नेभिगेशन
सबै कुरा

युनाईटेड सिमेन्ट उद्योगको प्रदुषणले धादिङका स्थानीयलाई सास्ती

धादिङको धुनिबेसी नगरपालिका–९ जुगेडीमा सञ्चालित युनाईटेड सिमेन्ट उद्योगबाट निस्कने धुवाँ,  धुलो र ध्वनि प्रदूषणका कारण स्थानीय जनता बिरामी पर्न थालेका छन् । 

शरीरभरि फोकाहरु आउने, चिलाउने, एलर्जी हुने, घाँटी सुक्ने जस्ता समस्याले स्थानीय जनता हैरान छन् । पछिल्लो समय एलर्जीको समस्या जटिल बनेको छ । उद्योग सञ्चालन मापदण्ड पूरा नगरेर प्रदूषण बाहिरिएकै कारण मानव स्वास्थ्यमा त्यसको प्रत्यक्ष असर परेको हो । 

CG

उद्योग संचालन हुन थालेको केही वर्ष यता सामान्य रुघाखोकी र ज्वरोले मात्रै सताएपनि अहिले स्वास्थ्यमा दीर्घरोग देखिन थालेको छ । स्थानीय लक्ष्मी राई भन्छिन् ‘उद्योगबाट निस्कने प्रदुषण बन्द भएन भने हामी अब यहाँ बस्न सक्ने अवस्था रहेन, ज्यान बचाउनकै लागि हामीले थाकथलो छोडेर भाग्नुपर्ने अवस्था आयो ।’

सिमेन्ट उद्योगबाट निस्केको प्रदुषणका कारण जुगेडीका करिब दुई सय ३० परिवार प्रत्यक्ष मारमा छन् । स्थानीयहरुका अनुसार यहाँका करिब ५० जना भन्दा बढीले अहिले घाँटी, छाला र आँखाको उपचार गराइरहेका छन् । धेरैले आफुखसी उपचार गराइरहेका छन् भने केहीले उद्योग व्यवस्थापन पक्षकै व्यक्तिहरुको रोहबरमा चेकजाँच गराएका छन् । 

चेकजाँच गर्न अस्पताल पुग्दा उद्योग व्यवस्थापन पक्षका व्यक्तिहरुले स्वास्थ्यकर्मीलाई नै दवावमा पार्ने गरेको पीडितहरुको भनाई छ । चेकजाँच गरेपछि अस्पतालले दिएको रिपोर्ट समेत उद्योगका मानिसहरुले राखेर आफुहरुलाई हेर्न नदिएको उनीहरु बताउँछन् ।-रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राउटे समुदायका युवायुवतीहरुलाई प्राथमिक उपचारसम्बन्धी तालिममा प्रदान गरिदै

राउटे समुदायका युवायुवतीहरुलाई प्राथमिक उपचारसम्बन्धी तालिममा प्रदान गरिदै

सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेत, दैलेख, जाजरकोट र सल्यानका जङ्गल क्षेत्रमा फिरन्ते जीवन बिताउँदै आएको सो समुदायको हाल जनसङ्ख्या एक सय ३३ छ । पछिल्लो समय मदिरा सेवन,...
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केन्द्रीय प्रयोगशाला सेवा सुरु

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केन्द्रीय प्रयोगशाला सेवा सुरु

प्रतिष्ठानका प्रवक्ता प्रा डा अञ्जु प्रधानका अनुसार स्वचालित, अर्ध स्वचालित तथा किट आधारित प्रविधिमार्फत हुने प्रयोगशाला परीक्षणका रिपोर्ट नमुना प्राप्त भएको समयदेखि आपतकालीन तथा आपतकालीन स्वास्थ्य सेवा (इएचएस)...
नेपालमै एकै व्यक्तिमा तेस्रोपटक मिर्गौला प्रत्यारोपण

नेपालमै एकै व्यक्तिमा तेस्रोपटक मिर्गौला प्रत्यारोपण

यही भदौ ९ गते सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री तथा माननीय लक्ष्मणकिशोर चौधरीको तेस्रोपटक मिर्गौला प्रत्यारोपण सम्पन्न गरी उनलाई आज ‘डिस्चार्ज’ गरिएको डा श्रेष्ठले जानकारी दिए ।
हैजा नियन्त्रणका लागि तीनै तहका सुरक्षाकर्मी र स्वास्थ्यकर्मी परिचालनः प्रधानमन्त्री

हैजा नियन्त्रणका लागि तीनै तहका सुरक्षाकर्मी र स्वास्थ्यकर्मी परिचालनः प्रधानमन्त्री

वीरगञ्जमा फैलिएको हैजाको स्रोत पत्ता लगाउन सरकारले प्रयास गरिरहेको भन्दै उनले हैजा नियन्त्रणमा लिन ध्यान केन्द्रीत गरेको बताए । उनले नारायणी अस्पतालमा विरामीको निशुल्क उपचार भइरहेको र निशुल्क...