नेभिगेशन
सबै कुरा

त्रिविको उपकुलपति नियुक्ति प्रक्रियामै छ, संजालमा अफवाह फैलाइयो : प्रधानमन्त्री दाहाल

काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको नियुक्ति प्रक्रियामै रहेको स्पष्ट पारेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज गोरखा पत्रकार समाज नेपालका पदाधिकारीसँगको भेटमा सोधिएको जिज्ञासामा उनले भने, “त्रिविको उपकुलपति नियुक्ति प्रक्रियामै छ, सामाजिक सञ्जालमा आएको विषयमा कुनै सत्यता छैन ।”

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पत्रकारिता जगतले सत्यतथ्य र विश्वसनीय सूचनामा विश्वास गर्नुपर्नेमा जोड दिँदै उहाँले सामाजिक सञ्जालमा आएका विषयलाई लिएर धारणा नबनाउन आम नागरिकलाई आग्रह गरे । प्रधानमन्त्री दाहालले गत पुसमा भएको बालकुमारी घटनाका सम्बन्धमा प्राप्त प्रतिवेदन आफूले अध्ययन गरिरहेको जानकारी दिँदै त्यस विषयमा छिट्टै निर्णय लिइने बताए।

Ncell
Extreme Energy

उनले आफूले प्रधानमन्त्रीका रुपमा मुलुकलाई विश्वमाझ चिनाउन प्रयत्न गरेको उल्लेख गर्दै उच्चस्तरीय भ्रमणबाट विभिन्न मुलुकसँगको सम्बन्ध थप प्रगाढ बनेको बताए । “संयुक्त राष्ट्र सङ्घको महासचिवको नेपाल भ्रमण तथा आफूले विभिन्न अन्तर्राष्ट्रिय फोरममा जनाएको सहभागिताबाट नेपालप्रति विश्व समुदायको ध्यान गएको छ”, उनले भने ।

आफू गोरखाबाट निर्वाचित भएको स्मरण गर्दै उनले गोरखाको समग्र विकासमा ध्यान दिइएको बताए । “लामो समयदेखि बन्द रहेको गोरखकाली रबर उद्योगलगायत रुग्ण उद्योग सञ्चालन गर्ने प्रक्रिया अघि बढेको छ”, उनले भने ।

सरकार सुशासन, सामाजिक न्याय तथा आर्थिक समृद्धिको अभियानमा केन्द्रित भएको उल्लेख गर्दै प्रधानमनत्री दाहालले सरकारले थालनी गरेको अभियानमा सञ्चारजगतबाट सहयोगको अपेक्षा गरिएको बताए । भेटमा गोरखा घर भई राजधानीमा क्रियाशील पत्रकारले जिल्लाको विकास निर्माणमा ध्यान दिन प्रधानमन्त्रीसमक्ष आग्रह समेत गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘हामी सुन्छौँ’ अभियान सुरु गरेको छ ।
रवि र बालेनका बीचमा फाटो ल्याउन सम्भव छैन– रास्वपा सांसद सोम शर्मा

रवि र बालेनका बीचमा फाटो ल्याउन सम्भव छैन– रास्वपा सांसद सोम शर्मा

रास्वपा सांसद सोम शर्माले रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहका बीचमा फाटो ल्याउन सम्भव नभएको बताएका छन् ।
बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिलाई अर्थमन्त्रीले के भने ?

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिलाई अर्थमन्त्रीले के भने ?

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा अझ ठूलो लगानी गरेर उद्यो विस्तार गर्न र नयाँ प्रविधि भित्र्याउँदै रोजगारी सिर्जना गर्न नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरुलाई आग्रह गरेका छन् । आज...
भैंसेपाटी आवासमा कहिले सर्छन् मन्त्रीहरू ?

भैंसेपाटी आवासमा कहिले सर्छन् मन्त्रीहरू ?

तीन वटै चरणको काम समयमै सकिएमा मन्त्रीहरुले दसैँ–तिहारपछि भैँसेपाटीमा सर्न पाउने छन् ।