नेभिगेशन
सबै कुरा

घोराही-तुलसीपुर सडकमा रास्वपाको दबाब यात्रा, चारलेन सडक बनाउन तत्काल ठेक्का प्रक्रिया सुरु गर्न माग

दाङ । दाङको घोराही देखि तुलसीपुरसम्मको चारलेन सडक निर्माण पाँच वर्षदेखि अलपत्र परेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले दबाब यात्रा गरेको छ । चारलेन सडक बनाउन २०७५ सालबाट सुरु गरिएपनि निर्माणले गति नलिएपछि सरकारको ध्यानाकर्षण गराउन घोराहीको कुइरेपानीदेखि तुलसीपुरसम्म २४ किलोमिटर पैदल हिँडिएको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भारतीय बैंकसँग ऋण लिएर भारतीय निर्माण कम्पनीलाई नै निर्माणकाे जिम्मा दिदापनि सडकको दुरावस्था हुनु दुर्भाग्य भएको भन्दै सांसद खनालले नेपाल सरकारले नै बजेटको सुनिश्चितता गरि तत्काल ठेक्का प्रक्रिया सुरु गर्न दबाब दिइएको बताए । 

Ncell
Extreme Energy

गत चैतमा ठेक्का सम्झौता तोडिएसँगै सडकको निर्माणमा झनै अन्योल थपिएकाले तत्काल बजेट विनियोजन गरि नयाँ ठेक्का प्रक्रिया सुरु गर्न दबाब दिन पैदल यात्रा गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सदस्य क्रान्तिशिखा धितालले बताइन् ।

"निर्माण सम्पन्न हुनु पर्ने समयमा सडक अलपत्र परेको छ, यात्रुको आवागमन कष्टकर भैरहेका छ भने दुर्घटनाको जोखिम बढेको छ, धितालले भनिन् बजेटको टुंगो छैन, नयाँ ठेक्का प्रक्रिया सुरु गरिएको छैन "। 'नागरिकले भोगेको सडक सास्तीमा रास्वपा रमिते बनेर बस्न नसक्ने भएकाले दबाबमा उत्रिएको हो', धितालले भनिन् । 

दबाब यात्रामा स्थानीयसहित रास्वपाका केन्द्रिय नेताहरु समेत सहभागी भएका थिए । पहिलो पटक ठेक्का सम्झौता भएपछि ५ वर्षमा आधा दर्जन निर्माण व्यवसायी फेरिएपनि सडकको अवस्था सुधार भएको छैन ।

भारतको एक्जीम बैंकको लगानीमा निर्माण गर्ने गरि सुरु गरिएको सडकको ठेक्का पनि भारतीय कम्पनीले नै पाएको थियो । तर ठेकेदारले सडक भत्काएर अलपत्र पार्दा आवागमन कष्टकर मात्रै बनेको छैन, जोखिमपूर्ण पनि बनेको छ । स्थानीयका अनुसार सडकको दुरावस्थाकै कारण पछिल्लो ४ वर्षमा मात्रै यो खण्डमा भएका दुर्घटनामा २५ जनाले ज्यान गुमाएका छन् । 

लमही- घोराही- तुलसीपुर चार लेन सडक योजनाको नाममा २०७५ माघ १४ गते १ अर्ब २५ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । तर २०७९ सम्म पनि कामले गति नलिएपछि गत चैतमा ठेक्का तोडिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मन्त्रीहरुको एक महिनाको तलब उद्धार कोषमा, मन्त्रिपरिषद्ले अरु के के गर्‍यो निर्णय ?

मन्त्रीहरुको एक महिनाको तलब उद्धार कोषमा, मन्त्रिपरिषद्ले अरु के के गर्‍यो निर्णय ?

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यहरुको एक महिनाको तलब/पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।
सर्वोच्चले देउवा र खड्कालाई दिएन अन्तरिम आदेश, गगनलाई महाधिवेशन गर्न बाटो खुला

सर्वोच्चले देउवा र खड्कालाई दिएन अन्तरिम आदेश, गगनलाई महाधिवेशन गर्न बाटो खुला

सर्वोच्च अदालतले कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र  निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कांग्रेसको आसन्न पन्ध्रौँ महाधिवेशन रोक्न माग गर्दै दायर गरेको रिटमा अन्तरकालीन आदेश दिन अस्वीकार गरेको...
भारत र चीनलाई रवि लामिछानेको आग्रह– आउनुस्, सीमापार विपद् न्यूनीकरण गर्न सहकार्य गरौँ

भारत र चीनलाई रवि लामिछानेको आग्रह– आउनुस्, सीमापार विपद् न्यूनीकरण गर्न सहकार्य गरौँ

नले भने, ‘आउनुहोस्, नेपाल, भारत र चीन मिलेर जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न, पूर्वसूचना प्रणालीहरू विकास गर्न र सीमापार विपद् सम्बन्धी तथ्याङ्क तत्काल आदानप्रदान गर्न सहकार्य गरौं। जलवायु...
परराष्ट्रमन्त्री खनाल र बंगलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता

परराष्ट्रमन्त्री खनाल र बंगलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र बंगलादेशका परराष्ट्रमन्त्री डा. खलिलुर रहमानबीच बिहीबार टेलिफोन वार्ता भएको छ।