नेभिगेशन
सबै कुरा

युनाईटेड सिमेन्ट उद्योगको प्रदुषणले धादिङका स्थानीयलाई सास्ती

धादिङको धुनिबेसी नगरपालिका–९ जुगेडीमा सञ्चालित युनाईटेड सिमेन्ट उद्योगबाट निस्कने धुवाँ,  धुलो र ध्वनि प्रदूषणका कारण स्थानीय जनता बिरामी पर्न थालेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शरीरभरि फोकाहरु आउने, चिलाउने, एलर्जी हुने, घाँटी सुक्ने जस्ता समस्याले स्थानीय जनता हैरान छन् । पछिल्लो समय एलर्जीको समस्या जटिल बनेको छ । उद्योग सञ्चालन मापदण्ड पूरा नगरेर प्रदूषण बाहिरिएकै कारण मानव स्वास्थ्यमा त्यसको प्रत्यक्ष असर परेको हो । 

Ncell
Extreme Energy

उद्योग संचालन हुन थालेको केही वर्ष यता सामान्य रुघाखोकी र ज्वरोले मात्रै सताएपनि अहिले स्वास्थ्यमा दीर्घरोग देखिन थालेको छ । स्थानीय लक्ष्मी राई भन्छिन् ‘उद्योगबाट निस्कने प्रदुषण बन्द भएन भने हामी अब यहाँ बस्न सक्ने अवस्था रहेन, ज्यान बचाउनकै लागि हामीले थाकथलो छोडेर भाग्नुपर्ने अवस्था आयो ।’

सिमेन्ट उद्योगबाट निस्केको प्रदुषणका कारण जुगेडीका करिब दुई सय ३० परिवार प्रत्यक्ष मारमा छन् । स्थानीयहरुका अनुसार यहाँका करिब ५० जना भन्दा बढीले अहिले घाँटी, छाला र आँखाको उपचार गराइरहेका छन् । धेरैले आफुखसी उपचार गराइरहेका छन् भने केहीले उद्योग व्यवस्थापन पक्षकै व्यक्तिहरुको रोहबरमा चेकजाँच गराएका छन् । 

चेकजाँच गर्न अस्पताल पुग्दा उद्योग व्यवस्थापन पक्षका व्यक्तिहरुले स्वास्थ्यकर्मीलाई नै दवावमा पार्ने गरेको पीडितहरुको भनाई छ । चेकजाँच गरेपछि अस्पतालले दिएको रिपोर्ट समेत उद्योगका मानिसहरुले राखेर आफुहरुलाई हेर्न नदिएको उनीहरु बताउँछन् ।-रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सर्पदंश र रेबिजविरुद्धका भ्याक्सिन टेकु केन्द्रीय स्टोरमा आइपुग्यो

सर्पदंश र रेबिजविरुद्धका भ्याक्सिन टेकु केन्द्रीय स्टोरमा आइपुग्यो

स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. अनुज भट्टचनका अनुसार आवश्यक प्रक्रिया पूरा गरी प्राप्त भ्याक्सिन तथा औषधि सातवटै प्रदेशका स्वास्थ्य आपूर्ति केन्द्रमार्फत सम्बन्धित स्वास्थ्य संस्थामा वितरण गरिनेछ।
सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा  ‘लिक्विड अक्सिजन’ प्लान्ट सञ्चालनमा

सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा  ‘लिक्विड अक्सिजन’ प्लान्ट सञ्चालनमा

जडान भएर पनि लामो समयदेखि सञ्चालनमा नआएको सो अक्सिजन प्लान्ट शुक्रबारदेखि सञ्चालनमा ल्याइएको अस्पतालका कार्यकारी निर्देशक डा निरज भट्टराईले जानकारी दिए ।
प्रधानमन्त्री बालेन शाहद्वारा ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न निर्देशन

प्रधानमन्त्री बालेन शाहद्वारा ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न निर्देशन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँगको छलफलका क्रममा उनले प्रमुख सरकारी अस्पतालमा बर्न वार्ड सुदृढीकरणका लागि पनि आवश्यक योजना अघि बढाउन निर्देशन दिएका हुन् ।
कर्मचारीले अब सिंहदरबार परिसरमै स्वास्थ्य सेवा पाउने

कर्मचारीले अब सिंहदरबार परिसरमै स्वास्थ्य सेवा पाउने

निजामती कर्मचारीलाई सहज र छिटो स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालको सेवा इकाई संचालनमा ल्याइएको हो ।