नेभिगेशन
सबै कुरा

यसरी तयार हुँदैछ काठमाडौँ–तराई द्रुतमार्ग (फाेटाेफिचर)

काठमाडाैँ । २०७४ जेष्ठ १४ गतेका दिन प्रधानमन्त्री पुष्पकमल दाहालले शिलानायास गरेको काठमाडौँ तराई द्रुतमार्ग आज सम्म बन्न लागेको ६ वर्ष पुरा हुन लाग्यो । विदेशी कम्पनी लाइ ठेक्का नदिइ नेपाल सरकार आफैले बनाउने जिम्मा नेपाली सेनालाइ दिएको थियो । 

City Express

ललितपुरको खोकनाबाट सुरु भई काठमाडौँ, मकवानपुर हुँदै बारा जोडिने गरी सडक ७६.२ किमी रहनेछ । द्रुत मार्ग निर्माणपछि निजगढदेखि काठमाडौँसम्मको दूरी जम्मा एक घन्टामा पूरा हुनेछ । सेनाले २०८१ मंसिरभित्र काम सकिसक्नुपर्ने भएपनि उक्त अवधिमा काम नसकिने भएपछि ०८३ चैतसम्म म्याद थप गरिएको छ । यसको शुरु अनुमानित बजेट १ खर्ब ७५ अर्ब रुपैयाँ भएपनि म्याद थपसँगै लागत पनि २ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ पुर्याइएको छ । अहिलेसम्म ३१.५७ प्रतिशत खर्च भइसकेको छ । पछिल्लो ६ वर्षमा ३०.९६ प्रतिशत निर्माण कार्यसम्पन्न भएको छ । ललितपुरको खोकनादेखि बाराको निजगढसम्म फास्ट ट्रयाक निर्माण कार्य करिव ३१ प्रतिशत भौतिक प्रगति भएको नेपाली सेनाले बताएको छ । द्रुत मार्गको निर्माण कार्य सुस्त देखिए पनि पछिल्लो समय फास्ट ट्रयाकमा पर्ने सुरुङ निर्माणको काम भने तिब्र गतिमा काम भइरहेको छ । 

नेपाली सेनाले काठमाडौं–तराई द्रुत मार्गलाई १३ प्याकेज बनाई काम अघि बढाएको छ । काठमाडौं–तराई द्रुत मार्ग अन्तर्गत निर्माण हुने ६ वटा सुरुङ मार्गमध्ये तीनवटा सुरुङको निर्माण जारी रहेको छ । यसरी समग्र सुरुङ मार्गको भौतिक प्रगति ६७.४३ प्रतिशत रहेको सेनाले बताएको छ । निर्माण भइरहेको सुरुङ मार्ग काठमाडौंबाट निजगढतर्फ जाँदा एउटा र निजगढबाट काठमाडौंतर्फ आउँदा अर्को छुट्टै सुरुङ प्रयोग गर्नुपर्ने भएकाले एक ठाउँको सुरुङलाई चारतर्फबाट खनिएको छ । द्रुत मार्गका ३ वटै सुरुङमार्गको ठेक्का चिनियाँ कम्पनीले पाएर निर्माण कार्य तिब्र रुपमा गरिरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
शहरमा सनसनी मच्चाएको 'सिक्री ग्याङ'

शहरमा सनसनी मच्चाएको 'सिक्री ग्याङ'

दुइ जना केटाहरु पल्सर कम्पनीको मोटर साइकलमा हिड्छन् । सुन लगाएको महिला, अली भरिलो झोला बोकेको महिला, पुरुष, एकल तथा बृद्ध महिला पुरुष जो देखेपनि उनीहरु पछाडीबाट पिछा...
रविकै नेतृत्वमा कुलमान सहितको रास्वपा ! स्वर्णिम र कुलमानको मध्यरात ३ घण्टा बार्तामा के–के भयो ?

रविकै नेतृत्वमा कुलमान सहितको रास्वपा ! स्वर्णिम र कुलमानको मध्यरात ३ घण्टा बार्तामा के–के भयो ?

बजारमा चर्चा भइरहेको एउटा प्रायोजित हल्ला र अर्को रास्वपाका नेता कार्यकर्ता नै खबरदारीमा उभिँदासम्म पार्टीलाई यो सबै घटनाबारे जानकारी नभएको रास्वपाका एक जिम्मेवार नेताले सिधाकुरालाई बताए । जेनजी...
देउवाको घरको भिडियो एआई हो ? एआई विज्ञको विश्लेषण

देउवाको घरको भिडियो एआई हो ? एआई विज्ञको विश्लेषण

देउवाको घरको भिडियो एआई हो ? एआई विज्ञको विश्लेषण
‘श्रीमति बचाउनु छ, मिल्ने भए मृगौला बेच्ने थिएँ’

‘श्रीमति बचाउनु छ, मिल्ने भए मृगौला बेच्ने थिएँ’

‘मिल्ने भए मेरो मृगौला बेचेर भए पनि उपचार गर्ने थिएँ श्रीमतिको । केही वर्ष भए पनि उसलाई बचाउन मन छ मलाई’ खड्केले भने ।

भर्खरै