नेभिगेशन
सबै कुरा

नगरपालिकाकाे कोल्ड चेनमा मेयरकाे श्रीमतीको आवास

Watch On

Facebook Tiktok Youtube Instagram Twitter
कैलाली । कैलालीको घोडाघोडी नगरपालिकाका मेयर खडक बहादुर रावतले नगरले भाडा तिर्ने सरकारी कार्यालयलाई श्रीमतीको आवास बनाएका छन् ।

नगरपालिकाले सामानहरूको तापमान–नियन्त्रण तथा तिनीहरूको गुणस्तर सुनिश्चित गर्न भाडामा लिएको घरलाई निजी आवास बनाएको पाइएको हो । नगरपालिकाले मासिक भाडा तिरिरहेको उक्त घरमा मेयर रावतले  स्थायी रुपमा श्रीमतिसहित परिवारका सदस्य ल्याएर राखेका छन् । 

२०७९ बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा रावत निर्वाचित भएका थिए । त्यसपछि नगर प्रमुख रावतले धनगढीमा बस्दै आएकी कान्छी श्रीमतीलाई घोडाघोडी ल्याउन नगरपालिकाको कोल्ड चेन आवासको प्रयोग गरेको पाइएको हो । 

उनले आफू विजयी भए लगत्तै २०७९ जेठको दोस्रो साता नै कान्छी श्रीमतीलाई घोडाघोडी ल्याएका थिए । नगरप्रमुख रावत आजका मितिसम्म पनि कान्छी श्रीमतीसमेत भाडाको घरमा बस्दै आएका छन् । तर, नगरप्रमुख परिवारसहित बस्दै आएको उक्त घरभाडा भने, घोडाघोडी नगरपालिकाले तिर्दै आएको छ । 

मेयरले सरकारी आवास प्रयोग गर्ने कार्यलाई स्थानीय सेवा गठन तथा सञ्चालन ऐन, २०७९ ले निषेध गरेको छ । ऐनमा स्थानीय तहका जनप्रतिनिधिलाई आवास सुविधा प्रदान गरिएको छैन । अझ स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूले प्राप्त गरेका सुविधाको विवरण तीन/तीन महिनाको अन्तरालमा सम्बन्धित स्थानीय तहले नै सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । 

कोल्ड चेन ताजा कृषि उत्पादन, समुन्द्री खाना, फ्रोजन फूड, फोटोग्राफिक फिल्म, केमिकल र औषधि जस्ता सामानहरूको तापमान-नियन्त्रण तथा त्यस्ता वस्तुको गुणस्तर कायम गर्न प्रयोग गरिन्छ  । कैलालीको घोडाघोडी नगरपालिकाले घोडाघोडी–१० मा औषधि तथा भ्याक्सिन वस्तुहरूको अखण्डता र गुणस्तरको संरक्षण गर्ने उद्देश्यले स्थानीय भीष्म बहादुर बमको घरको चौथो तला भाडामा लिएको छ । 

Ncell
Extreme Energy

गएको २१ महिना देखि मासिक १३ हजार पाँच सय रुपैयाँका दरले नगरपालिकाले आफूलाई भाडा तिर्दै आइरहेको घरधनी बमले सिधाकुरालाई बताए । सम्झौता पत्रमा नगरपालिकाले कोल्ड चेन कार्य परियोजनाका लागी लेखिएको भएपनि उक्त घर भाडामा लिए देखिनै नगरप्रमुख रावतको परिवार बस्दै आएको घरधनी बमले बताए । 

यस सम्बन्धमा घोडाघोडी नगरपालिका प्रमुख रावतलाई बुझ्न खोज्दा उनी सम्पर्कमा आएनन् । उनकी श्रीमती यमुनाले भने आफूले भाडा नतिर्ने सिधाकुरालाई बताइन । ‘यस विषयमा मेयरलाई नै सोध्नु होला, कताबाट तिर्छन्,’ उनले ठाडो जवाफ दिइन् ।

उता उपप्रमुख गुलिया कुमारी चौधरीले भने नगरप्रमुख उक्त कोल्ड चेनमा नबस्ने भन्दै बचाउ गरिन् । ‘उक्त हल्ला झुटो हल्ला हो । प्रमुख, उपप्रमुख जस्तो व्यक्तिले कहाँ त्यस्तो गर्नुहुन्छ ।
यस विषयमा हामीले घोडाघोडी नगरपालिकाका निमित्त कार्यालय प्रमुख खगेन्द्र बहादुर सिंहसँग कुरा गर्दा उनले आफूलाई यस विषयमा केही थाहा नभएको बताउँदै तर्किए ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।