नेभिगेशन
सबै कुरा

फिफा विश्व कप र एएफसी एसियन कप छनोट खेल्ने राष्ट्रिय फुटबल टोलीको विदाई

काठमाडौँ । फिफा विश्व कप र एएफसी एसियन कप छनोटको तयारीका लागि मलेसिया जाने राष्ट्रिय फुटबल टोलीलाई विदाई गरिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबार एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा अध्यक्ष लगाएत पदाधिकारीहरुले राष्ट्रिय टोलीलाई विदाइ गरेका हुन् । राष्ट्रिय फुटबल टोली बुधबार मलेसिया जाँदैछ । मलेसियामा तयारी गरेपछि नेपाली टिम बहराइन जानेछ । एन्फाले ६ नयाँ खेलाडीलाई समेट्दै मंगलबार टोलीको समेत घोषणा गरेको छ । खेलाडी विदाई कार्यक्रममा मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले नेपालमा पनि राम्रो तयारी भएको र मलेसियामा हुने अभ्यास पनि आगामी खेलका लागी महत्वपूर्ण सावित हुने बताए । बहराइनसंग स्वदेशमा खेल हुँदा त्यसको थप फाइदा नेपाललाई हुने भएपनि बहराइनमा नै खेल हुँदा पनि उच्च मनोवलका साथ मैदान उत्रने उनले बताए । 

Extreme Energy

नेपाल र बहराइनबीच हुने फिफा विश्वकप र एएफसी एसियन कप छनोटको दुवै खेल बहराइनमै हुने पक्का भइसकेको छ । पूर्व निर्धारित खेल अनुसार नेपाल र बहराइनबीचको पहिलो खेल चैत ८ गते र दोस्रो खेल चैत १३ गते बहराइन नेसनल स्टेडिायमा हुने एन्फाले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
च्याम्पियन्स लिग: पिएसजीद्वारा बार्सिलोना ४–२ ले पराजित

च्याम्पियन्स लिग: पिएसजीद्वारा बार्सिलोना ४–२ ले पराजित

घरेलु मैदानमा पिएसजीको प्रभाव: बार्सिलोनालाई ४–२ गोल अन्तरले हराउँदै शानदार जित दर्ज
रोमामाथि रियाल मड्रिडको रोमाञ्चक जित, अन्तिम मिनेटको गोलले बदलियो नतिजा

रोमामाथि रियाल मड्रिडको रोमाञ्चक जित, अन्तिम मिनेटको गोलले बदलियो नतिजा

८३ औँ मिनेटमा बेन्चबाट मैदान प्रवेश गरेका युवा स्टार कार्लोस एस्पीले गोल गर्दै अन्तर घटाए भने ८५ औँ मिनेटमा एन्ड्रिकले उत्कृष्ट हेडरमार्फत खेल ३–३ को रोमाञ्चक बराबरीमा ल्याए।
अग्वेरोको कीर्तिमान तोड्दै इर्लिङ हलान्ड बने म्यानचेस्टर सिटीका लागि च्याम्पियन्स लिगमा सर्वाधिक गोलकर्ता

अग्वेरोको कीर्तिमान तोड्दै इर्लिङ हलान्ड बने म्यानचेस्टर सिटीका लागि च्याम्पियन्स लिगमा सर्वाधिक गोलकर्ता

हलान्डले म्यानचेस्टर सिटीका लेजेन्ड सर्जियो अग्वेरो को ३६ गोलको कीर्तिमानलाई पछि पार्दै च्याम्पियन्स लिगमा सिटीका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्।
च्याम्पियन्स लिगमा पीएसजीको दबदबा, घरेलु मैदानमै हार्यो म्यानचेस्टर सिटी

च्याम्पियन्स लिगमा पीएसजीको दबदबा, घरेलु मैदानमै हार्यो म्यानचेस्टर सिटी

खेलको पहिलो हाफमै पीएसजीले पूर्ण नियन्त्रण जमाएको थियो। १३ औं मिनेटमा डेजिरे दुएले काउन्टर-अट्याकमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसको लगत्तै ९९ सेकेन्डभित्रै ओसमान डेम्बेलेले हेडमार्फत दोस्रो गोल...