नेभिगेशन
सबै कुरा

प्रसुति गृहबाट चोरियो बच्चा

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित प्रसुति गृहबाट एक बच्चा चोरी भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

केहीबेर अघि एक बच्चा चोरी भएको प्रहरी वृत सिंहदरबारले सिधाकुरालाई जानकारी दिएकाे छ। प्रहरीका अनुसार थापाथलीस्थित प्रसुति गृह अस्पतालको कम्पाउण्डबाट २६ दिनको बच्चा चोरी भएको हो । 

Extreme Energy
citizen life

चौरीदेउराली गाँउपालिका ३ काभ्रेपलाञ्चोक घर भई काठमाडौँको कपन बस्ने वर्ष २२ की सबिना श्रेष्ठले बोकिराखेको अवस्थामा २६ दिनकी छोरीलाई एक अपरिचित महिलाले लगेर फरार भएकी हुन् ।

सविनाले २६ दिनअघि छोरीलाई प्रसूति गृहमै जन्माएकी थिइन् । शल्यक्रियापश्चात जन्माएकी छोरीलाई जन्डिस भएपछि उनीहरुले निरन्तर अस्पतालमै राखेर उनको उपचार गराएर तीन दिनअघि मात्र घर लगेका थिए । शुक्रबार फलोअपका लागि अस्पताल पुगेर लाइनमा चिकित्सकको पालो पर्खिरहेका बेला अर्को लाइनमा बसेकी एक महिलाले छोरी बोेकिदिन्छु भनेर लगेको प्रहरीले बताएको छ ।

बच्चा लिएर फरार हुनेकाे थप अनुसन्धान र खाेजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
विश्वकप लिग२ः युएईमाथि नेपालको जित

विश्वकप लिग२ः युएईमाथि नेपालको जित

नेपालले सुरुआती ओभरमा केही दबाब झेले पनि मध्यक्रममा ऐरी र भण्डारीबीचको साझेदारीले इनिङ्स सम्हालेको थियो ।
पहिरोले डोजर पुर्दा चालकको मृत्यु

पहिरोले डोजर पुर्दा चालकको मृत्यु

बेगको भिजरादेखि भजने जाने सडक निर्माणका क्रममा पहिरो खसेर रुइसे देउराली कन्ट्रक्सन प्रालिको डोजर पुरिँदा रघुगङ्गा गाउँपालिका–२ भगवतीका ५१ वर्षीय पदम कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको...
गगनले सोधे– सुकुम्बासी बस्तीमा शक्ति प्रदर्शन कि प्रक्रियागत न्याय ?

गगनले सोधे– सुकुम्बासी बस्तीमा शक्ति प्रदर्शन कि प्रक्रियागत न्याय ?

कांग्रेस सभापति थापाले भनेका छन्- यो डोजरले नागरिकको झुपडी मात्र होइन, उनीहरूको मर्यादा र राज्यप्रतिको भरोसा पनि भत्काएको छ। सस्तो लोकप्रियताका लागि गरिएको यो निर्मम प्रहारले सडक त...
बल्खुस्थित बागमती नदीमा एक व्यक्ति मृत फेला

बल्खुस्थित बागमती नदीमा एक व्यक्ति मृत फेला

बल्खुको सुकुम्बासी बस्तीमा बस्दै आएका उनी २÷३ दिनदेखि परिवारको सम्पर्कमा समेत नरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए।