नेभिगेशन
सबै कुरा
प्रतिनिधिसभा बैठक :

आगामी बैठकमा विभिन्न प्रकरणमा मुछिएका मन्त्रीहरुको बर्खास्तीका बारेमा जानकारी गराउन सरकारलाई एमालेको माग

काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अब बस्ने बैठकमा विभिन्न प्रकरणमा मुछिएका मन्त्रीहरुको बर्खास्तीका बारेमा जानकारी गराउन माग गरको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार बसेको प्रतिनिधिसभाको दोश्रो बैठकमा एमाले सचेतक महेश बर्तौलाले बालकुमारी घटनामा छानबिन आयोगले दोषी ठह¥याएका मन्त्री प्रकाश ज्वाला, टेरामक्स प्रकरणमा अख्तियारमा बयान दिएका मन्त्री मोहन बस्नेत र रामग्राम प्रकरणमा मुछिएका मन्त्री सुदन किरातीको वर्खास्तीका बारेमा प्रधानमन्त्रीले अर्को बैठकमा जानकारी गराउन माग गरेका हुन् । 

Ncell
Extreme Energy

आफुहरुको माग प्रधानमन्त्रीसँग रहेपनि कतिपय सत्तारुढ सांसद आफै प्रधानमन्त्री जसरी बैठकमा प्रस्तुत भएको भन्दै उनले आपत्ती जनाए । उनले एमालेले महत्वपूर्ण कुरा उठाउँदा सरकारले सुनेपनि नसुनेझैँ गरेको जिकिर गरे ।

त्यस्तै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसद्मा कुनै पनि अवरोध नगरी संयमता र धैर्यताका साथ प्रस्तुत हुन प्रतिपक्षी दलहरुलाई आग्रह गरे । संसदमा हुने आरोप प्रत्यारोप र घोचपेचलाई सदनमा स्वभाविक रुपमा लिएर जानुपर्ने उनले बताए । अधिवशेनबाट धेरै विधेयक पारित गर्नुपर्ने भएकाले सबै मिलेर अगाडि बढ्नुपर्ने उनको भनाइ छ । 

बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठकमा उठेका बिषयको सदनलाई जवाफ दिन सरकारलाई निर्देश गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।