नेभिगेशन
सबै कुरा

बहुराष्ट्रिय अभ्यास ‘शान्ति प्रयास चार’ आजदेखि सुरु

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वशान्ति कार्यमा खटिएका १९ मुलुकका एक हजार एक सय २५ सैनिकको सहभागिता रहेको बहुराष्ट्रिय अभ्यास ‘शान्ति प्रयास चार’ सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सैनिक मुख्यालय टुँडिखेलमा आयोजित विशेष समारोहमा उक्त तालिमको उद्घाटन गरे ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शान्ति स्थापना मिसनमा सहभागी हुने फौजको पेसागत दक्षता, आपसी समन्वयात्मक क्षमता अभिवद्धि सुनिश्चित गर्ने उद्देश्यले आयोजित तालिम काभ्रेस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखाल सञ्चालन हुनेछ । संयुक्त राज्य अमेरिका ग्लोबल पिस अपरेसन इनिसिएटिभको सहयोग एवं नेपाली सेना र अमेरिकी सेनाको सहकार्यमा अभ्यास सञ्चालन भएको हो ।

Ncell
Extreme Energy

नेपालमा सन् २००० मा पहिलोपटक अभ्यास शान्ति प्रयास सञ्चालन भएको थियो । त्यस्तै, सन् २०१३ र सन् २०१७ मा यस अभ्यासका दोस्रो तथा तेस्रो संस्करणका अभ्यास सञ्चालन भइसकेका छन् । यस पटकको अभ्यास फागुन २१ गतेसम्म सञ्चालन हुनेछ । अभ्यासबाट शान्ति स्थापनामा देखापरेका चुनौतीबारे सहभागी राष्ट्रका सैनिकबीच अनुभव आदानप्रदानका साथै चुनौती सामना गर्न आवश्यक क्षमता एवं समान व्यावसायिक कार्यशैली विकास गर्न मद्दत पुग्ने विश्वास लिइएको छ ।

तालिम उद्घाटन समारोहमा प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाले विश्वशान्ति प्रयासका लागि संयुक्त राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय सहभागितालाई महत्व दिँदै आएको बताए। उनले भने, “नेपाली सेनाले शान्ति मिसनमा समावेशी संग्लनतालाई प्राथमिकता र महत्व दिँदै आएको छ, शान्ति स्थापनाका हिसाबले अति संवदनशील गोलनहाइटदेखि अफ्रिकाको सहारा मरुभूमिसम्म पुगेर देखाएको बहादुरीलाई विश्वले प्रशंसा गरेको छ । हाम्रो विश्वशान्तिमा लामो अनुभव र ऐतिहासिक उपस्थिति छ ।”

अमेरिकको राजनीतिक तथा सैन्य मामिला ब्यूरोकी योजना तथा कार्यक्रमसम्बन्धी उपसहायक विदेशमन्त्री रेचल शिलर सिलरले  अमेरिकाले विश्वशान्ति र सुरक्षामा संलग्न देशलाई क्षेत्रीय शान्तिका सन् २००५ देखि हालसम्म डेढ अर्ब डलर खर्च गरिसकेको बताइन् । उनले भनिन्, “विगतका तुलनामा शान्ति मिसनमा शान्ति सुरक्षाकर्मीप्रति बहुआयामिक सुरक्षा चुनौती बढ्दै गएको छ । अमेरिका शान्ति मिसनको प्रभावकारिता बढाउन कटिबद्ध छ ।” 

सो अवसरमा नेपाली मौलिकता झल्कने भेषभूषासहितको गीत–सङ्गीत र नृत्य प्रस्तुत गरियो भने जीवित देवी कुमारीको झझल्को दिने संस्कार र संस्कृति प्रस्तुत गरियो । नेपाली सेनाको हेलिकोप्टरले समारोहमा पुष्पवृष्टिसहित अभ्यास शान्ति प्रयास चार लेखिएको ब्यानर हेलिकोप्टरबाट प्रदर्शन गरियो । नेपाली सेनाको एक टुकडीले त्यस अवसरमा सैनिक ब्यान्ड सो अवसरमा प्रस्तुत गरिएको थियो । समारोहमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मुख्य सचिव डा बैकुण्ठ अर्याल, रक्षासचिव किरणराज शर्मालगायत सहभागी थिए । 

अभ्यासका क्रममा स्थलगत परिचालन, कार्यालयसम्बन्धी काम र अनुभव आदानप्रदानसम्बन्धी विषय सञ्चालन हुनेछ । संयुक्त राष्ट्रसङ्घको विश्व शान्ति अभियानमा नेपालको ६५ वर्षदेखि दर्विलो साथ र सहयोग रहँदै आएको छ  । नेपालले कुनै गुट वा उपगुटमा संलग्न नभई राष्ट्रसङ्घको आह्वानमा द्वन्द्वग्रस्त मुलुकमा शान्ति सेना उपलब्ध गराउने सिलसिलामा संयुक्त राष्ट्रसङ्घको झन्डामुनि मात्र जाने राष्ट्रिय नीति अवलम्बन गरेको छ । 

सन् १९४५ अक्टोबर २४ राष्ट्र सङ्घको स्थापना भएकामा नेपाल सन् १९५५ डिसेम्बर १४ मा संयुक्त राष्ट्रसङ्घको सदस्य बनेको थियो । नेपालले सन् १९६९–१९७० र सन् १९८८–१९८९ मा दुईपटक राष्ट्रसङ्घको शक्तिशाली सुरक्षा परिषद्को अस्थायी सदस्यको भूमिकासमेत सफलतापूर्वक निर्वाह गरिसकेको छ । राष्ट्रसङ्घको शान्ति सहायता अभियानमा नेपाली सेनाको सहभागिता साढे छ दशकभन्दा बढीको छ । 

सन् १९५८ मा लेवनानमा पाँच सैनिक पर्यवेक्षकको तैनाथबाट सेनाको राष्ट्र सङ्घ शान्ति सहायता अभियानसँगको सहकार्य सुरु भएको हो । नेपाल तत्कालीन समयदेखि नै राष्ट्रसङ्घका अधिकांश शान्ति ‘मिसन’मा सक्रिय सहभागी हुँदैआएको छ ।

यस अवधिमा लगभग ४४ मिसनमा एक लाख ६७ हजार नेपाली शान्ति फौजले भाग लिइसकेका छन् । त्यसमध्ये नेपाली सेनाको सङ्ख्या एक लाख ४९ हजार आठ सय ९० रहेको छ । नेपाली शान्ति सैनिकको कर्तव्यप्रति निष्ठा र उत्कृष्ट कार्यसम्पादनको राष्ट्रसङ्घलगायत निकायबाट उच्च प्रशंसा हुँदै आएको छ । शान्ति स्थापनार्थ खटिएका नेपाली सैनिकले जहिले पनि चुनौतीलाई स्वीकार गर्दै कठिन जिम्मेवारी बहन गर्दै आएका छन् ।

विश्व शान्ति स्थापनामा संलग्न हुने सिलसिलामा हालसम्म ७३ नेपाली शान्ति सैनिकको वीरगति प्राप्त गरेका छन् भने ६८ जना घाइते भएका छन् । शान्ति सैनिक खटाउने मुलुक सूचीमा नेपाल हाल पहिलो वरियतामा भएको राष्ट्र हो । महिला सैनिक खटाउने सूचीमा पनि नेपाल यसअघि नै पहिलो नम्बरमा रहिआएको छ ।

विश्वका १२ मिसनमा हाल छ सय ३२ महिला सुरक्षाकर्मीसहित छ हजार एक सय ३१ सुरक्षा फौज तैनाथ छन् । त्यसमध्ये नेपाली सेनाको सङ्ख्या पाँच हजार आठ सय ८५ रहेको छ । राष्ट्रसङ्घको आह्वान भएको खण्डमा नेपालले शान्ति कार्यमा दश हजारसम्म तालिम प्राप्त शान्ति सेनालाई परिचालन गर्न सकिने प्रतिबद्धता यसअघि नै जनाइसकेको छ । राष्ट्रसङ्घले नेपालमा भएको दशवर्षे सशस्त्र द्वन्द्व समाधानका लागि नेपालस्थित संयुक्त राष्ट्र सङ्घीय मिसन (अनमिन) पठाएर समेत सहयोग पुर्‍याएको थियो । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रसुवा बाढीमा मृतकको संख्या १ हजार ३६७ पुग्यो, ५ हजारभन्दा बढी सम्पर्कविहीन

रसुवा बाढीमा मृतकको संख्या १ हजार ३६७ पुग्यो, ५ हजारभन्दा बढी सम्पर्कविहीन

रसुवाको भोटेकोशीसहित विभिन्न नदीमा आएको बाढी र त्यसबाट प्रभावित क्षेत्रमा ज्यान गुमाउनेको संख्या १ हजार ३६७ पुगेको छ।
बाढीका कारण देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन

बाढीका कारण देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन

बाढीका कारण आपूर्ति प्रणाली प्रभावित भएपछि काठमाडौं उपत्यकामा देखिएको एलपी ग्यासको अभाव सहज बनाउन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सम्बन्धित निकायलाई निर्देशन दिएकी छन्।
खोलाले बगाउँदा किशोर बेपत्ता, खोजी जारी

खोलाले बगाउँदा किशोर बेपत्ता, खोजी जारी

खोलाले बगाउँदा यहाँ एक किशोर बेपत्ता भएका छन् । जगन्नाथ गाउँपालिका–३ अन्दाजी १६–१७ वर्षीय  अनुज सिंह खोला तर्ने क्रममा बगेर बेपत्ता भएका हुन् ।
प्रचण्डको प्रश्न : जेन–जीले खोजेको परिवर्तन कहाँ पुग्यो ?

प्रचण्डको प्रश्न : जेन–जीले खोजेको परिवर्तन कहाँ पुग्यो ?

नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेन जी आन्दोलनको उपलब्धीमाथि प्रश्न उठाएका छन् ।