नेभिगेशन
सबै कुरा

नेपालीले सहजै पाउने भए भारतिय सिम, यस्तो छ प्रक्रिया

काठमाडाैँ । नेपाली नागरिकले भारतमा रहँदा भारतिय सिम सहजै पाउने भएका छन् । यसअघि पासपोर्टमा भिसाको स्ट्याम्प लागेको आधारमा सिमकार्ड पाउँदै आएका नेपालीले अब भने देशले उपलब्ध गराएको सक्कली परिचयपत्रका आधारमा सिमकार्ड पाउने भएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भारतको संचार मन्त्रालयले सोमबार एक सुचना जारी गर्दै नेपाली र भुटानी नागरिकलाई सहज रुपमा सिम उपलब्ध हुने जानकारी गराएको हो । जसका लागि भारतले कानुन नै संशोधन गरेको छ । 

Ncell
Extreme Energy

भारतले उक्त कानुन संसोधन गरेसँगै अब नेपाली नागरिकले भारतिय सिम कार्ड पाउन आफ्नो नागरिकता, पासपोर्ट, मतदाता परिचयपत्र तथा सम्बन्धित देशमा रहेको दूतावासले उपलब्ध गराएको फोटो सहितको परिचयपत्रमध्ये कुनै एउटा कागजात उपलब्ध गराए पुग्ने भएको छ । उनीहरुले उक्त काजगात पेश गरि लिएको सिमकार्ड तीन महिनाका लागि सक्रिय हुने बताइएको छ । तत्पश्चात उक्त सिमको नवीकरण गर्नुपर्ने छ । 

त्यस्तै भारतले उक्त सिम अन्य सिमजस्तै आफ्नो भुभागबाट बाहिर गएपछि नचल्ने बताएको छ । 




प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रसुवा बाढीमा मृतकको संख्या १ हजार ३६७ पुग्यो, ५ हजारभन्दा बढी सम्पर्कविहीन

रसुवा बाढीमा मृतकको संख्या १ हजार ३६७ पुग्यो, ५ हजारभन्दा बढी सम्पर्कविहीन

रसुवाको भोटेकोशीसहित विभिन्न नदीमा आएको बाढी र त्यसबाट प्रभावित क्षेत्रमा ज्यान गुमाउनेको संख्या १ हजार ३६७ पुगेको छ।
बाढीका कारण देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन

बाढीका कारण देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन

बाढीका कारण आपूर्ति प्रणाली प्रभावित भएपछि काठमाडौं उपत्यकामा देखिएको एलपी ग्यासको अभाव सहज बनाउन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सम्बन्धित निकायलाई निर्देशन दिएकी छन्।
खोलाले बगाउँदा किशोर बेपत्ता, खोजी जारी

खोलाले बगाउँदा किशोर बेपत्ता, खोजी जारी

खोलाले बगाउँदा यहाँ एक किशोर बेपत्ता भएका छन् । जगन्नाथ गाउँपालिका–३ अन्दाजी १६–१७ वर्षीय  अनुज सिंह खोला तर्ने क्रममा बगेर बेपत्ता भएका हुन् ।
प्रचण्डको प्रश्न : जेन–जीले खोजेको परिवर्तन कहाँ पुग्यो ?

प्रचण्डको प्रश्न : जेन–जीले खोजेको परिवर्तन कहाँ पुग्यो ?

नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेन जी आन्दोलनको उपलब्धीमाथि प्रश्न उठाएका छन् ।