नेभिगेशन
सबै कुरा

पाथिभरा केबलकार निर्माण तत्काल अघि बढाउन जिल्लाका सबै राजनैतिक दलको आग्रह

फुङ्लिङ । पूर्बी नेपालको ताप्लेजुङ जिल्लाको पाथिभरा ९मुकुलुङ० मा केबलकार निर्माणको काम तत्काल अघि बढाउन सबै राजनैतिक दलहरूले आग्रह गरेका छन् । 

जिल्ला प्रशासन कार्यालय, ताप्लेजुङको आह्वानमा जिल्लामा बसेको संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनैतिक दलहरूको बैठकले केबलकार निर्माण सम्बन्धी आ–आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै केबलकार निर्माणको कामलाई सहजीकरण गर्दै अधि बढ्ने निर्णय गरेका हुन् ।

City Express

केबलकार कम्पनीले केबलकारको निर्माण कार्य तत्काल सुरु गर्ने र त्यसको लागि शान्ति सुरक्षाको व्यवस्था मिलाउन आग्रह गरेपछि प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले यो निर्णय गरेको हो । 

उक्त बैठकमा उपस्थित राजनैतिक दलहरूले आ–आफ्नो आधिकारिक धारणा मार्फत केबलकार निर्माणमा सहजीकरण गर्ने सहमति गरेका हुन ।

बैठकमा उपस्थित विभिन्न दलका प्रतिनिधिहरूले केबलकार जिल्लाको सर्वाङ्गीण विकास, रोजगारी र पहिचानसँग जोडिएकोले यसको निर्माणको काम तत्काल अघि बढाउन आवश्यक वातावरण निर्माण गर्ने बताएका थिए । 

आइएमई समूहको अगुवाइमा ताप्लेजुङ जिल्लाको फुङ्लिङ ११, काफ्लेपाटीबाट पाथिभरा मन्दिरसम्म पुग्ने केबलकार निर्माण गर्ने  योजना रहेको छ । 

ताप्लेजुङ जिल्लामा रहेको पाथिभरा क्षेत्र पूर्वी नेपालको एक धार्मिक, पर्यटकीय र ऐतिहासिक महत्वको क्षेत्र हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
‘कोरोनापछि हामी नेपालसँग कुनै सहकार्य भएको छैन' : इन्फिनिटी होल्डिङ्स र शंकर ग्रुप

‘कोरोनापछि हामी नेपालसँग कुनै सहकार्य भएको छैन' : इन्फिनिटी होल्डिङ्स र शंकर ग्रुप

उनीहरूका अनुसार, कोभिड महामारीका समयमा ‘हामी नेपाल’ नामक संस्थामार्फत् मानवीय सेवामा संलग्न भइएको थियो, जहाँ सुदन गुरुङ नेतृत्वको संस्थासँग अल्पकालीन सहकार्य भएको थियो। तर सो अवधि यता कुनैपनि...
समृद्ध नेपाल निर्माणमा जुट्न गोल्यान ग्रुपको आह्वान

समृद्ध नेपाल निर्माणमा जुट्न गोल्यान ग्रुपको आह्वान

गोल्यानले संघर्षबाट आशा र उज्यालो भविष्यप्रति अटल विश्वासले भरिपूर्ण नयाँ पुस्ताको उदय भएको जनाएको छ । ‘यो एक नयाँ सुरुवात हो, जसले बलिदानलाई सम्मान र न्यायलाई समर्थन गर्दछ...
प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीले मार्फा प्यालेस होटलमा विशेष छुट पाउने

प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीले मार्फा प्यालेस होटलमा विशेष छुट पाउने

एक समारोहका बीच मार्फा प्यालेस होटलका तर्फबाट केशव रिजाल र प्रभु बैंक लिमिटेड तर्फबाट, जोमसोम क्ल्स्टर प्रमुख तथा जोमसोम शाखाका शाखा प्रबन्धक नरेन्द« थकालीले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्...
बुटवल र अनामनगरपछि करेन्ट पोइन्टको तेस्रो शाखा काठमाडौँको शंखमूलमा

बुटवल र अनामनगरपछि करेन्ट पोइन्टको तेस्रो शाखा काठमाडौँको शंखमूलमा

करेन्ट पोइन्टको यो नयाँ शाखामा करेन्ट नुडल्सका विभिन्न परिकारहरू उपलब्ध हुनेछन् । विशेषगरी, यहाँ ग्राहकहरूले नूजा, यम्मी स्लर्प, क्रिस्पी रोल्स र चिज पकेट जस्ता नयाँ र आकर्षक परिकारहरूको...