नेभिगेशन
सबै कुरा

धादिङमा बस र ट्रक ठोक्किँदा २० जनाभन्दा बढी घाइते

पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ हिलटप मोडमा बस र ट्रक एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडाैँबाट तीर्थयात्री बोकेर चितवनतर्फ गइरहेकोे बस र विपरीत दिशाबाट आइरहेको ट्रक हिलटप मोडमा आज बिहान ठोक्किँदा जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले राससलाई जानकारी दिए । घाइतेको मलेखुको राजमार्ग अस्पताल र मलेखु टिचिङ अस्पतालमा उपचार भइरहेको जैसवारले बताए। घाइतेको विवरण भने आउन बाँकी रहेको छ । बसमा ३० जना तीर्थयात्री सवार थिए । 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्री बालेन तीनवटै सुरक्षा निकायका प्रमुखसँग किन छन् छलफलमा ?

प्रधानमन्त्री बालेन तीनवटै सुरक्षा निकायका प्रमुखसँग किन छन् छलफलमा ?

प्रधानमन्त्री वालेन्द्र शाहले तीनवटै सुरक्षा निकायका प्रमुखसँग उच्चस्तरीय छलफल सुरु गरेका छन्।
प्रधानमन्त्री राहत कोषमा पुग्यो करिब १२ अर्ब रुपैयाँ

प्रधानमन्त्री राहत कोषमा पुग्यो करिब १२ अर्ब रुपैयाँ

रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि राहत तथा उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा भएको छ।
१८ हजार ३०० ट्रामाडोल क्याप्सुलसहित १९ वर्षीय युवक पक्राउ

१८ हजार ३०० ट्रामाडोल क्याप्सुलसहित १९ वर्षीय युवक पक्राउ

बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ स्थित पूर्व–पश्चिम राजमार्गबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध ट्रामाडोलसहित एक युवकलाई पक्राउ गरेको छ।
रास्वपा सचेतक क्रान्तिशिखाको प्रश्न– उद्धारका नाममा महिला र बालबालिकामाथि थप असुरक्षा त सिर्जना गरिरहेका छैनौँ?

रास्वपा सचेतक क्रान्तिशिखाको प्रश्न– उद्धारका नाममा महिला र बालबालिकामाथि थप असुरक्षा त सिर्जना गरिरहेका छैनौँ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धितालले विपद्का बेला महिला तथा बालबालिकाको सुरक्षा र गरिमालाई प्राथमिकतामा राखेर राहत तथा उद्धार व्यवस्थापन गर्न सरकारसँग माग गरेकी छन्।