नेभिगेशन
सबै कुरा

मालवाहक लहरी पल्टिँदा तीन जना बालबालिकाको च्यापिएर मृत्यु

मोरङ । मोरङको बुढीगंगा गाउँपालिकास्थित प्रगती टोलमाघरमाथि मालवाहक लहरी पल्टिँदा तीन जना बालबालिकाको च्यापिएर मृत्यु भएको छ । 

शुक्रबार बिहान कच्चा पदार्थ बोकेर उद्योगतर्फ जाँदै गरेको भारतीय आर जे २९ जीबी १५६१ नम्बरको लहरी दुर्घटनामा एकै परिवारको दुई जना सहित तीन जनाको मृत्यृु भएको हो ।

Global Ime Bank

दुर्घटनामा बुढीगंगा ४ प्रगतिटोलका ज्योति अधिकारीका छोरी इसिता र छोरा निशान्तको मृत्यु भएको छ भने सोही दुर्घटनामा सन्जु खवासको ८ वर्षे छोरी रिहा खवासको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । घरमा सुतिरहेका जुम्ल्याहा दुई जना र बाटोमा हि‌‌डिरहेका रिहाको दुर्घटनामा मृत्यु भएको हो ।

घरमा लहरी पल्टिएपछि लहरीमा लोड भएको ठूलो ढुङ्गाले बालबालिकालाई किचेको थियो । दुर्घटनापछि क्रेनको सहायताले ढुङ्गा र लहरी हटाइएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
निजामती विधेयक अनधिकृत रूपमा परिवर्तन गर्नेलाई तुरुन्त कारबाही गरः नेता डा कोइराला

निजामती विधेयक अनधिकृत रूपमा परिवर्तन गर्नेलाई तुरुन्त कारबाही गरः नेता डा कोइराला

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले  सर्वसम्मतिबाट संसद्मा पेस भई पारित भएको निजामती सेवा विधेयक अनधिकृत रूपमा परिवर्तन गरिनु संसद्प्रति गरिएको अपमान भएको बताएका छन् ।
६७ वर्षमा नेपाल एयरलाइन्सः हवाई क्षेत्रमा खस्कदो उपस्थिती, ५० अर्ब ऋण

६७ वर्षमा नेपाल एयरलाइन्सः हवाई क्षेत्रमा खस्कदो उपस्थिती, ५० अर्ब ऋण

स्थापनाको ६७ वर्षको इतिहास बोकेको निगमले आफ्नो बजार हिस्सामा भने उल्लेख्य सुधार गर्न सकेको छैन । निगमको ऋण दायित्व करिब रु ५० अर्ब पुगेको जनाइएको छ ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धि

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर रु १६५ पुगेको छ भने डिजल र मट्टितेल प्रतिलिटर रु १४९ पुगेको छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । देशको उच्चपहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ...