नेभिगेशन
सबै कुरा
प्रतिनिधिसभा बैठक :

आगामी बैठकमा विभिन्न प्रकरणमा मुछिएका मन्त्रीहरुको बर्खास्तीका बारेमा जानकारी गराउन सरकारलाई एमालेको माग

काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अब बस्ने बैठकमा विभिन्न प्रकरणमा मुछिएका मन्त्रीहरुको बर्खास्तीका बारेमा जानकारी गराउन माग गरको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार बसेको प्रतिनिधिसभाको दोश्रो बैठकमा एमाले सचेतक महेश बर्तौलाले बालकुमारी घटनामा छानबिन आयोगले दोषी ठह¥याएका मन्त्री प्रकाश ज्वाला, टेरामक्स प्रकरणमा अख्तियारमा बयान दिएका मन्त्री मोहन बस्नेत र रामग्राम प्रकरणमा मुछिएका मन्त्री सुदन किरातीको वर्खास्तीका बारेमा प्रधानमन्त्रीले अर्को बैठकमा जानकारी गराउन माग गरेका हुन् । 

Ncell
Extreme Energy

आफुहरुको माग प्रधानमन्त्रीसँग रहेपनि कतिपय सत्तारुढ सांसद आफै प्रधानमन्त्री जसरी बैठकमा प्रस्तुत भएको भन्दै उनले आपत्ती जनाए । उनले एमालेले महत्वपूर्ण कुरा उठाउँदा सरकारले सुनेपनि नसुनेझैँ गरेको जिकिर गरे ।

त्यस्तै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसद्मा कुनै पनि अवरोध नगरी संयमता र धैर्यताका साथ प्रस्तुत हुन प्रतिपक्षी दलहरुलाई आग्रह गरे । संसदमा हुने आरोप प्रत्यारोप र घोचपेचलाई सदनमा स्वभाविक रुपमा लिएर जानुपर्ने उनले बताए । अधिवशेनबाट धेरै विधेयक पारित गर्नुपर्ने भएकाले सबै मिलेर अगाडि बढ्नुपर्ने उनको भनाइ छ । 

बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठकमा उठेका बिषयको सदनलाई जवाफ दिन सरकारलाई निर्देश गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भैंसेपाटी आवासमा कहिले सर्छन् मन्त्रीहरू ?

भैंसेपाटी आवासमा कहिले सर्छन् मन्त्रीहरू ?

तीन वटै चरणको काम समयमै सकिएमा मन्त्रीहरुले दसैँ–तिहारपछि भैँसेपाटीमा सर्न पाउने छन् ।
पक्राउ पूर्जी जारी भएका कांग्रेसबाट निर्वाचित प्रतापपुर गाउँपालिका अध्यक्ष यादवलाई प्रहरीकै संरक्षण

पक्राउ पूर्जी जारी भएका कांग्रेसबाट निर्वाचित प्रतापपुर गाउँपालिका अध्यक्ष यादवलाई प्रहरीकै संरक्षण

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश चन्द्र यादवविरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ । सरकारी छाप र लेटरप्याड कीर्ते गरी दुरुपयोग गरेको अभियोगमा प्रहरीमा जाहेरी परेपछि जिल्ला अदालत...
संसदीय समितिले बोलायो ऊर्जामन्त्री श्रेष्ठ, यस्ता छन् एजेण्डा

संसदीय समितिले बोलायो ऊर्जामन्त्री श्रेष्ठ, यस्ता छन् एजेण्डा

प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठलाई बोलाएको छ ।
तीनवटा संसदीय समितिको बैठक बस्दै

तीनवटा संसदीय समितिको बैठक बस्दै

प्रतिनिधि सभाका तीनवटा संसदीय समितिको बैठक बस्दैछ ।