नेभिगेशन
सबै कुरा

स्वस्थानी व्रत समापनमा यस्तो देखि सालीनदी परिसर (फोटोफिचर)

काठमाडाैँ । एक महिना लामो स्वस्थानी व्रत शनिबार समापन भएको छ । 

पौष शुक्ल पूर्णिमादेखि घर–घरमा सुरु गरेको एक महिने स्वस्थानी व्रत माघ शुक्ल पूर्णिमाका दिन विधिपूर्वक समापन गरिएको हो । यस्तै काठमाण्डौको साँखु शाली नदीमा एक महिना लामो माधव नारायण व्रत पनि समापन भएको छ । यसवर्षको साँखुको एक महिना लामो स्वस्थानी व्रतमा सहभागी महिला र पुरुषले व्रत समापन गरेका हुन् ।

Global Ime Bank


स्वस्थानी व्रत कथामा स्कन्द पुराण अन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई भन्ने र सुन्ने गरिन्छ । विधिपूर्वक एक महिने व्रत गरेकाले माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता तथा विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र र भेटी चढाएर व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अर्घ्य दिने धार्मिक परम्परा छ । स्वस्थानी व्रतकथामा उल्लेख भएअनुसार एक महिनासम्म विधिपूर्वक स्वस्थानी माताको पूजा आराधना गरे श्रीमानको आयु बढ्ने र अविवाहितले सुयोग्य वर पाउने धार्मिक विश्वास छ । स्वस्थानीका व्रतालुले माधवनारायणको दर्शन नगरे व्रत पूरा नहुने र फल प्राप्त नहुने धार्मिक विश्वाससमेत छ ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
दुबो रोपेपछि यस्तो देखियो खुलामञ्च (तस्विरहरु)

दुबो रोपेपछि यस्तो देखियो खुलामञ्च (तस्विरहरु)

नेपालको राजनीतिक परिवर्तनको साक्षी  बनेको ऐतिहासिक खुल्लामञ्च अहिले दुबोले हरियाली भएको छ।  दश महिना अगाडी काठमाडौँ महानगरपालिकाले यहाँ दुबो रोपेको थियो ।
जनप्रतिनिधिलाई बदनाम गर्ने काम भयोः रामहरि खतिवडा

जनप्रतिनिधिलाई बदनाम गर्ने काम भयोः रामहरि खतिवडा

उनले यो विषयलाई छानबिन गनिुपर्ने बताए । उनले आफूमाथि पनि छानबिन गर्न तयार भएको बताए । ‘आज सबै सेक्टरबाट जनप्रतिनिधिहरुलाई बदनाम गर्ने काम भएको छ । त्यसप्रति सभामुखको...
निजामती विधेयकमा अक्षम्य अपराध गर्नेलाई इतिहास बन्नेगरी कारवाही गर्नुपर्छः चन्द्र भण्डारी

निजामती विधेयकमा अक्षम्य अपराध गर्नेलाई इतिहास बन्नेगरी कारवाही गर्नुपर्छः चन्द्र भण्डारी

उनले भने, ‘संसदमा सांसदलाई समेत  ढाँट्ने छल्ने र किर्ते गर्ने गरे पछि ! स्वार्थका लागि यो मुलुक कति ठगिएको होला ? कहाँबाट गल्ती भएको छ  ? यो अक्षम्य...
जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्रीको आग्रह

जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्रीको आग्रह

रोममा आयोजित राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको ४४औँ महासभालाई सोमबार सम्बोधन गर्दै उनले जलवायु परिवर्तनको मार खेपिरहेका नेपाल र यहाँका विशेषगरी हिमाली क्षेत्रका लागि अनुदानमा आधारित अन्तरराष्ट्रिय जलवायु...