीय कार्यालयअगाडि आमरण अनशन सुरु गरेका छन्।
असार १३ गते बसेको मन्त्रिपरिषद् बैठकमा के के भयो निर्णय ?

असार १३ गते बसेको मन्त्रिपरिषद् बैठकमा के के भयो निर्णय ?

सोमबार सिंहदरबारमा असार १३ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले सर्वोच्च अदालतका उपसचिव कृतिबहादुर बस्नेत अध्यक्ष र बसन्तराज पुरी तथा गोविन्द शर्मा गैरै सदस्य...
धनगढीमा भारी वर्षा, एक दर्जन बढी बस्ती जलमग्न

धनगढीमा भारी वर्षा, एक दर्जन बढी बस्ती जलमग्न

गए रातिदेखिको अविरल वर्षा कारण धनगढी बजारलगायत आसपासका विभिन्न क्षेत्र आज जलमग्न भएका छन् । मुख्यगरी धनगढीको विशालनगर, मिलनचोक, शिवनगर, हसनपुर, क्याम्पस रोड, मालिका टोल, कृष्णनगर, पुरानो भन्सार...
सरकारलाई शिक्षक महासङ्घको चेतावनी: शिक्षा विधेयकमा षड्यन्त्र नहोस्, नत्र...

सरकारलाई शिक्षक महासङ्घको चेतावनी: शिक्षा विधेयकमा षड्यन्त्र नहोस्, नत्र...

नेपाल शिक्षक महासङ्घले सरकारलाई विद्यालय शिक्षा विधेयकमाथि षडयन्त्र नगर्न चेतावनी दिएको छ । महासङ्घले एक विज्ञप्ति सार्वजनिक गर्दै सरकारले आफूहरूसँगको सहमतिमा असार १५ गतेभित्र विधेयक ल्याउने प्रतिबद्धता जनाए...