नेभिगेशन
सबै कुरा

नगरपालिकाकाे कोल्ड चेनमा मेयरकाे श्रीमतीको आवास

Watch On

Facebook Tiktok Youtube Instagram Twitter
कैलाली । कैलालीको घोडाघोडी नगरपालिकाका मेयर खडक बहादुर रावतले नगरले भाडा तिर्ने सरकारी कार्यालयलाई श्रीमतीको आवास बनाएका छन् ।

नगरपालिकाले सामानहरूको तापमान–नियन्त्रण तथा तिनीहरूको गुणस्तर सुनिश्चित गर्न भाडामा लिएको घरलाई निजी आवास बनाएको पाइएको हो । नगरपालिकाले मासिक भाडा तिरिरहेको उक्त घरमा मेयर रावतले  स्थायी रुपमा श्रीमतिसहित परिवारका सदस्य ल्याएर राखेका छन् । 

२०७९ बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा रावत निर्वाचित भएका थिए । त्यसपछि नगर प्रमुख रावतले धनगढीमा बस्दै आएकी कान्छी श्रीमतीलाई घोडाघोडी ल्याउन नगरपालिकाको कोल्ड चेन आवासको प्रयोग गरेको पाइएको हो । 

उनले आफू विजयी भए लगत्तै २०७९ जेठको दोस्रो साता नै कान्छी श्रीमतीलाई घोडाघोडी ल्याएका थिए । नगरप्रमुख रावत आजका मितिसम्म पनि कान्छी श्रीमतीसमेत भाडाको घरमा बस्दै आएका छन् । तर, नगरप्रमुख परिवारसहित बस्दै आएको उक्त घरभाडा भने, घोडाघोडी नगरपालिकाले तिर्दै आएको छ । 

मेयरले सरकारी आवास प्रयोग गर्ने कार्यलाई स्थानीय सेवा गठन तथा सञ्चालन ऐन, २०७९ ले निषेध गरेको छ । ऐनमा स्थानीय तहका जनप्रतिनिधिलाई आवास सुविधा प्रदान गरिएको छैन । अझ स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूले प्राप्त गरेका सुविधाको विवरण तीन/तीन महिनाको अन्तरालमा सम्बन्धित स्थानीय तहले नै सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । 

कोल्ड चेन ताजा कृषि उत्पादन, समुन्द्री खाना, फ्रोजन फूड, फोटोग्राफिक फिल्म, केमिकल र औषधि जस्ता सामानहरूको तापमान-नियन्त्रण तथा त्यस्ता वस्तुको गुणस्तर कायम गर्न प्रयोग गरिन्छ  । कैलालीको घोडाघोडी नगरपालिकाले घोडाघोडी–१० मा औषधि तथा भ्याक्सिन वस्तुहरूको अखण्डता र गुणस्तरको संरक्षण गर्ने उद्देश्यले स्थानीय भीष्म बहादुर बमको घरको चौथो तला भाडामा लिएको छ । 

Ncell
Extreme Energy

गएको २१ महिना देखि मासिक १३ हजार पाँच सय रुपैयाँका दरले नगरपालिकाले आफूलाई भाडा तिर्दै आइरहेको घरधनी बमले सिधाकुरालाई बताए । सम्झौता पत्रमा नगरपालिकाले कोल्ड चेन कार्य परियोजनाका लागी लेखिएको भएपनि उक्त घर भाडामा लिए देखिनै नगरप्रमुख रावतको परिवार बस्दै आएको घरधनी बमले बताए । 

यस सम्बन्धमा घोडाघोडी नगरपालिका प्रमुख रावतलाई बुझ्न खोज्दा उनी सम्पर्कमा आएनन् । उनकी श्रीमती यमुनाले भने आफूले भाडा नतिर्ने सिधाकुरालाई बताइन । ‘यस विषयमा मेयरलाई नै सोध्नु होला, कताबाट तिर्छन्,’ उनले ठाडो जवाफ दिइन् ।

उता उपप्रमुख गुलिया कुमारी चौधरीले भने नगरप्रमुख उक्त कोल्ड चेनमा नबस्ने भन्दै बचाउ गरिन् । ‘उक्त हल्ला झुटो हल्ला हो । प्रमुख, उपप्रमुख जस्तो व्यक्तिले कहाँ त्यस्तो गर्नुहुन्छ ।
यस विषयमा हामीले घोडाघोडी नगरपालिकाका निमित्त कार्यालय प्रमुख खगेन्द्र बहादुर सिंहसँग कुरा गर्दा उनले आफूलाई यस विषयमा केही थाहा नभएको बताउँदै तर्किए ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

अघिल्लो भेटमा सभामुख अर्यालले सदनमा आएर सम्बोधन गर्न आग्रह गर्दा प्रधानमन्त्री बालेनले विचार गर्छु भन्ने जवाफ दिएका थिए।
प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

नेपाली कांग्रेसका सांसद भरत स्वाँरले प्रधानमन्त्री बालेन शाहको विरोध गर्ने नाममा संसद्‍मै झुट बोलेका छन् ।
कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले संघीय निजामती विधेयकको मस्यौदा स्वीकृत गरेको छ ।
२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले २३ र २४ भदौको जेन जी आन्दोलनबारे छलफल गर्दैछ ।