नेभिगेशन
सबै कुरा

नेपालीले सहजै पाउने भए भारतिय सिम, यस्तो छ प्रक्रिया

काठमाडाैँ । नेपाली नागरिकले भारतमा रहँदा भारतिय सिम सहजै पाउने भएका छन् । यसअघि पासपोर्टमा भिसाको स्ट्याम्प लागेको आधारमा सिमकार्ड पाउँदै आएका नेपालीले अब भने देशले उपलब्ध गराएको सक्कली परिचयपत्रका आधारमा सिमकार्ड पाउने भएका हुन् । 

भारतको संचार मन्त्रालयले सोमबार एक सुचना जारी गर्दै नेपाली र भुटानी नागरिकलाई सहज रुपमा सिम उपलब्ध हुने जानकारी गराएको हो । जसका लागि भारतले कानुन नै संशोधन गरेको छ । 

Global Ime Bank

भारतले उक्त कानुन संसोधन गरेसँगै अब नेपाली नागरिकले भारतिय सिम कार्ड पाउन आफ्नो नागरिकता, पासपोर्ट, मतदाता परिचयपत्र तथा सम्बन्धित देशमा रहेको दूतावासले उपलब्ध गराएको फोटो सहितको परिचयपत्रमध्ये कुनै एउटा कागजात उपलब्ध गराए पुग्ने भएको छ । उनीहरुले उक्त काजगात पेश गरि लिएको सिमकार्ड तीन महिनाका लागि सक्रिय हुने बताइएको छ । तत्पश्चात उक्त सिमको नवीकरण गर्नुपर्ने छ । 

त्यस्तै भारतले उक्त सिम अन्य सिमजस्तै आफ्नो भुभागबाट बाहिर गएपछि नचल्ने बताएको छ । 




प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आजका कुराः दिनभर के के भयो ?

आजका कुराः दिनभर के के भयो ?

आजका कुराः दिनभर के के भयो ?
कटारीमा विपद् उद्धार अभ्यास तालिम सुरु

कटारीमा विपद् उद्धार अभ्यास तालिम सुरु

इन्स्पेक्टर राउतका अनुसार तालिममा नगर प्रहरी, कर्मचारी, नगर खेलकुद, साथी समुह समेत गरी २५ जना तालिममा सहभागी रहेका छन्। तालिमले नगरस्तरमा विपद् व्यवस्थापन तथा उद्धार क्षमतामा उल्लेखनीय सुधार...
४ तलामाथिबाट खसेर लिफ्ट बनाउँदै गरेका दुई मजदुरको मृत्यु

४ तलामाथिबाट खसेर लिफ्ट बनाउँदै गरेका दुई मजदुरको मृत्यु

काठमाडौँ महानगरपालिका–१ दरबारमार्गस्थित हिटीपोखरी नजिक पोतला डेभलभमेन्ट प्रालिले बनाउँदै गरेको निर्माणाधीन नौतले घरको चौथो तलाबाट खसेर उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले...
विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा कार्यक्रममा प्रधानमन्त्रीको सम्बोधन

विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा कार्यक्रममा प्रधानमन्त्रीको सम्बोधन

संयुक्त राष्ट्रसङ्घको ‘विकासको लागि वित्त’सम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनका क्रममा स्पेनको सेभियामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गेट्स फाउन्डेसनद्वारा आज आयोजना गरिएको विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा...