नेभिगेशन
सबै कुरा

अर्थमन्त्रीले संसदमा प्रस्तुत गरे बजेटका सिद्धान्त र प्राथमिकता

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८१/८२ को बजेटका सिद्धान्त र प्राथमिकता’ प्रतिनिधिसभामा प्रस्तुत गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोमबार बसेको बैठकमा अर्थमन्त्री डा. महतले बजेटका प्राथमिकता र सिद्धान्तमाथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका हुन् । विनियोजन विधेयक, २०८१ को सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै मन्त्री महतले सरकारका बिभिन्न प्रयासबाट अर्थतन्त्र क्रमशः सकारात्मक दिशातर्फ अघि बढेको बताए । त्यसैगरी विद्युत उत्पादनमा र पर्यटक आगमन संख्यामा वृद्धि हुनुका साथै विदेशी लगानी बढ्नुले अर्थतन्त्रमा सकारात्मक योगदान पुगेको उनले बताए । मुलुकको अर्थतन्त्र लयमा फर्किन थाले पनि बाह्य र आन्तरिक समस्याका कारण चुनौतीमुक्त भने भइनसकेको उहाले उल्लेख गरे । 

Ncell
Extreme Energy

आर्थिक क्रियाकलापको संरचना र प्रविधिमा आएको परिवर्तनका कारण राजस्व संकलनमा चुनौति थपिएको उनको भनाइ छ । उनले मुलुकको अर्थतन्त्रलाई विश्व अर्थतन्त्रको गतिसँगै अघि बढाउने र आधारभूत आवश्यकता पूरा गर्न कठिन अवस्थामा रहेका जनताको जीवनस्तरमा सुधारका मार्ग पहिल्याउने गरी आगामी वर्षको बजेट तर्जुमा हुने जिकिर गरे । आगामी बजेटमा सामाजिक क्षेत्रको विकास र सामाजिक न्यायः संविधानको मर्म अनुरूप समतामूलक समाज निर्माणका लागि स्रोत साधन र अवसरको न्यायोचित वितरण गरिने उउनले बताए । 

त्यस्तै निजी क्षेत्र र लगानी प्रवर्द्धनः उत्पादन, उत्पादकत्व र आर्थिक वृद्धिमा निजी क्षेत्रको नेतृत्वदायी भूमिका स्थापित गरिने मन्त्री महतले बताए । उनले संघीयता र सुशासन प्रवर्द्धनः संविधान बमोजिम प्रदेश तथा स्थानीय तहमा जिम्मेवारीहरू हस्तान्तरण गर्न आवश्यक कानून तर्जुमाका साथै संस्थागत व्यवस्था गरिने जिकिर गरे । 

जलविद्युत विकासः जलविद्युतमा आन्तरिक र वाह्य लगानी प्रवर्द्धन गरी उत्पादन वृद्धि गरिने, विद्युत आयोजनाहरू र प्रशारण लाइनको लागत मूल्य बढ्न नदिन निर्धारित समयमा नै सम्पन्न गर्न जोड दिइने पनि बजेटका सिद्धान्त र प्राथमिकतामा उल्लेख छ । सिद्धान्त र प्राथमिकताका  आधारमा बजेटको बाँडफाँट गर्दा उत्पादन वृद्धिलाई टेवा पुग्ने गरी प्राथमिकता प्राप्त आयोजनामा सार्वजनिक खर्च केन्द्रित गरिने मन्त्री महतले बताए । उनले आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको जगमा तर्जुमा हुने बजेटले मुलुकको समष्टिगत आर्थिक स्थायित्व कायम गर्न सघाउ पु¥याउनुका साथै अर्थतन्त्रले गति लिने विश्वास व्यक्त गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीका कारण देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन

बाढीका कारण देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन

बाढीका कारण आपूर्ति प्रणाली प्रभावित भएपछि काठमाडौं उपत्यकामा देखिएको एलपी ग्यासको अभाव सहज बनाउन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सम्बन्धित निकायलाई निर्देशन दिएकी छन्।
खोलाले बगाउँदा किशोर बेपत्ता, खोजी जारी

खोलाले बगाउँदा किशोर बेपत्ता, खोजी जारी

खोलाले बगाउँदा यहाँ एक किशोर बेपत्ता भएका छन् । जगन्नाथ गाउँपालिका–३ अन्दाजी १६–१७ वर्षीय  अनुज सिंह खोला तर्ने क्रममा बगेर बेपत्ता भएका हुन् ।
प्रचण्डको प्रश्न : जेन–जीले खोजेको परिवर्तन कहाँ पुग्यो ?

प्रचण्डको प्रश्न : जेन–जीले खोजेको परिवर्तन कहाँ पुग्यो ?

नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेन जी आन्दोलनको उपलब्धीमाथि प्रश्न उठाएका छन् ।
मुस्ताङमा निरन्तर भूकम्पको धक्का, चर्किए घरहरू

मुस्ताङमा निरन्तर भूकम्पको धक्का, चर्किए घरहरू

मुस्ताङमा निरन्तर भूकम्पको धक्का महसुस गरिएको छ ।