नेभिगेशन
सबै कुरा

बारामा ट्रक र बोलेरो पिकअप ठोक्किँदा २ भारतीयको मृत्यु

बारा ।  बारामा सवारी दुर्घटना हुँदा २ भारतीय नागरिकको मृत्यु भएको छ । सिमराबाट हेटौँडातर्फ जाँदै गरेको ना ६ ख ३३५२ नम्बरको ट्रक र हेटौँडाबाट पथलैयातर्फ आउँदै गरेको बा प्र ०१–०२६ च १३३४ नम्बरको बोलेरो पिकअप आज बिहान ५ः३५ बजे बाराको जितपुरसिमरा उपमहानगरपालिका– १ स्थित आधाभार जंगलमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पिकअपमा सवार पाँचजनामध्ये दुर्घटनामा परी भारतको बिहार राज्य मोतीहारी जिल्ला मधुवन थानाग्राम कुन्दनपुर घर भएका २८ वर्षीय चन्दन चौहान र अर्का एकजना सनाखत हुन नसकेका बोलेरोचालकको मृत्यु भएको  प्रहरीले जनाएको छ । उनीहरूको परवानीपुर गाउँपालिकास्थित एलएस न्युरो अस्पताल बारामा उपचारको क्रममा मृत्यु भएको हो ।

Ncell
Extreme Energy

घाइतेमध्ये भारतको बिहार राज्य मुजफ्फरपुर जिल्ला परखन मोतीपुर थाना दरुराजग्राम सिसुवा घर भएका २२ वर्षीय राहुल चौधरीको अवस्था गम्भीर रहेको छ । 

यस्तै, भारत बिहार राज्य महाराजगन्ज जिल्ला गोरखपुर घर भएका १७ वर्षीय सुदीप चौहान र भारत बिहार राज्य महाराजगन्ज जिल्ला गोरखपुर घर भएका १९ वर्षीय रामलखन चौहानको अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ । ट्रक चालकलाई इलाका प्रहरी कार्यालय सिमराले नियन्त्रणमा लिएको डिएसपी प्रदिप बहादुर क्षेत्रीले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रसुवा बाढीमा मृतकको संख्या १ हजार ३६७ पुग्यो, ५ हजारभन्दा बढी सम्पर्कविहीन

रसुवा बाढीमा मृतकको संख्या १ हजार ३६७ पुग्यो, ५ हजारभन्दा बढी सम्पर्कविहीन

रसुवाको भोटेकोशीसहित विभिन्न नदीमा आएको बाढी र त्यसबाट प्रभावित क्षेत्रमा ज्यान गुमाउनेको संख्या १ हजार ३६७ पुगेको छ।
बाढीका कारण देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन

बाढीका कारण देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन

बाढीका कारण आपूर्ति प्रणाली प्रभावित भएपछि काठमाडौं उपत्यकामा देखिएको एलपी ग्यासको अभाव सहज बनाउन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सम्बन्धित निकायलाई निर्देशन दिएकी छन्।
खोलाले बगाउँदा किशोर बेपत्ता, खोजी जारी

खोलाले बगाउँदा किशोर बेपत्ता, खोजी जारी

खोलाले बगाउँदा यहाँ एक किशोर बेपत्ता भएका छन् । जगन्नाथ गाउँपालिका–३ अन्दाजी १६–१७ वर्षीय  अनुज सिंह खोला तर्ने क्रममा बगेर बेपत्ता भएका हुन् ।
प्रचण्डको प्रश्न : जेन–जीले खोजेको परिवर्तन कहाँ पुग्यो ?

प्रचण्डको प्रश्न : जेन–जीले खोजेको परिवर्तन कहाँ पुग्यो ?

नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेन जी आन्दोलनको उपलब्धीमाथि प्रश्न उठाएका छन् ।