नेभिगेशन
सबै कुरा

समाजवादी मोर्चाको नेतृत्व विप्लवले गर्ने

काठमाडाैँ । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रसहित चार दल सम्मिलित समाजवादी मोर्चाको संयोजकमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव चयन भएका छन्।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार बिहान बालुवाटारमा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको अध्यक्षतामा बसेको मोर्चाको बैठकले चन्दलाई संयोजक चयन गरेको हो ।

Ncell
Extreme Energy

मोर्चा घोषणाका बेला प्रत्येक ४/४ महिना आलोपालो मोर्चाको नेतृत्व गर्ने सहमति भएको थियो । सोही सहमतिअनुरुप नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले र त्यसपछि माधव कुमार नेपालले नेतृत्व सम्हालेका थिए । उनीहरुको नेतृत्वपश्चात विप्लवले नेतृत्व सम्हालेका हुन् ।

त्यस्तै मोर्चाको बैठकपछि कुरा गर्दै माओवादी केन्द्रका महासचिव देव गुरुङले ५८ जिल्लामा समाजवादी मोर्चाको संयोजन समिति गठन भइसकेको र आगामी दिनमा देशका प्रमुख सहरमा जनपरिचालनका कार्यक्रम आयोजना गरिने बताए। 

नेकपा माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीका शीर्ष नेताहरुले गत असार ४ गते समाजवादी मोर्चा घोषणा गरेका थिए । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
खिलराजले भने– देशमा अस्थिरता मच्चाउने षड्यन्त्र भइरहेको छ

खिलराजले भने– देशमा अस्थिरता मच्चाउने षड्यन्त्र भइरहेको छ

उनले भनेका छन्– ‘देशलाई कुनै न कुनै रूपले अस्थिरता तिर धकेल्न हौवा पिटाउने, षडयन्त्रकारी तत्त्वहरू बेला बेला टाउको उठाउन खोज्ने प्रवृत्ति देखा पर्नु दुर्भाग्यपूर्ण विषय हो । त्यस्ता...
१५औं महाधिवेशनबाट यस्तो बन्यो कांग्रेस केन्द्रीय समिति (पदाधिकारी र सदस्यहरूको सूचीसहित)

१५औं महाधिवेशनबाट यस्तो बन्यो कांग्रेस केन्द्रीय समिति (पदाधिकारी र सदस्यहरूको सूचीसहित)

नेपाली कांग्रेसको १५औँ महाधिवेशनले गगन थापाको नेतृत्वमा २३१ सदस्यीय नयाँ केन्द्रीय समिति निर्वाचित गरेको छ । २९७ सदस्यीय केन्द्रीय समितिमा सभापतिले ६६ जना केन्द्रीय सदस्य मनोनीत गर्नेछन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।