नेभिगेशन
सबै कुरा

अलपत्र गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाकाे निमार्ण प्रक्रिया अघि बढ्यो

भरतपुर । भरतपुरमा ३ वर्षदेखि अलपत्र परेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको थप निमार्ण अघि बढेको छ । भरतपुर महानगरपालिकाले ३० दिनको म्याद राखेर एक अर्ब १० करोडको ठेक्का आह्वानको सूचना जारी गरेकासँगै काम अघि बढ्ने देखिएको हो । महानगरले यो ठेक्का पहिलो चरणको निमार्णका लागि भएको जनाएको छ । पहिलो  चरणमा १० हजार जना क्षमताको स्टयाण्ड, मैदानको सम्पूर्ण काम, पेभेलियनसहित दुई वटा टावर बिल्डिङ निर्माण पर्ने छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महानगरपालिकाले विगत ५ वर्षमा सरदर ५८ करोडको वार्षिक निर्माण कारोबार गरेको राष्ट्रिय निर्माण कम्पनीसँग बोलपत्र आह्वान गरेको छ भने छनौट भएको कम्पनीले साढे २ वर्षभित्र रंगशाला बनाइसक्नु पर्नेछ ।

Ncell
Extreme Energy

रंगशाला पूर्णरुपमा निमार्णसम्पन्न हुनका लागि ३ अर्ब लाग्ने भएकाले पहिलो चरणको निमार्ण सकिएपछि दोस्रो चरणको काम  सुरु हुने भरतपुर महानगरपालिकाले जनाएको छ । 

आगामी मार्च ३१ गते १२ बजेसम्म टेण्डर हाल्ने अन्तिम समय दिइएको छ । टेण्डर भएको मितिले ३० महिनामा पूरा गरिसक्नुपर्ने भनिएको छ ।  

हास्यँकलाकार सिताराम कट्टेल (धुर्मुस)ल र कुञ्जना घिमिरे(सुन्तली)को धुर्मुस सुन्तली फाउन्डेसनले निमार्णको सुरुवात गरेपनि कोभिड महामारीसँगै आर्थिक अभाव खड्कीएपछि महानगरलाई जिम्मा लगाएर फाउन्डेसन बाहिरिएको थियो । 

फाउन्डेसन बाहिरिएपछि रंगशालाको काम अलपत्र परेको थियो । निमार्ण भएको संरचना बिग्रीन थालेका थिए । 

तर केहि दिन अघि वागमती सरकार र भरतपुर महानगरपालिकाले क्रमशः ७० र ३० को साझेदारीमा रंगशाला निर्माण गर्ने सहमति भएसँगै अलपत्र अवस्थामा रहेको रंगशाला निर्माणको प्रक्रिया अघि बढेको हो । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बेनी–जोमसोम सडक खुल्यो, १७३ कन्टेनर गन्तव्यतर्फ

बेनी–जोमसोम सडक खुल्यो, १७३ कन्टेनर गन्तव्यतर्फ

बेनी—जोमसोम सडक सञ्चालन भएसँगै १७३ वटा कन्टेनर गन्तव्यतर्फ प्रस्थान गरेका छन् ।
बेत्राबतीमा बेलिब्रिज, चल्न थाले गाडी

बेत्राबतीमा बेलिब्रिज, चल्न थाले गाडी

नेपाली सेनाले निर्माण गरेको एक्रो ब्रिज आज  गल्छी–रसुवागढी सडक आयोजनालाई हस्तान्तरण गरेको छ।
बूढीगण्डकी बाढीः ६ वटा पुल बगे, १० जना सम्पर्कविहीन

बूढीगण्डकी बाढीः ६ वटा पुल बगे, १० जना सम्पर्कविहीन

यसैगरी, माछिखोला र केरौँजाजोड्ने झोलुङ्गे पुल, चुमनुब्रीको ठाडो भर्याङ र जगत जोड्ने पुल र सिर्दिबासको घट्टेखोला र फिलिमजोड्ने झोलुङ्गे पुल पनि बगेका छन् ।
बूढीगण्डकी बाढीः गोरखा र धादिङ जोड्ने पक्की पुल बगायो

बूढीगण्डकी बाढीः गोरखा र धादिङ जोड्ने पक्की पुल बगायो

बाढी पूर्वानुमान महाशाखाले आइतबार बिहान ९ः२५ बजे सूचना जारी गर्दै बूढीगण्डकीमा जलसतह बढ्ने र घट्ने क्रम जारी रहेकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।