नेभिगेशन
सबै कुरा

बालकुमारी घटनामा सांसदहरुले मागे गृहमन्त्री र भौतिक मन्त्रीको राजीनामा

काठमाडाैँ । बालकुमारी घटनालाई लिएर सांसदहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूवाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा मागेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहिबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै नेकपा एमालेका सांसद रघुजी पन्त, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठ तथा राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले घटनामा मन्त्रीहरुको भूमिका देखिएको भन्दै राजीनामा माग गरेका हुन् । 

CG

नेकपा एमालेका सांसद पन्तले स्वास्थ्यमन्त्री मोहन बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र पर्यटनमन्त्री सुदन किरातीको माग गरे ।

सांसद विराजभक्त श्रेष्ठले बालकुमारी घटनाको प्रतिवेदन सार्वजनिक नगरेकोप्रति आपत्ति जनाका छन् । संसदप्रति सरकार जबाफदेही नभए संसद् अवरोध र आन्दोलन हुने चेतावनी समेत दिएका छन् ।

उनले भने, ‘त्यो प्रतिवेदन कति लामो छ ? पढ्न गाह्रो भए हामीलाई दिनुस् वाचन गरेर सुनाइदिन्छौ । म सरकारलाई चेतावनी पनि दिन चाहन्छु त्यसरी प्रतिपक्षलाई नसुन्दै जाने हो भने संसद् अवरुद्ध हुन्छ । आन्दोलन पनि हुन्छ ।’

यस्तै राप्रपापका सांसद शाहीले प्रधानमन्त्रीलेनै बालकुमारी घटनामा हत्या भएको अभिव्यक्ती दिएकाले हत्याको आदेश दिने गृहमन्त्री, घटनास्थलमा जाने भौतिक मन्त्री र गोली हान्ने डिएसपीलाई पक्राउ गरी जेल किन नहालेको भन्ने प्रश्न गर्दै जेल हाल्नु पर्ने बताए । अन्यथा देशका कार्यकारी प्रधानमन्त्रीले जे पायो तेही बोल्न नपाउने बताए । 



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
धर्मसँग जोडेर गलत प्रचार गरेको भन्दै डा.स्वर्णिम वाग्लेले दिए साइबर ब्यूरोमा निवेदन

धर्मसँग जोडेर गलत प्रचार गरेको भन्दै डा.स्वर्णिम वाग्लेले दिए साइबर ब्यूरोमा निवेदन

‘आफूले सार्वजनिक रूपमा कहिल्यै नबोलेका र नलेखेका विषयलाई मनगढन्ते रूपमा प्रस्तुत गरी फेसबुक र एक्स (पूर्व ट्विटर) जस्ता सामाजिक सञ्जालमा व्यापक प्रचार–प्रसार गरिएको छ,’ वाग्लेले उजुरीमा भनेका छन्...
प्रतिनिधिसभा निर्वाचनतर्फ सुदूरपश्चिममा १८ जना महिला उम्मेदवार

प्रतिनिधिसभा निर्वाचनतर्फ सुदूरपश्चिममा १८ जना महिला उम्मेदवार

प्रदेश निर्वाचन कार्यालयका प्रवक्ता दिलीप भाटका अनुसार यहाँ सबैभन्दा बढी कैलालीमा ११, कञ्चनपुरमा छ र डोटीमा एक जना महिला आसन्न निर्वाचनमा होमिएका छन् । सुदूरपश्चिममा कूल २१० जनाको...
गण्डकी प्रदेशका १८ सिटमा रास्वपाका क-कसकाे मनाेनयन (सूची)

गण्डकी प्रदेशका १८ सिटमा रास्वपाका क-कसकाे मनाेनयन (सूची)

रास्वपाले गण्डकी प्रदेशका १७ मध्ये १७ वटा सिटमा मात्रै उम्मेदवार उठाएको छ।
धादिङ २ एमाले टिकटमा लफडा: पहिले घलेबाट चन्द्रले खोसे, अहिले चन्द्रबाट घलेले

धादिङ २ एमाले टिकटमा लफडा: पहिले घलेबाट चन्द्रले खोसे, अहिले चन्द्रबाट घलेले

एमालेले फेरि धनबहादुर घलेलाई नै आफ्नो उम्मेदवार बनाएको छ । एमालेले आइतबार घलेलाई क्षेत्र नम्बर २ बाट टिकट दिएको थियो तर, मंगलबार घलेको टिकट खोसेर एमाले चन्द्र रिजाललाई...