नेभिगेशन
सबै कुरा

मुलुकको अवस्था परिवर्तन नभएको भन्ने हल्ला उचित होइन : केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको व्यवस्था परिवर्तन भएपनि अवस्था परिवर्तन नभएको भन्न नमिल्ने बताएका छन् । 

महिला दिवसको सन्दर्भमा मोतीदेवी स्मृति केन्द्रले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा ओलीले मुलुकको व्यवस्था परिवर्तन भएसंगै बिभिन्न वर्ग समूदायहरुको हक अधिकार स्थापीत भएको भन्दै अवस्था परिवर्तन नभएको भन्ने हल्ला उचित नभएको बताएका हुन् । उनले राज्यका हरेक निकायमा प्रतिशत तोकेर महिला सहभागिता सुनिश्चित हुने व्यवस्था रहेको भन्दै अब प्रतिशतलाई हटाएर समान सहभागीतामा जोड दिनुपर्ने उल्लेख गरे । पहिले भन्दा मुलुकको अवस्था धेरै राम्रो भएको र पूर्ण रुपमा राम्रो बनाउनुपर्ने जिम्मेवारी आफुहरुसामु रहेको उनले बताए । 

ओलीले संविधान कानून निर्माणमा एमालेको अग्रणी भूमिका रहेको भन्दै महिला शसक्तिकरणका साथ सामाजिक न्याय र समानताको आन्दोलनमा सदैव अग्र स्थानमा नै रहने धारणा राखे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...
धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु सात करोड ७३ लाख ४४...

भर्खरै