नेभिगेशन
सबै कुरा

विख्यात अमेरिकी विश्वविद्यालयबाट दिक्षित शिक्षामन्त्री सुमना

काठमाडौँ । सुमना श्रेष्ठ संघीय संसद् अन्तर्गत दोश्रो प्रतिनिधिसभा सदस्यमा समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको जनजाति समूहको प्रतिनिधिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीमार्फत चुनिएकी हुन् । 

सुमनाले अमेरिकाको मासाचुसट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (माईटी) स्लोन स्कूल अफ म्यानेजमेन्टबाट बिजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तर (एमबिए) गरेकी छिन् । त्यसभन्दा अघि उनले अमेरिकाकै ब्रिन मार कलेजबाट अर्थशास्त्रमा र ह्याभरफर्ड कलेजबाट गणितमा स्नातक गरेकी हुन् । 

वि.स. २०७२ सालभन्दा अघि सुमना अमेरिकास्थित बोस्टन कन्सल्टिङ ग्रुपमा परामर्शदाताका रूपमा कार्यरत थिइन् । त्यसअघि ट्रेड अनालिस्ट (वाणिज्य विश्लेषक) का रूपमा सिटी गु्रपमा समेत काम गरेकी थिइन् । जब वि.स. २०७२ सालमा नेपालमा महाभूकम्प गयो, तब उनको जीवनको लेन बदलियो । भूकम्पपछि नेपालमा विश्व खाद्य कार्यक्रमसँग काम गर्न बोस्टन कन्सल्टिङ गु्रपले उनलाई नेपाल पठायो । त्यसपछि उनी अमेरिका फर्किइनन् । 

सुमनाले नेपाललाई नै कार्यक्षेत्र बनाएर काम गर्न थालेपछिका वर्षहरूमा उनी नेपाल र नेपालीका लागि सञ्चालन भएका विभिन्न अभियान र कार्यक्रममा आधारभूत तहमै संलग्न भएकी छिन् । भूकम्पपछि प्रवासी नेपालीहरूमार्फत प्राप्त भएको सहायता सामग्री सङ्कलन र वितरणमा संयोजन गरेर होस् वा काष्ठमण्डप पुनर्निर्माणसम्बन्धी उपसमितिलाई नेतृत्व गरेर अथवा रानीपोखरी बचाउ अभियानमा सक्रिय रहेर, उनी तत्काल आवश्यक सहयोग, सहायता देखि पुनर्निर्माणसम्मका गतिविधिमा सक्रिय रुपमा सहभागी भइन् । यति मात्रै नभई कोभिड–१९ महामारीका बेला समेत नेपाली नागरिकलाई कोभिड–१९ विरुद्धको खोप प्रदान गर्न अमेरिकी सरकारलाई त्यहाँको सिनेटमार्फत अनुरोध गरिन् । 

सुमना एक सफल उद्यमी पनि हुन् । उनले कारपुल काठमाडौँ र मेडिकेसन फर नेपाल लगायतका परियोजनाको सुरुवात गरेकी छिन् । सन् २०१६ मा क्यालिफोर्नियामा भएको ग्लोबल अन्टरप्रेनरसिप समिटमा मेडिकेसन फर नेपालको तत्कालिन अमेरिकी राष्ट्रपति बाराक ओबामाले समेत प्रशंसा गरेका थिए । नाकाबन्दीका कारण देखापरेको इन्धनको समस्यामा नागरिकलाई थोरै भए पनि राहत दिने गरी सुरु गरिएको कारपुल नेपाल र विशेषतः महाभूकम्प पछिको अवस्थामा औषधिजन्य आवश्यकतालाई पूर्ति गर्ने उद्देश्यले सुरु गरिएको मेडिकेसन फर नेपाल दुवै सफल परियोजना हुन् । 

बहुमुखी प्रतिभा र ज्ञानकी धनी सुमना गणितमा पनि दख्खल राख्छिन् । गणितमा पनि स्थानविज्ञान (टोपोलोजी) र ज्यामितिमा उनको विशेषज्ञता छ । उनले व्यवस्थापन परामर्श दाताका रूपमा काम गरिसकेकी छिन् । यसका साथै उनले कोसी कोल्याबोरेटिभ (व्यवस्थापन तथा प्राविधिक परामर्शदाता कम्पनी), नोवाला बायोटेक ( स्वास्थ्य उपकरण सामग्री उत्पादन) र बटुका क्रिमरी (आइसक्रिम पार्लर) लगायतका उद्यम स्थापना गरेकी छिन् । 

प्रविधि र अर्थशास्त्रमा विज्ञता भएकी राजनीतिज्ञको रूपमा सुरुवाती चरणमा सुमनाको मूलतः तीनवटा प्राथमिकता छन् । पहिलो रोजगारीको सिर्जना गर्ने (विशेषतः प्रविधिको क्षेत्रमा), दोश्रो नेपालको विकासको मुद्दामा प्रवासी नेपालीहरुलाई संलग्न गराउने र तेस्रो राजनीतिज्ञहरूको राजनीतिक उत्तराधिकारीको योजना सञ्चालन गर्ने हो ।

अहिले सुमना श्रेष्ठ आफ्ना यी सबै विज्ञताको प्रयोग गरी नेपालीको भविष्य सुधार गर्ने पदमा पुगेकी छिन् । गठबन्धन सरकारमा उनको भूमिका कस्तो हुन्छ समयले देखाउनेछ । 

(सांसद श्रेष्ठको प्रोफाइलबाट )


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...
धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु सात करोड ७३ लाख ४४...

भर्खरै