नेभिगेशन
सबै कुरा

रौतहटको झडपले वीरगंजमा प्रदर्शन, स्थिति असामान्य भएपछि कर्फ्यु आदेश जारी

पर्सा । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगंजमा कर्फ्यु आदेश जारी गरेको छ । प्रशासनले पूर्वमा नगवा चौक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर र दक्षिणमा मित्तेरी पुल भित्र पर्ने क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

फागुन ३ गते रौतहटको ईशानाथ नगरपालिकाको मोतिपुरमा दुई पक्षबीच विवाद र झडप भएको विषयलाई लिएर वीरगंजमा जुलुस तथा प्रदर्शन भएको थियो । सो क्रममा वीरगंजमा पनि झडपको स्थिती उत्पन्न भएको थियो । 

Ncell
Extreme Energy

सर्वसाधारणको सुरक्षामा पर्नसक्ने जोखिम र शान्ती भंग हुने स्थिति देखिएकोले वीरगंज महानगरका क्षेत्रहरुमा कर्फ्यु आदेश जारी गरिएको प्रशासनले उल्लेख गरेको छ । 

प्रशासनले निषेधित क्षेत्रमा आवत जावत गर्न, भेला हुन, बाहिर हिँडडुल गर्न, जुलुश प्दर्शन गर्न, घेराउ र्याली तथा अन्य कुनै उच्छृङ्खल गतिबिधि गर्न नपाउने उल्लेख गरेको छ । उक्त आदेश सोमबार बेलुकी ५ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि लागू हुनेछ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रसुवा बाढीमा मृतकको संख्या १ हजार ३६७ पुग्यो, ५ हजारभन्दा बढी सम्पर्कविहीन

रसुवा बाढीमा मृतकको संख्या १ हजार ३६७ पुग्यो, ५ हजारभन्दा बढी सम्पर्कविहीन

रसुवाको भोटेकोशीसहित विभिन्न नदीमा आएको बाढी र त्यसबाट प्रभावित क्षेत्रमा ज्यान गुमाउनेको संख्या १ हजार ३६७ पुगेको छ।
बाढीका कारण देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन

बाढीका कारण देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन

बाढीका कारण आपूर्ति प्रणाली प्रभावित भएपछि काठमाडौं उपत्यकामा देखिएको एलपी ग्यासको अभाव सहज बनाउन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सम्बन्धित निकायलाई निर्देशन दिएकी छन्।
खोलाले बगाउँदा किशोर बेपत्ता, खोजी जारी

खोलाले बगाउँदा किशोर बेपत्ता, खोजी जारी

खोलाले बगाउँदा यहाँ एक किशोर बेपत्ता भएका छन् । जगन्नाथ गाउँपालिका–३ अन्दाजी १६–१७ वर्षीय  अनुज सिंह खोला तर्ने क्रममा बगेर बेपत्ता भएका हुन् ।
प्रचण्डको प्रश्न : जेन–जीले खोजेको परिवर्तन कहाँ पुग्यो ?

प्रचण्डको प्रश्न : जेन–जीले खोजेको परिवर्तन कहाँ पुग्यो ?

नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेन जी आन्दोलनको उपलब्धीमाथि प्रश्न उठाएका छन् ।