नेभिगेशन
सबै कुरा

प्रसुति गृहबाट चोरियो बच्चा

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित प्रसुति गृहबाट एक बच्चा चोरी भएको छ । 

केहीबेर अघि एक बच्चा चोरी भएको प्रहरी वृत सिंहदरबारले सिधाकुरालाई जानकारी दिएकाे छ। प्रहरीका अनुसार थापाथलीस्थित प्रसुति गृह अस्पतालको कम्पाउण्डबाट २६ दिनको बच्चा चोरी भएको हो । 

Global Ime Bank

चौरीदेउराली गाँउपालिका ३ काभ्रेपलाञ्चोक घर भई काठमाडौँको कपन बस्ने वर्ष २२ की सबिना श्रेष्ठले बोकिराखेको अवस्थामा २६ दिनकी छोरीलाई एक अपरिचित महिलाले लगेर फरार भएकी हुन् ।

सविनाले २६ दिनअघि छोरीलाई प्रसूति गृहमै जन्माएकी थिइन् । शल्यक्रियापश्चात जन्माएकी छोरीलाई जन्डिस भएपछि उनीहरुले निरन्तर अस्पतालमै राखेर उनको उपचार गराएर तीन दिनअघि मात्र घर लगेका थिए । शुक्रबार फलोअपका लागि अस्पताल पुगेर लाइनमा चिकित्सकको पालो पर्खिरहेका बेला अर्को लाइनमा बसेकी एक महिलाले छोरी बोेकिदिन्छु भनेर लगेको प्रहरीले बताएको छ ।

बच्चा लिएर फरार हुनेकाे थप अनुसन्धान र खाेजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
जनप्रतिनिधिलाई बदनाम गर्ने काम भयोः रामहरि खतिवडा

जनप्रतिनिधिलाई बदनाम गर्ने काम भयोः रामहरि खतिवडा

उनले यो विषयलाई छानबिन गनिुपर्ने बताए । उनले आफूमाथि पनि छानबिन गर्न तयार भएको बताए । ‘आज सबै सेक्टरबाट जनप्रतिनिधिहरुलाई बदनाम गर्ने काम भएको छ । त्यसप्रति सभामुखको...
निजामती विधेयकमा अक्षम्य अपराध गर्नेलाई इतिहास बन्नेगरी कारवाही गर्नुपर्छः चन्द्र भण्डारी

निजामती विधेयकमा अक्षम्य अपराध गर्नेलाई इतिहास बन्नेगरी कारवाही गर्नुपर्छः चन्द्र भण्डारी

उनले भने, ‘संसदमा सांसदलाई समेत  ढाँट्ने छल्ने र किर्ते गर्ने गरे पछि ! स्वार्थका लागि यो मुलुक कति ठगिएको होला ? कहाँबाट गल्ती भएको छ  ? यो अक्षम्य...
जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्रीको आग्रह

जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्रीको आग्रह

रोममा आयोजित राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको ४४औँ महासभालाई सोमबार सम्बोधन गर्दै उनले जलवायु परिवर्तनको मार खेपिरहेका नेपाल र यहाँका विशेषगरी हिमाली क्षेत्रका लागि अनुदानमा आधारित अन्तरराष्ट्रिय जलवायु...
निजामती विधेयक अनधिकृत रूपमा परिवर्तन गर्नेलाई तुरुन्त कारबाही गरः नेता डा कोइराला

निजामती विधेयक अनधिकृत रूपमा परिवर्तन गर्नेलाई तुरुन्त कारबाही गरः नेता डा कोइराला

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले  सर्वसम्मतिबाट संसद्मा पेस भई पारित भएको निजामती सेवा विधेयक अनधिकृत रूपमा परिवर्तन गरिनु संसद्प्रति गरिएको अपमान भएको बताएका छन् ।