नेभिगेशन
सबै कुरा

नयाँ ट्याक्सी खरिदमा एकाधिकार प्रणाली लागू गरेको भन्दै ट्याक्सी व्यवसायी विरोधमा (तस्विरहरु)

२० बर्षे ट्याक्सीको सट्टाभर्नामा नयाँ ट्याक्सी खरिद गर्दा एकाधिकार प्रणाली लागू गरेको भन्दै ट्याक्सी यातायात व्यवसायीहरुले विरोध गरेका छन् ।

बुधबार काठमाडौंमा पुराना ट्याक्सीको र्यालीसहित प्रदर्शन गर्दै सम्पूर्ण ट्याक्सी यातायात व्यवसायी तथा स्वरोजगार मजदर संयुक्त संघर्ष समितिले ट्याक्सी व्यवसायी र स्वरोजगार मजदुरहरुलाई राज्यबाट ट्याक्सीको सट्टाभर्नामा एकाधिकार प्रणाली लागू गर्दा नयाँ ट्याक्सी खरिद गर्न झनै महँगो भएको जनाएको हो ।  संघर्ष समितिले ट्याक्सी सट्टाभर्नामा सबै कम्पनीका सबै किसिमका गाडी बजार प्रतिस्पर्धा गराई पेट्रोलियम पदार्थ, ग्यास लगायत अन्य वैकल्पिक उर्जाबाट चल्ने सवारी साधनहरु, सहज मुल्यका सवारीसाधन खरिद गर्न पाउनु पर्ने मापदण्ड लागू गर्न सरकारलाई आग्रह गरेको छ ।

Global Ime Bank

त्यस्तै, उच्च अदालत पाटनले ट्याक्सीको राष्ट्रिय मापदण्डको बारेमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को नाममा जारी गरेको परमादेश हुबहु कार्यान्वयन गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ भनेट्याक्सी सट्टाभर्नामा बजार प्रतिस्पर्धा नगराई लगाईएको एकाधिकार (सिण्डिलेट) लाई तत्काल खारेज गर्नुपर्ने साथै बैज्ञानिक तवरबाट ट्याक्सीको आयु तोकिनुपर्ने उनीहरुको माग छ ।

उनीहरुले प्रशासनिक निकायहरुबाट चालक मजदुरहरुमाथी गरिने अनावश्यक गतिविधि बन्द गरिनुपर्ने समेत माग राखेका छन् ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आजका कुराः दिनभर के के भयो ?

आजका कुराः दिनभर के के भयो ?

आजका कुराः दिनभर के के भयो ?
कटारीमा विपद् उद्धार अभ्यास तालिम सुरु

कटारीमा विपद् उद्धार अभ्यास तालिम सुरु

इन्स्पेक्टर राउतका अनुसार तालिममा नगर प्रहरी, कर्मचारी, नगर खेलकुद, साथी समुह समेत गरी २५ जना तालिममा सहभागी रहेका छन्। तालिमले नगरस्तरमा विपद् व्यवस्थापन तथा उद्धार क्षमतामा उल्लेखनीय सुधार...
४ तलामाथिबाट खसेर लिफ्ट बनाउँदै गरेका दुई मजदुरको मृत्यु

४ तलामाथिबाट खसेर लिफ्ट बनाउँदै गरेका दुई मजदुरको मृत्यु

काठमाडौँ महानगरपालिका–१ दरबारमार्गस्थित हिटीपोखरी नजिक पोतला डेभलभमेन्ट प्रालिले बनाउँदै गरेको निर्माणाधीन नौतले घरको चौथो तलाबाट खसेर उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले...
विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा कार्यक्रममा प्रधानमन्त्रीको सम्बोधन

विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा कार्यक्रममा प्रधानमन्त्रीको सम्बोधन

संयुक्त राष्ट्रसङ्घको ‘विकासको लागि वित्त’सम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनका क्रममा स्पेनको सेभियामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गेट्स फाउन्डेसनद्वारा आज आयोजना गरिएको विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा...