नेभिगेशन
सबै कुरा

अलपत्र गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाकाे निमार्ण प्रक्रिया अघि बढ्यो

भरतपुर । भरतपुरमा ३ वर्षदेखि अलपत्र परेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको थप निमार्ण अघि बढेको छ । भरतपुर महानगरपालिकाले ३० दिनको म्याद राखेर एक अर्ब १० करोडको ठेक्का आह्वानको सूचना जारी गरेकासँगै काम अघि बढ्ने देखिएको हो । महानगरले यो ठेक्का पहिलो चरणको निमार्णका लागि भएको जनाएको छ । पहिलो  चरणमा १० हजार जना क्षमताको स्टयाण्ड, मैदानको सम्पूर्ण काम, पेभेलियनसहित दुई वटा टावर बिल्डिङ निर्माण पर्ने छन् । 

महानगरपालिकाले विगत ५ वर्षमा सरदर ५८ करोडको वार्षिक निर्माण कारोबार गरेको राष्ट्रिय निर्माण कम्पनीसँग बोलपत्र आह्वान गरेको छ भने छनौट भएको कम्पनीले साढे २ वर्षभित्र रंगशाला बनाइसक्नु पर्नेछ ।

City Express

रंगशाला पूर्णरुपमा निमार्णसम्पन्न हुनका लागि ३ अर्ब लाग्ने भएकाले पहिलो चरणको निमार्ण सकिएपछि दोस्रो चरणको काम  सुरु हुने भरतपुर महानगरपालिकाले जनाएको छ । 

आगामी मार्च ३१ गते १२ बजेसम्म टेण्डर हाल्ने अन्तिम समय दिइएको छ । टेण्डर भएको मितिले ३० महिनामा पूरा गरिसक्नुपर्ने भनिएको छ ।  

हास्यँकलाकार सिताराम कट्टेल (धुर्मुस)ल र कुञ्जना घिमिरे(सुन्तली)को धुर्मुस सुन्तली फाउन्डेसनले निमार्णको सुरुवात गरेपनि कोभिड महामारीसँगै आर्थिक अभाव खड्कीएपछि महानगरलाई जिम्मा लगाएर फाउन्डेसन बाहिरिएको थियो । 

फाउन्डेसन बाहिरिएपछि रंगशालाको काम अलपत्र परेको थियो । निमार्ण भएको संरचना बिग्रीन थालेका थिए । 

तर केहि दिन अघि वागमती सरकार र भरतपुर महानगरपालिकाले क्रमशः ७० र ३० को साझेदारीमा रंगशाला निर्माण गर्ने सहमति भएसँगै अलपत्र अवस्थामा रहेको रंगशाला निर्माणको प्रक्रिया अघि बढेको हो । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
लामो समयदेखि जीर्ण अवस्थामा रहेका आयोजना राख्न हुँदैनः मन्त्री घिसिङ

लामो समयदेखि जीर्ण अवस्थामा रहेका आयोजना राख्न हुँदैनः मन्त्री घिसिङ

नेपाल निर्माण व्यवसायी महासङ्घका प्रतिनिधिसँग आइतबार भएको भेटवार्तामा उनले काम नगरेर वर्षौंसम्म आयोजना अलपत्र पार्ने निर्माण व्यवसायीसँगको ठेक्का तोडिने प्रष्ट पारेका हुन । उनले कुनै पनि निर्माण व्यवसायीप्रति...
जनश्रमदानबाट सडक मर्मत

जनश्रमदानबाट सडक मर्मत

कुनैपनि निकायबाट सहयोग नजुटेपछि स्थानीयवासीले श्रमदान गरेर सडक मर्मत गरेका हुन् । मोदी गाउँपालिका–१, २ र ३ का बासिन्दाले श्रमदान गरेका हुन् । देउपुरस्थित कोरुङ्गा बनमामाथिबाट झरेको पहिरोले...
सात दिनपछि खुल्यो बागलुङ–सिगाना–बरेङ सडक

सात दिनपछि खुल्यो बागलुङ–सिगाना–बरेङ सडक

बागलुङ नगरपालिका–८ सिगानामा सडक माथिबाट खसेको ठूलो पहिरोले सडकसहित एउटा गोठ पुरेको थियो भने एक परिवार विस्थापित भएका छन् । चट्टानसहितको ठूलो पहिरो खसेकाले खुलाउन समय लागेको थियो...
विभिन्न सात राजमार्ग पहिरोले अवरुद्ध

विभिन्न सात राजमार्ग पहिरोले अवरुद्ध

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले हाल ती क्षेत्रमा पहिरो पन्छाउने काम जारी रहेको बताए । उनका अनुसार कोशी राजमार्गको भोटखोलामा सडक पूर्ण रुपमा...