नेभिगेशन
सबै कुरा

मालवाहक लहरी पल्टिँदा तीन जना बालबालिकाको च्यापिएर मृत्यु

मोरङ । मोरङको बुढीगंगा गाउँपालिकास्थित प्रगती टोलमाघरमाथि मालवाहक लहरी पल्टिँदा तीन जना बालबालिकाको च्यापिएर मृत्यु भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार बिहान कच्चा पदार्थ बोकेर उद्योगतर्फ जाँदै गरेको भारतीय आर जे २९ जीबी १५६१ नम्बरको लहरी दुर्घटनामा एकै परिवारको दुई जना सहित तीन जनाको मृत्यृु भएको हो ।

Ncell
Extreme Energy

दुर्घटनामा बुढीगंगा ४ प्रगतिटोलका ज्योति अधिकारीका छोरी इसिता र छोरा निशान्तको मृत्यु भएको छ भने सोही दुर्घटनामा सन्जु खवासको ८ वर्षे छोरी रिहा खवासको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । घरमा सुतिरहेका जुम्ल्याहा दुई जना र बाटोमा हि‌‌डिरहेका रिहाको दुर्घटनामा मृत्यु भएको हो ।

घरमा लहरी पल्टिएपछि लहरीमा लोड भएको ठूलो ढुङ्गाले बालबालिकालाई किचेको थियो । दुर्घटनापछि क्रेनको सहायताले ढुङ्गा र लहरी हटाइएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रसुवा बाढीमा मृतकको संख्या १ हजार ३६७ पुग्यो, ५ हजारभन्दा बढी सम्पर्कविहीन

रसुवा बाढीमा मृतकको संख्या १ हजार ३६७ पुग्यो, ५ हजारभन्दा बढी सम्पर्कविहीन

रसुवाको भोटेकोशीसहित विभिन्न नदीमा आएको बाढी र त्यसबाट प्रभावित क्षेत्रमा ज्यान गुमाउनेको संख्या १ हजार ३६७ पुगेको छ।
बाढीका कारण देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन

बाढीका कारण देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन

बाढीका कारण आपूर्ति प्रणाली प्रभावित भएपछि काठमाडौं उपत्यकामा देखिएको एलपी ग्यासको अभाव सहज बनाउन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सम्बन्धित निकायलाई निर्देशन दिएकी छन्।
खोलाले बगाउँदा किशोर बेपत्ता, खोजी जारी

खोलाले बगाउँदा किशोर बेपत्ता, खोजी जारी

खोलाले बगाउँदा यहाँ एक किशोर बेपत्ता भएका छन् । जगन्नाथ गाउँपालिका–३ अन्दाजी १६–१७ वर्षीय  अनुज सिंह खोला तर्ने क्रममा बगेर बेपत्ता भएका हुन् ।
प्रचण्डको प्रश्न : जेन–जीले खोजेको परिवर्तन कहाँ पुग्यो ?

प्रचण्डको प्रश्न : जेन–जीले खोजेको परिवर्तन कहाँ पुग्यो ?

नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेन जी आन्दोलनको उपलब्धीमाथि प्रश्न उठाएका छन् ।