नेभिगेशन
सबै कुरा

५ सय ४२ किलो गाँजासहित दुई पक्राउ

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले ५ सय ४२ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । कार्यालयले दुई वटा ट्रक र ट्रकका चालक र सहचालकलाई पक्राउ गरेको हो । 

भण्डारास्थित इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक श्याममणि पोखरेलको नेतृत्वको टोलीले आज बिहान ८ बजे राप्ती नगरपालिका–३ झुरझुरेबाट उनीहरुलाई गाँजा लोड गर्दैगर्दा पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनकुटाको छथर जोरपाटे गाउपालिका–३ का ३२ वर्षीय रमेशनाथ दाहाल र कपिलवस्तुको बुद्धभूमि नगरपालिका–४ का २५ वर्षीय खुसीराम थारु रहेका छन् । 

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीका अनुसार पूर्व–पश्चिम लोकमार्ग सडक खण्डको छेउमा ना ३ ख ६१२२ नम्बरको ट्रक र ना ३ ख ७२४० नम्बरको कन्टेनर
(डिब्बा ट्रक) नियन्त्रणमा लिइएको हो । धादिङको मलेखुबाट ना ३ ख ६१२२ नं को ट्रकमा खाली पानीको बोतलभित्र लुकाइछिपाइ ल्याएर कन्टेनर लोड गर्ने क्रममा ३९ पोका गाँजा बरामत गरिएको थियो ।

पक्राउ परेका थारु सोही ट्रकका सहचालक र  दाहाल कन्टेनरका चालक रहेको उनले जानकारी दिए । ट्रकका चालक भने फरार रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...
जंगलमा फेला पर्‍यो ११ नाल भरुवा बन्दुक

जंगलमा फेला पर्‍यो ११ नाल भरुवा बन्दुक

प्रहरी चौकी रामपुरबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले बिहान ९ बजे १ नाल बेचालु र १० नाल चालु (लोड नगरिएको) भरुवा बन्दुक फेला पारेको हो ।