नेभिगेशन
सबै कुरा

पोखरामा पर्यटकमाथि ट्याक्सी चालककाे दुर्व्यवहार

काठमाडाैँ । नेपाल भ्रमणमा आएका जापानी नागरिकलाई लिएर पोखरा पुगेका नेपाली ‘गाइड’ र पर्यटकमाथि दुर्व्यवहार भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

२ जापानी नागरिकलाई भ्रमणका लागि लिएर पोखरा पुगेका गाइड टिएन भट्ट र पर्यटक माथि नै विमानस्थलको पार्किङमा रहेका ट्याक्सी चालकले दुर्व्यवहार गरेका हुन् । 

Ncell
Extreme Energy

भट्ट र २ जापानी नागरिक सोमबार बिहान हवाइमार्फत पोखरा पुगेका हुन् । पोखरा ओर्लिनासाथ होटलमा जानका लागि ट्याक्सी बुक गर्ने क्रममा गाइड भट्टले राइड सेयरिङ एप इन्ड्राइभमार्फत ट्याक्सी बोलाए । नजिकै भएकाले छोटो समयमै ट्याक्सी पनि अयो । त्यसपश्चात सामान हालेर होटलतर्फ जाने तयारी गरेका उनीहरुमाथि नजिकै रहेका ट्याक्सी चालकहरुले दुर्व्यवहार गरेको भट्टले बताए । 

‘पर्यटकलाई लिएर बुक गरेको होटलमा जान लागेका थियौँ । इन्ड्राइभ बुक गरेर सामान लोड गर्दै थियौँ । तीनजना आएर हामीमाथि हातपात गरे ।’, भट्टले सिधाकुरालाई भने । 

 भट्टले सिधाकुरालाई उपलब्ध गरायाेकाे भिडियाेमा पर्यटक लिएर पोखरा पुगेका भट्टको सामानसमेत उनीहरुले लोड गरेको ट्याक्सीबाट निकालिदिएकाे देखिएकाे छ । 

तस्विरः पर्यटक र गाइडमाथि आक्रमणमा उत्रिनेहरु

 दुर्व्यवहारमा परेकाहरूले आफूहरुमाथि इन्ड्राइभको ट्याक्सी प्रयोग गरेको भन्दै अपरिचित व्यक्तिहरूले अश्लिल शब्दले गाली गरेको समेत बताएका छन् । आफूहरुमाथि दुर्व्यवहार भएको भन्दै उनीहरुले प्रहरीमा उजुरी गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

समाजमा शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्ने उद्देश्यले काठमाडौँका विभिन्न स्थानमा स्वीप अपरेसन सञ्चालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।
क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

बस्नेतमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमबहादुर राईलाई धम्काएको घटनामा पनि काठमाडौं प्रहरीले अनुसन्धान गरेको थियो। जसमा प्रमाण नपुगेको भन्दै तत्काल मुद्दा नचलाउने निर्णय भएको छ।
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...