नेभिगेशन
सबै कुरा

बालकुमारी घटनाको दोषीलाई कारबाहीको माग गर्दै संसद अवरुद्ध

काठमाडौं । बालकुमारी घटनाको दोषीलाई कारबाही गर्न माग गर्दै प्रतिपक्षी दलहरुले संसद अवरुद्ध गरेका छन् । नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका सांसदहरुले संसद बैठक अवरुद्ध गरेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

माघ ६ गतेको बैठकमा ललितपुरको बालकुमारी घटनामा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको समेत कमजोरी रहेको प्रतिवेदन छानबिन समितिले दिएको प्रतिवेदनका कार्यान्वयन गर्न माग गरेका थिए ।

Ncell
Extreme Energy

तर प्रधानमन्त्रीले आफूले प्रतिवेदन अध्ययन नगरेको भन्दै अध्ययनपछि आवश्यक निर्णय लिने दाबी गरेका थिए । तर अहिलेसम्म पनि प्रतिवेदनले घटनामा दोषी देखिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाशज्वालालाई कारवाही नगरेपछि सांसदहरुले आजको बैठकनै अवरुद्ध गरेका हुन् । 

गत पुस १३ गते दक्षिण कोरियाको ईपीएस भाषा परीक्षामा भाग लिन पाएको भन्दै आन्दोलनमा उत्रिएका युवाहरुले मन्त्री ज्वालाको गाडीमा आगजनी गरेका थिए । प्रदर्शनकारीले मन्त्रीको गाडीमा आगो लगाइदिएपछि प्रहरीको दमनबाट दैलेखका सुजन राउत र अछामका वीरेन्द्र शाहको मृृत्यु भएको थियो ।

उक्त घटनाको छानबिनका लागि सरकारले पूव न्यायाधीश शेखर पौडेलको नेतृत्वमा बनाएको आयोगले घटनामा मन्त्री ज्वालालाई दोषी देखाएको थियो । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘हामी सुन्छौँ’ अभियान सुरु गरेको छ ।
रवि र बालेनका बीचमा फाटो ल्याउन सम्भव छैन– रास्वपा सांसद सोम शर्मा

रवि र बालेनका बीचमा फाटो ल्याउन सम्भव छैन– रास्वपा सांसद सोम शर्मा

रास्वपा सांसद सोम शर्माले रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहका बीचमा फाटो ल्याउन सम्भव नभएको बताएका छन् ।
बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिलाई अर्थमन्त्रीले के भने ?

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिलाई अर्थमन्त्रीले के भने ?

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा अझ ठूलो लगानी गरेर उद्यो विस्तार गर्न र नयाँ प्रविधि भित्र्याउँदै रोजगारी सिर्जना गर्न नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरुलाई आग्रह गरेका छन् । आज...
भैंसेपाटी आवासमा कहिले सर्छन् मन्त्रीहरू ?

भैंसेपाटी आवासमा कहिले सर्छन् मन्त्रीहरू ?

तीन वटै चरणको काम समयमै सकिएमा मन्त्रीहरुले दसैँ–तिहारपछि भैँसेपाटीमा सर्न पाउने छन् ।