नेभिगेशन
सबै कुरा

बिहारबाट आएर रौटहटमा मनि ट्रान्सफरका संचालकमाथि गोली प्रहार

रौतहटमा शिव मनि ट्रान्सफरका संचालक नितेश कुमार यादवमा गोली प्रहार भएको छ । २६ वर्षिया यादवमाथि करिब दिनको १ बजे गोली प्रहार भएको हो । 

उनीमाथि गोली प्रहार गर्ने तीन जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी एजिला गिरीले बताइन् । पक्राउ पर्नेहरुमा मोतिहारी बिहार घर भएका मुनिष यादव, राजा कुमार पास्वान र चन्द्रभान सिंह रहेका छन् । पक्राउ परेकाहरुको साथबाट कटुवा पेस्तोल बरामद भएको प्रहरीले बताएको छ । 

City Express

गोली लागी घाइते यादवलाई उपचारका लागि वीरगंज पठाइको छ । मनि ट्रान्सफरका संचालकमाथि आक्रमण भएकाले लुटपाट गर्ने उद्देश्यले गोली प्रहार गरेको हुनसक्ने प्रहरीको आशंका छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

युवराज आइतबार बिहान १०ः३० बजे घरदेखि करिब ५०० मिटर उत्तरतर्फ करेसाबारीमा मृत फेला परेका थिए । मृत युवराजको शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि हत्याको आशङ्कामा प्रहरीले अनुसन्धान अघि...
बैतडीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

बैतडीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

जिल्लाको सिगास गाउँपालिका–३ धमकट्टेबाट सिन्याखेततर्फ गइरहेको ट्याक्टर आइतबार अपराह्न सोही वडाको गडीघाढी भन्ने स्थानमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा एकै परिवारका तीन सहित चार जनाको मृत्यु, बसले अटोरिक्सालाई ठक्कर दिएको थियो

दुर्घटनामा एकै परिवारका तीन सहित चार जनाको मृत्यु, बसले अटोरिक्सालाई ठक्कर दिएको थियो

विराटनगरबाट धनगढी गइरहेको सुप्र०१–००१ख ३२८८ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको प्रदेश२–०१–००१ह १२३० नम्बरको अटोरिक्सालाई शनिबार साँझ ठक्कर दिएको थियो ।
छोराको प्रहारबाट बाबुको मृत्यु, आमा घाइते

छोराको प्रहारबाट बाबुको मृत्यु, आमा घाइते

मालिका –३ म्यालका २३ वर्षीय भोटबहादुर विकले शनिबार ५२ वर्षीय धनबहादुरको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारूले जानकारी दिए ।