नेभिगेशन
सबै कुरा

फिफा विश्व कप र एएफसी एसियन कप छनोट खेल्ने राष्ट्रिय फुटबल टोलीको विदाई

काठमाडौँ । फिफा विश्व कप र एएफसी एसियन कप छनोटको तयारीका लागि मलेसिया जाने राष्ट्रिय फुटबल टोलीलाई विदाई गरिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबार एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा अध्यक्ष लगाएत पदाधिकारीहरुले राष्ट्रिय टोलीलाई विदाइ गरेका हुन् । राष्ट्रिय फुटबल टोली बुधबार मलेसिया जाँदैछ । मलेसियामा तयारी गरेपछि नेपाली टिम बहराइन जानेछ । एन्फाले ६ नयाँ खेलाडीलाई समेट्दै मंगलबार टोलीको समेत घोषणा गरेको छ । खेलाडी विदाई कार्यक्रममा मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले नेपालमा पनि राम्रो तयारी भएको र मलेसियामा हुने अभ्यास पनि आगामी खेलका लागी महत्वपूर्ण सावित हुने बताए । बहराइनसंग स्वदेशमा खेल हुँदा त्यसको थप फाइदा नेपाललाई हुने भएपनि बहराइनमा नै खेल हुँदा पनि उच्च मनोवलका साथ मैदान उत्रने उनले बताए । 

Ncell
Extreme Energy

नेपाल र बहराइनबीच हुने फिफा विश्वकप र एएफसी एसियन कप छनोटको दुवै खेल बहराइनमै हुने पक्का भइसकेको छ । पूर्व निर्धारित खेल अनुसार नेपाल र बहराइनबीचको पहिलो खेल चैत ८ गते र दोस्रो खेल चैत १३ गते बहराइन नेसनल स्टेडिायमा हुने एन्फाले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
फुटबलर आशिष राईको उपचारका लागि एन पेनाङ एफसीको अग्रसरतामा १२ लाख रुपैयाँ संकलन

फुटबलर आशिष राईको उपचारका लागि एन पेनाङ एफसीको अग्रसरतामा १२ लाख रुपैयाँ संकलन

मलेसियाको पेनाङमा सम्पन्न मैत्रीपूर्ण फुटबल प्रतियोगितामा स्थानीय तथा अन्तर्राष्ट्रिय नेपाली क्लबहरूको उत्साहजनक सहभागिता रहेको थियो। मुख्य प्रतियोगितामा हिमालयन एफसी, एन पेनाङ एफसी र नेपबोर्न एफसी बीच प्रतिस्पर्धात्मक खेलहरू...
१६ वर्षपछि उपाधि जित्दा स्पेनको नयाँ युगको सुरुआत

१६ वर्षपछि उपाधि जित्दा स्पेनको नयाँ युगको सुरुआत

सन् २०१० पछि स्पेनलाई च्याम्पियन बनाउन फेरान टोरेजले निर्णायक गोल गरेका थिए । निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले गोल गर्न सकेनन् । एन्जो फर्नान्डेजले रातो कार्ड पाएपछि...
मेस्सीको अन्तिम विश्वकपमा अर्जेन्टिनाको भावुक बिदाइ

मेस्सीको अन्तिम विश्वकपमा अर्जेन्टिनाको भावुक बिदाइ

स्पेनसँग १–० ले पराजित हुँदै अर्जेन्टिनाले विश्वकप उपाधि जोगाउने अवसर गुमाएपछि देशभर निराशा छाएको छ । समर्थकहरूका लागि यो हार केवल उपाधि गुमाउनु मात्र नभई विश्व फुटबलका महान्...
एमबाप्पेले जिते गोल्डेन बुट

एमबाप्पेले जिते गोल्डेन बुट

विश्वकप २०२६ भर सर्वाधिक १० गोल गरेका फ्रान्सका कप्तान एमबाप्पेले सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट अवार्ड जितेका छन् ।