नेभिगेशन
सबै कुरा

पोखरामा पर्यटकमाथि ट्याक्सी चालककाे दुर्व्यवहार

काठमाडाैँ । नेपाल भ्रमणमा आएका जापानी नागरिकलाई लिएर पोखरा पुगेका नेपाली ‘गाइड’ र पर्यटकमाथि दुर्व्यवहार भएको छ । 

२ जापानी नागरिकलाई भ्रमणका लागि लिएर पोखरा पुगेका गाइड टिएन भट्ट र पर्यटक माथि नै विमानस्थलको पार्किङमा रहेका ट्याक्सी चालकले दुर्व्यवहार गरेका हुन् । 

City Express

भट्ट र २ जापानी नागरिक सोमबार बिहान हवाइमार्फत पोखरा पुगेका हुन् । पोखरा ओर्लिनासाथ होटलमा जानका लागि ट्याक्सी बुक गर्ने क्रममा गाइड भट्टले राइड सेयरिङ एप इन्ड्राइभमार्फत ट्याक्सी बोलाए । नजिकै भएकाले छोटो समयमै ट्याक्सी पनि अयो । त्यसपश्चात सामान हालेर होटलतर्फ जाने तयारी गरेका उनीहरुमाथि नजिकै रहेका ट्याक्सी चालकहरुले दुर्व्यवहार गरेको भट्टले बताए । 

‘पर्यटकलाई लिएर बुक गरेको होटलमा जान लागेका थियौँ । इन्ड्राइभ बुक गरेर सामान लोड गर्दै थियौँ । तीनजना आएर हामीमाथि हातपात गरे ।’, भट्टले सिधाकुरालाई भने । 

 भट्टले सिधाकुरालाई उपलब्ध गरायाेकाे भिडियाेमा पर्यटक लिएर पोखरा पुगेका भट्टको सामानसमेत उनीहरुले लोड गरेको ट्याक्सीबाट निकालिदिएकाे देखिएकाे छ । 

तस्विरः पर्यटक र गाइडमाथि आक्रमणमा उत्रिनेहरु

 दुर्व्यवहारमा परेकाहरूले आफूहरुमाथि इन्ड्राइभको ट्याक्सी प्रयोग गरेको भन्दै अपरिचित व्यक्तिहरूले अश्लिल शब्दले गाली गरेको समेत बताएका छन् । आफूहरुमाथि दुर्व्यवहार भएको भन्दै उनीहरुले प्रहरीमा उजुरी गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

युवराज आइतबार बिहान १०ः३० बजे घरदेखि करिब ५०० मिटर उत्तरतर्फ करेसाबारीमा मृत फेला परेका थिए । मृत युवराजको शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि हत्याको आशङ्कामा प्रहरीले अनुसन्धान अघि...
बैतडीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

बैतडीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

जिल्लाको सिगास गाउँपालिका–३ धमकट्टेबाट सिन्याखेततर्फ गइरहेको ट्याक्टर आइतबार अपराह्न सोही वडाको गडीघाढी भन्ने स्थानमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा एकै परिवारका तीन सहित चार जनाको मृत्यु, बसले अटोरिक्सालाई ठक्कर दिएको थियो

दुर्घटनामा एकै परिवारका तीन सहित चार जनाको मृत्यु, बसले अटोरिक्सालाई ठक्कर दिएको थियो

विराटनगरबाट धनगढी गइरहेको सुप्र०१–००१ख ३२८८ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको प्रदेश२–०१–००१ह १२३० नम्बरको अटोरिक्सालाई शनिबार साँझ ठक्कर दिएको थियो ।
छोराको प्रहारबाट बाबुको मृत्यु, आमा घाइते

छोराको प्रहारबाट बाबुको मृत्यु, आमा घाइते

मालिका –३ म्यालका २३ वर्षीय भोटबहादुर विकले शनिबार ५२ वर्षीय धनबहादुरको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारूले जानकारी दिए ।