नेभिगेशन
सबै कुरा

गलत मान्छेले देश चलाउँदा मुलुक आर्थिक सङ्कटमा फस्यो: सांसद चन्द्र भण्डारी

काठमाडौँ । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले गलत मन्छेको हातमा मुलुकको बागडोर पुगेको बताएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै नेता भण्डारीले मुलुकको नेतृत्व गलत मान्छेको हातमा पुग्दाका क्षति सर्वत्र देखिएको बताए । 

गलत मान्छेले नेतृत्व गर्दा राज्यको आर्थिक स्रोत र साधनमा सीमित मानिसहरूको हालिमुहाली भएको र अर्थतन्त्र डामाडोल भएको उनले भनाई छ । ‘उद्योग, बीमा, बैंक, व्यापार, बीमा जस्ता आर्थिक स्रोतहरूमा सीमित व्यक्तिको पहुँच भयो, राज्य भन्दा निजी व्यवसायीहरू बलिया भए,’ भण्डारी भन्छन्, ‘अब राज्यले चाहेर केही हुन्छ ।’

सांसद भण्डारीले युवाहरू पलयान हुँदा देशको ग्रामीण क्षेत्र जर्जर अवस्थामा पुगेको र मुलुकको सामाजिक पद्धति समेत खल्बलिएको बताए । सांसद भण्डारीले गाँजा खेतीलाई व्यवस्थित गरिनु पर्ने पनि माग गरे ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रसुवा बाढीमा मृतकको संख्या १ हजार ३६७ पुग्यो, ५ हजारभन्दा बढी सम्पर्कविहीन

रसुवा बाढीमा मृतकको संख्या १ हजार ३६७ पुग्यो, ५ हजारभन्दा बढी सम्पर्कविहीन

रसुवाको भोटेकोशीसहित विभिन्न नदीमा आएको बाढी र त्यसबाट प्रभावित क्षेत्रमा ज्यान गुमाउनेको संख्या १ हजार ३६७ पुगेको छ।
बाढीका कारण देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन

बाढीका कारण देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन

बाढीका कारण आपूर्ति प्रणाली प्रभावित भएपछि काठमाडौं उपत्यकामा देखिएको एलपी ग्यासको अभाव सहज बनाउन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सम्बन्धित निकायलाई निर्देशन दिएकी छन्।
खोलाले बगाउँदा किशोर बेपत्ता, खोजी जारी

खोलाले बगाउँदा किशोर बेपत्ता, खोजी जारी

खोलाले बगाउँदा यहाँ एक किशोर बेपत्ता भएका छन् । जगन्नाथ गाउँपालिका–३ अन्दाजी १६–१७ वर्षीय  अनुज सिंह खोला तर्ने क्रममा बगेर बेपत्ता भएका हुन् ।
प्रचण्डको प्रश्न : जेन–जीले खोजेको परिवर्तन कहाँ पुग्यो ?

प्रचण्डको प्रश्न : जेन–जीले खोजेको परिवर्तन कहाँ पुग्यो ?

नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेन जी आन्दोलनको उपलब्धीमाथि प्रश्न उठाएका छन् ।