नेभिगेशन
सबै कुरा

बालकुमारी घटनाको दोषीलाई कारबाहीको माग गर्दै संसद अवरुद्ध

काठमाडौं । बालकुमारी घटनाको दोषीलाई कारबाही गर्न माग गर्दै प्रतिपक्षी दलहरुले संसद अवरुद्ध गरेका छन् । नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका सांसदहरुले संसद बैठक अवरुद्ध गरेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

माघ ६ गतेको बैठकमा ललितपुरको बालकुमारी घटनामा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको समेत कमजोरी रहेको प्रतिवेदन छानबिन समितिले दिएको प्रतिवेदनका कार्यान्वयन गर्न माग गरेका थिए ।

Ncell
Extreme Energy

तर प्रधानमन्त्रीले आफूले प्रतिवेदन अध्ययन नगरेको भन्दै अध्ययनपछि आवश्यक निर्णय लिने दाबी गरेका थिए । तर अहिलेसम्म पनि प्रतिवेदनले घटनामा दोषी देखिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाशज्वालालाई कारवाही नगरेपछि सांसदहरुले आजको बैठकनै अवरुद्ध गरेका हुन् । 

गत पुस १३ गते दक्षिण कोरियाको ईपीएस भाषा परीक्षामा भाग लिन पाएको भन्दै आन्दोलनमा उत्रिएका युवाहरुले मन्त्री ज्वालाको गाडीमा आगजनी गरेका थिए । प्रदर्शनकारीले मन्त्रीको गाडीमा आगो लगाइदिएपछि प्रहरीको दमनबाट दैलेखका सुजन राउत र अछामका वीरेन्द्र शाहको मृृत्यु भएको थियो ।

उक्त घटनाको छानबिनका लागि सरकारले पूव न्यायाधीश शेखर पौडेलको नेतृत्वमा बनाएको आयोगले घटनामा मन्त्री ज्वालालाई दोषी देखाएको थियो । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।