नेभिगेशन
सबै कुरा

बारामा ट्रक र बोलेरो पिकअप ठोक्किँदा २ भारतीयको मृत्यु

बारा ।  बारामा सवारी दुर्घटना हुँदा २ भारतीय नागरिकको मृत्यु भएको छ । सिमराबाट हेटौँडातर्फ जाँदै गरेको ना ६ ख ३३५२ नम्बरको ट्रक र हेटौँडाबाट पथलैयातर्फ आउँदै गरेको बा प्र ०१–०२६ च १३३४ नम्बरको बोलेरो पिकअप आज बिहान ५ः३५ बजे बाराको जितपुरसिमरा उपमहानगरपालिका– १ स्थित आधाभार जंगलमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । 

पिकअपमा सवार पाँचजनामध्ये दुर्घटनामा परी भारतको बिहार राज्य मोतीहारी जिल्ला मधुवन थानाग्राम कुन्दनपुर घर भएका २८ वर्षीय चन्दन चौहान र अर्का एकजना सनाखत हुन नसकेका बोलेरोचालकको मृत्यु भएको  प्रहरीले जनाएको छ । उनीहरूको परवानीपुर गाउँपालिकास्थित एलएस न्युरो अस्पताल बारामा उपचारको क्रममा मृत्यु भएको हो ।

Global Ime Bank

घाइतेमध्ये भारतको बिहार राज्य मुजफ्फरपुर जिल्ला परखन मोतीपुर थाना दरुराजग्राम सिसुवा घर भएका २२ वर्षीय राहुल चौधरीको अवस्था गम्भीर रहेको छ । 

यस्तै, भारत बिहार राज्य महाराजगन्ज जिल्ला गोरखपुर घर भएका १७ वर्षीय सुदीप चौहान र भारत बिहार राज्य महाराजगन्ज जिल्ला गोरखपुर घर भएका १९ वर्षीय रामलखन चौहानको अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ । ट्रक चालकलाई इलाका प्रहरी कार्यालय सिमराले नियन्त्रणमा लिएको डिएसपी प्रदिप बहादुर क्षेत्रीले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आजका कुराः दिनभर के के भयो ?

आजका कुराः दिनभर के के भयो ?

आजका कुराः दिनभर के के भयो ?
कटारीमा विपद् उद्धार अभ्यास तालिम सुरु

कटारीमा विपद् उद्धार अभ्यास तालिम सुरु

इन्स्पेक्टर राउतका अनुसार तालिममा नगर प्रहरी, कर्मचारी, नगर खेलकुद, साथी समुह समेत गरी २५ जना तालिममा सहभागी रहेका छन्। तालिमले नगरस्तरमा विपद् व्यवस्थापन तथा उद्धार क्षमतामा उल्लेखनीय सुधार...
४ तलामाथिबाट खसेर लिफ्ट बनाउँदै गरेका दुई मजदुरको मृत्यु

४ तलामाथिबाट खसेर लिफ्ट बनाउँदै गरेका दुई मजदुरको मृत्यु

काठमाडौँ महानगरपालिका–१ दरबारमार्गस्थित हिटीपोखरी नजिक पोतला डेभलभमेन्ट प्रालिले बनाउँदै गरेको निर्माणाधीन नौतले घरको चौथो तलाबाट खसेर उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले...
विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा कार्यक्रममा प्रधानमन्त्रीको सम्बोधन

विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा कार्यक्रममा प्रधानमन्त्रीको सम्बोधन

संयुक्त राष्ट्रसङ्घको ‘विकासको लागि वित्त’सम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनका क्रममा स्पेनको सेभियामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गेट्स फाउन्डेसनद्वारा आज आयोजना गरिएको विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा...