नेभिगेशन
सबै कुरा

दुबइको जेलबाट छोरा छुटाउन गुहार मागिरहेकी ६० वर्षीया पदमकुमारी

काठमाडौँ । धादिङ नेत्रावती गाउँपालिका ४ का पहलमान थापामगरको उद्धारका लागि सहयोग गरिदिन परिवारले अपिल गरेका छन् । वैदेशिक रोजगारीको सिलसिलामा दुबई पुगेका थापा मगर ५ वर्षदेखि युएईको सारजाहा सेन्ट्रल जेलमा हत्या अभियोगमा सजाय भोगिरहेका छन् ।


City Express

नेपालीकै हत्यामा संलग्न रहेको भन्दै जेल सजाय सुनाइएका उनीसहितका २ नेपालीलाई स्वदेश फर्काउन ५०/५० लाख ब्लड मनीमा समझादारी भए पनि रकम जोहो गर्न नसकेको पहलमानकी वयोबृद्ध आमा पदमकुमारी मगरले बताइन् ।

घरको आर्थिक अवस्था कमजोर भएपछि १८ वर्षको उमेरमै दुबई पुगेका पहलमान घर फर्कीने तयारीमै रहेको र घर आउन टिकट, झोला तयार गरे आमा भनेको छोरा एक्कासी जेल परेको खबर सुनेको पदमकुमारीले सिधाकुरालाई बताइन् ।

छोराको फोटोको रुपमा हातमा उनको स्कुलको प्रवेश पत्रको टुक्रोमा भएको सानो फोटो बोकेर हिँडिरहेकी आमाले सहयोगका लागि सबैसँग आग्रह पनि गरिन् । 

‘छोराले जेलबाट फोन गरेर आमा मलाई निकाल्नु भन्छ, म कहाँ जाउँ कसलाई भनौँ, के गरौँ ?’ पदमकुमारी भन्छिन्, ‘मैले केही गर्न सकिन सर ।’ 

पदमकुमारीले छोरालाई लागेको कसुर समेत राम्रोसँग नबुझेको बताइन् । छोरा नेपाल फर्काउन केही उपाय लाग्छ कि भन्ने आशा बोकेर बिभिन्न निकाय धाईरहेको तर पनि छोरालाई नेपाल ल्याउन नसकेको उनको भनाईको छ । 

‘घर अलपत्र छ, हामी वृद्ध भयौँ । एउटा मात्रै छोरा युएईको जेलमा छन् । मृतकका परिवारलाई दिने भनेर सहमती गरेको रकम जुटाउने आफ्नो स्रोत छैन,’ आमा पदमकुमारी मगरले भावुक हुँदै भनिन्,‘न बेच्ने जग्गा जमिन छ, न ऋण खोजेर पुग्ने रकम छ ।’ उनकाअनुसार पीडित परवारका सदस्यसँग भएको सहमतिअनुसार छोरालाई नेपाल ल्याउन ५० लाख रुपैयाँ संकलन गर्नुपर्छ । केही सहयोगी संघ संस्थामार्फत केही रकम जम्मा भए पनि थप रकम जुटाउन मुस्किल भएको उनले सुनाइन । 

के हो घटना ? 

धादिङका पहलमान मगर, ओखलढुंगाका भुवन श्रेष्ठ र नवलपुर मध्यविन्दुका बाबुराम आलेमगर दुबईमा सँगै बस्थे । सन् २०१९ जुन ३ को राति बाबुराम आलेमगरको शंकास्पद मृत्यु भयो । 

भुवन र पहलमानले परिवारलाई दिएको जानकारीअनुसार बाबुराम विरामी भएर अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको थियो । साथै रहेका साथीको मृत्यु पछि प्रहरीले पक्राउ गरेर पहलमान मगर र भुवन श्रेष्ठमाथि छानबिन गरेको थियो । घटनाबारे जानकार युएई स्थित नेपाली दूतावासका अधिकारीहरुकाअनुसार मृत्युका विषयमा आरोपितहरुले फरक फरक बयान दिएका छन् ।  दूतावास स्रोतका अनुसार उनीहरुले बाबुरामको हत्या गरेको अदालतमा स्वीकार गरेका थिए । 

‘घटना भएको समयमा यहाँ इद चलिरहेको थियो, भुवन र पहलमान नेपाल जाँदै थिए, जानुपूर्व तीनैजनाले मध्यपान सहित जमघट गरेका थिए,’ दुतावासका अधिकारी भन्छन्, ‘मदिरा सेवनपछि झगडा हुँदा चक्कु प्रहारबाट बाबुरामको मृत्यु भएको अनुसन्धानमा देखिएको छ ।’ 

स्थानीय प्रहरी अनुसन्धान र उनीहरुको बयानपछि युएईको तल्लो अदाललते हत्या अभियोगमा दोषी ठहर गर्दै आजीबन कारबासको फैसला सुनाएको दुतावासका अधिकारीहरु बताउँछन् । 

दुबई मृत्यु भएका बाबुरामकी श्रीमती नरिमा मगर पनि घटना हुँदा दुबईमा नै थिइन् । उनकै जाहेरीका आधारमा अदालतले फैसला सुनाएको हो । घरको मुख्य व्यक्तिकै हत्या भएपछि नरिमा नेपाल फर्कीएकी थिइन् । 

नेपाल फर्कीएकी नरिममासँग भुवन र पहलमानका परिवारले ब्लड मनिका रुपमा १ करोड रुपैयाँ दिने सहमती गरेको थिए । ‘मृतक बाबुरामको परिवारलाई दुबै परिवारले ५०/५० लाख नगद दिएर कारागारमा रहेको श्रेष्ठ र मगरलाई रिहा गर्ने सहमती भएको थियो,’ ओखलढुंगाका भुवन श्रेष्ठका बुबा यमबहादुर श्रेष्ठले भने,‘पीडित र पीडक दुबै नेपाली भएको र नेपालमै रकम दिने सहमति भएको कागज युएईको उच्च अदालतमा पेश गरेपछि भने उच्च अदालतले ब्लड मनी दिने प्रक्रिया पुरा गरे रिहा हुने फैसला गरेको हो । यसैका लागि रकम जुटाउन दुवै परिवारलाई हम्मे हम्मे परेको छ ।’  

पहलमान  थापा मगर र भुवन श्रेष्ठलाई जेलबाट छुटाएर नेपाल ल्याउन परिवारका सदस्यहरु ऋण, धन र चन्दा संकलनमा जुटेका छन् । निकै कमजोर आर्थिक अवस्था भएका दुवैजनाको परिवारले विभिन्न संघ संस्था र व्यक्तिसंग हारगुहार गरेर केही लाख रकम जम्मा त गरेका छन् । तर, अझै दुवै परिवारलाई कम्तिमा पनि ३० देखि ४० लाख रुपैयाँसम्म रकम अपुग भएको उनीहरुको भनाई छ । आफ्नो जाय ज्याथा र सबै सम्पत्ति बिक्री गर्दा समेत नपुग्ने रकम जोहो गर्नुपर्ने भन्दै उनीहरुले सहयोगका लागि सबैसंग अपिल गरेका छन् । 



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
काठमाडौँबाट दिल्ली पुर्‍याएर मृगौला तस्करी, बेच्नेलाई १० लाख, एजेन्टलाई ५० हजारको प्रलोभन

काठमाडौँबाट दिल्ली पुर्‍याएर मृगौला तस्करी, बेच्नेलाई १० लाख, एजेन्टलाई ५० हजारको प्रलोभन

प्रारम्भिक अनुसन्धानका क्रममा किड्नी दिन तयार हुने मानिसलाई काठमाडौँ ल्याएर गाडी चढाएर नयाँ दिल्लीसम्म पुर्याउने, त्यहाँ एक होटलमा राख्ने र बेहोस बनाउने औषधी खुवाएर पहिचान नहुने ठाउँमा लगेर...
फेसबुक लगायतलाई बन्द गर्ने धम्की, जुवा खेलाउने एपलाई लाइसेन्स प्रदान

फेसबुक लगायतलाई बन्द गर्ने धम्की, जुवा खेलाउने एपलाई लाइसेन्स प्रदान

नेपाल सरकारले एक साता भित्र दर्ता नभए सामाजिक सञ्जाल दर्ता नभए बन्द गर्ने घोषणा गरेको छ । सामाजिक सञ्जाल बन्द गर्ने हरप्रयास गरिरहेको सरकारले जनतालाई लुटिरहेको एप भने...
इम्बोस्ड नम्बर प्लेटमा ५ अर्बको झेल, सेटिङको अन्तरकथा !

इम्बोस्ड नम्बर प्लेटमा ५ अर्बको झेल, सेटिङको अन्तरकथा !

उक्त ठेक्का सम्झौतामा नेपाल सरकारलाई अर्बौ घाटा हुने गरी केहि सर्तहरु राखिएको छ । जसमा ५ वर्षभित्र कम्पनीले २५ लाख इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने, १० वटा आरएफआइडी...
बेवारिसे सुटकेस भित्र महिलाको मृत शरीर, कपडा पट्याएजसरी मान्छे राखियो

बेवारिसे सुटकेस भित्र महिलाको मृत शरीर, कपडा पट्याएजसरी मान्छे राखियो

सुन्दै आङ्ग जिरिङ्ग हुने यो घटना रौतहटको हो । यो सुटकेस शनिबार राति गौर नगरपालिका ९ मुडवालगेटस्थित गौर–सिरसिया अन्तर्गत सडकखण्डमा बेवारिसे अवस्थामा भेटिएको हो । राति १० बजेदेखि...