नेभिगेशन
सबै कुरा

नयाँ ट्याक्सी खरिदमा एकाधिकार प्रणाली लागू गरेको भन्दै ट्याक्सी व्यवसायी विरोधमा (तस्विरहरु)

२० बर्षे ट्याक्सीको सट्टाभर्नामा नयाँ ट्याक्सी खरिद गर्दा एकाधिकार प्रणाली लागू गरेको भन्दै ट्याक्सी यातायात व्यवसायीहरुले विरोध गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार काठमाडौंमा पुराना ट्याक्सीको र्यालीसहित प्रदर्शन गर्दै सम्पूर्ण ट्याक्सी यातायात व्यवसायी तथा स्वरोजगार मजदर संयुक्त संघर्ष समितिले ट्याक्सी व्यवसायी र स्वरोजगार मजदुरहरुलाई राज्यबाट ट्याक्सीको सट्टाभर्नामा एकाधिकार प्रणाली लागू गर्दा नयाँ ट्याक्सी खरिद गर्न झनै महँगो भएको जनाएको हो ।  संघर्ष समितिले ट्याक्सी सट्टाभर्नामा सबै कम्पनीका सबै किसिमका गाडी बजार प्रतिस्पर्धा गराई पेट्रोलियम पदार्थ, ग्यास लगायत अन्य वैकल्पिक उर्जाबाट चल्ने सवारी साधनहरु, सहज मुल्यका सवारीसाधन खरिद गर्न पाउनु पर्ने मापदण्ड लागू गर्न सरकारलाई आग्रह गरेको छ ।

Ncell
Extreme Energy

त्यस्तै, उच्च अदालत पाटनले ट्याक्सीको राष्ट्रिय मापदण्डको बारेमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को नाममा जारी गरेको परमादेश हुबहु कार्यान्वयन गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ भनेट्याक्सी सट्टाभर्नामा बजार प्रतिस्पर्धा नगराई लगाईएको एकाधिकार (सिण्डिलेट) लाई तत्काल खारेज गर्नुपर्ने साथै बैज्ञानिक तवरबाट ट्याक्सीको आयु तोकिनुपर्ने उनीहरुको माग छ ।

उनीहरुले प्रशासनिक निकायहरुबाट चालक मजदुरहरुमाथी गरिने अनावश्यक गतिविधि बन्द गरिनुपर्ने समेत माग राखेका छन् ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रसुवा बाढीमा मृतकको संख्या १ हजार ३६७ पुग्यो, ५ हजारभन्दा बढी सम्पर्कविहीन

रसुवा बाढीमा मृतकको संख्या १ हजार ३६७ पुग्यो, ५ हजारभन्दा बढी सम्पर्कविहीन

रसुवाको भोटेकोशीसहित विभिन्न नदीमा आएको बाढी र त्यसबाट प्रभावित क्षेत्रमा ज्यान गुमाउनेको संख्या १ हजार ३६७ पुगेको छ।
बाढीका कारण देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन

बाढीका कारण देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन

बाढीका कारण आपूर्ति प्रणाली प्रभावित भएपछि काठमाडौं उपत्यकामा देखिएको एलपी ग्यासको अभाव सहज बनाउन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सम्बन्धित निकायलाई निर्देशन दिएकी छन्।
खोलाले बगाउँदा किशोर बेपत्ता, खोजी जारी

खोलाले बगाउँदा किशोर बेपत्ता, खोजी जारी

खोलाले बगाउँदा यहाँ एक किशोर बेपत्ता भएका छन् । जगन्नाथ गाउँपालिका–३ अन्दाजी १६–१७ वर्षीय  अनुज सिंह खोला तर्ने क्रममा बगेर बेपत्ता भएका हुन् ।
प्रचण्डको प्रश्न : जेन–जीले खोजेको परिवर्तन कहाँ पुग्यो ?

प्रचण्डको प्रश्न : जेन–जीले खोजेको परिवर्तन कहाँ पुग्यो ?

नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेन जी आन्दोलनको उपलब्धीमाथि प्रश्न उठाएका छन् ।