नेभिगेशन
सबै कुरा

अर्थमन्त्रीले संसदमा प्रस्तुत गरे बजेटका सिद्धान्त र प्राथमिकता

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८१/८२ को बजेटका सिद्धान्त र प्राथमिकता’ प्रतिनिधिसभामा प्रस्तुत गरेका छन् । 

सोमबार बसेको बैठकमा अर्थमन्त्री डा. महतले बजेटका प्राथमिकता र सिद्धान्तमाथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका हुन् । विनियोजन विधेयक, २०८१ को सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै मन्त्री महतले सरकारका बिभिन्न प्रयासबाट अर्थतन्त्र क्रमशः सकारात्मक दिशातर्फ अघि बढेको बताए । त्यसैगरी विद्युत उत्पादनमा र पर्यटक आगमन संख्यामा वृद्धि हुनुका साथै विदेशी लगानी बढ्नुले अर्थतन्त्रमा सकारात्मक योगदान पुगेको उनले बताए । मुलुकको अर्थतन्त्र लयमा फर्किन थाले पनि बाह्य र आन्तरिक समस्याका कारण चुनौतीमुक्त भने भइनसकेको उहाले उल्लेख गरे । 

Global Ime Bank

आर्थिक क्रियाकलापको संरचना र प्रविधिमा आएको परिवर्तनका कारण राजस्व संकलनमा चुनौति थपिएको उनको भनाइ छ । उनले मुलुकको अर्थतन्त्रलाई विश्व अर्थतन्त्रको गतिसँगै अघि बढाउने र आधारभूत आवश्यकता पूरा गर्न कठिन अवस्थामा रहेका जनताको जीवनस्तरमा सुधारका मार्ग पहिल्याउने गरी आगामी वर्षको बजेट तर्जुमा हुने जिकिर गरे । आगामी बजेटमा सामाजिक क्षेत्रको विकास र सामाजिक न्यायः संविधानको मर्म अनुरूप समतामूलक समाज निर्माणका लागि स्रोत साधन र अवसरको न्यायोचित वितरण गरिने उउनले बताए । 

त्यस्तै निजी क्षेत्र र लगानी प्रवर्द्धनः उत्पादन, उत्पादकत्व र आर्थिक वृद्धिमा निजी क्षेत्रको नेतृत्वदायी भूमिका स्थापित गरिने मन्त्री महतले बताए । उनले संघीयता र सुशासन प्रवर्द्धनः संविधान बमोजिम प्रदेश तथा स्थानीय तहमा जिम्मेवारीहरू हस्तान्तरण गर्न आवश्यक कानून तर्जुमाका साथै संस्थागत व्यवस्था गरिने जिकिर गरे । 

जलविद्युत विकासः जलविद्युतमा आन्तरिक र वाह्य लगानी प्रवर्द्धन गरी उत्पादन वृद्धि गरिने, विद्युत आयोजनाहरू र प्रशारण लाइनको लागत मूल्य बढ्न नदिन निर्धारित समयमा नै सम्पन्न गर्न जोड दिइने पनि बजेटका सिद्धान्त र प्राथमिकतामा उल्लेख छ । सिद्धान्त र प्राथमिकताका  आधारमा बजेटको बाँडफाँट गर्दा उत्पादन वृद्धिलाई टेवा पुग्ने गरी प्राथमिकता प्राप्त आयोजनामा सार्वजनिक खर्च केन्द्रित गरिने मन्त्री महतले बताए । उनले आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको जगमा तर्जुमा हुने बजेटले मुलुकको समष्टिगत आर्थिक स्थायित्व कायम गर्न सघाउ पु¥याउनुका साथै अर्थतन्त्रले गति लिने विश्वास व्यक्त गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
झापामा कोभिडका आठजना सङ्क्रमित फेला

झापामा कोभिडका आठजना सङ्क्रमित फेला

झापामा कोभिडको सङ्क्रमण देखिन थालेपछि मेचीनगर नगरपालिकास्थित काँकरभिट्टा नाकामा शङ्कास्पद मानिसको कोभिड परीक्षण हुन थालेको छ । “काँकरभिट्टा नाकामा कोभिड परीक्षणका लागि तीनजना खटिएका छन्,” उनले भने, “जटिल...
कुलिङ पिरियडमा भएको जालसाजी विश्व इतिहासकै निकृष्ट र लाजमर्दो राजनीतिक ठगीः बाबुराम भट्टराई

कुलिङ पिरियडमा भएको जालसाजी विश्व इतिहासकै निकृष्ट र लाजमर्दो राजनीतिक ठगीः बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसदीय समितिले पारित गरेको कुलिङ पिरियडसम्बन्धी जालसाजीपूर्ण ढंगले हटाएर संसदबाट पारित गराएको घटना विश्व इतिहासकै निकृष्ट र लाजमर्दो राजनीतिक ठगी भएको बताएका छन् ।...
‘कुलिङ पिरियड’ विवादमा कर्मचारीलाई दोष दिएर सांसद उम्कन मिल्दैन: सांसद सुमना श्रेष्ठ

‘कुलिङ पिरियड’ विवादमा कर्मचारीलाई दोष दिएर सांसद उम्कन मिल्दैन: सांसद सुमना श्रेष्ठ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले निजामती सेवा विधेयकमा राखिएको ‘कुलिङ पिरियड’ सम्बन्धी प्रावधानमा देखिएको विवादमा कर्मचारीलाई दोष दिएर सांसदहरू उम्कन नमिल्ने बताएकी छिन् ।
रौनकको शतक र विपिनको घातक बलिङमा नेपालको शानदार जित, सेमिफाइनल मलेसियासँग खेल्ने

रौनकको शतक र विपिनको घातक बलिङमा नेपालको शानदार जित, सेमिफाइनल मलेसियासँग खेल्ने

नेपाली यू–१६ क्रिकेट टोलीले एसीसी पुरुष यू–१६ इष्ट जोन कपमा शानदार प्रदर्शन गर्दै समूह ए को विजेता बनेको छ। सोमबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले भुटानलाई २९८...