नेभिगेशन
सबै कुरा

ललिता निवासको जग्गाबाट सबै संरचना ७ दिन भित्र हटाउन काठमाडौँ महानगरपालिकाको अल्टिमेटम

काठमाडौँ । विशेष अदालतको फैसलाले सरकारीकरण भएको ललिता निवास जग्गा क्षेत्रमा रहेको संरचना हटाउन काठमाडौँ महानगरपालिकाले सूचना जारी गरेको छ । 

अदालतको फैसलापछि सरकारीकरण भएको सो जग्गा संरक्षण गर्नु महानगरको दायित्व भएको भन्दै महानगरपालिकाले ७ दिन भित्र सबै संरचना हटाउन सूचना मार्फत भनेको हो । 

Global Ime Bank

‘स्थानीय सरकार सञ्चालन ऐनअनुसार अदालतको फैसलाबाट सरकारी स्वामित्वमा आएको जग्गाको संरक्षण गर्नु महानगरको दायित्व हो,’ महानगरको सूचनामा भनिएको छ,‘ ७ दिन भित्र उक्त जमिनमा रहेको संघ, संस्था र विभिन्न संरचना हटाउन महानगर अनुरोध गर्दछ । अन्यथा कानुन बमोजिम हटाइने ब्यहोरा जानकारी गराइन्छ ।’

फागुन ३ गते विशेष अदालतले सो जग्गा सरकारको हुने फैसला गर्दै जग्गा किर्तेमा संलग्नहरूलाई भ्रष्टाचार कसुर ठहर गरेको थियो ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आजका कुराः दिनभर के के भयो ?

आजका कुराः दिनभर के के भयो ?

आजका कुराः दिनभर के के भयो ?
कटारीमा विपद् उद्धार अभ्यास तालिम सुरु

कटारीमा विपद् उद्धार अभ्यास तालिम सुरु

इन्स्पेक्टर राउतका अनुसार तालिममा नगर प्रहरी, कर्मचारी, नगर खेलकुद, साथी समुह समेत गरी २५ जना तालिममा सहभागी रहेका छन्। तालिमले नगरस्तरमा विपद् व्यवस्थापन तथा उद्धार क्षमतामा उल्लेखनीय सुधार...
४ तलामाथिबाट खसेर लिफ्ट बनाउँदै गरेका दुई मजदुरको मृत्यु

४ तलामाथिबाट खसेर लिफ्ट बनाउँदै गरेका दुई मजदुरको मृत्यु

काठमाडौँ महानगरपालिका–१ दरबारमार्गस्थित हिटीपोखरी नजिक पोतला डेभलभमेन्ट प्रालिले बनाउँदै गरेको निर्माणाधीन नौतले घरको चौथो तलाबाट खसेर उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले...
विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा कार्यक्रममा प्रधानमन्त्रीको सम्बोधन

विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा कार्यक्रममा प्रधानमन्त्रीको सम्बोधन

संयुक्त राष्ट्रसङ्घको ‘विकासको लागि वित्त’सम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनका क्रममा स्पेनको सेभियामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गेट्स फाउन्डेसनद्वारा आज आयोजना गरिएको विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा...