नेभिगेशन
सबै कुरा

रास्वपा प्रतिपक्षमा हुँदा जत्तिकाे प्रतिपक्ष बन्न कांग्रेसलाई रविकाे सुझाव

काठमाडाैँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले एउटा कागजको चिर्कटोको आधारमा संसद अवरुद्ध नगर्न नेपाली कांग्रेसलाई आग्रह गरेका छन् । काठमाडौंमा पार्टीका नेता कार्यकर्तालाई सम्बोधा गर्ने क्रममा लामिछानेले कम्तिमा रास्वपा प्रतिपक्षीमा हुँदाको जस्तो प्रतिपक्षी बन्न सुझाव समेत दिएका छन् । 

ठूलो लोकतान्त्रिक दल नेपाली कांग्रेसलाई प्रहरीले ड्रयरमा राखेको कागजमा संसद अवरुद्ध गर्नुभन्दा प्रतिपक्षीको भूमिका निर्वाह गर्न सुझाव दिए । उनले भने, ‘प्रतिपक्षको रुपमा रास्वपाले के गरेको थियो त्यति मात्र गरिदियोस् । प्रतिपक्षी हुँदा हाम्रा २०/२१ जना सांसद कस्तो प्रतिपक्षी बनेको थिए ? कम्तिमा पनि एउटा प्रतीपक्ष त्यत्तिको त बनोस् । त्यत्रो ठूलो दल छ, त्यत्तिका धेरै सांसद छन् । कम्तिमा हामीलाई र्याखर्याख्ती पारोस् । विषयमा र्याखर्याख्ती पारोस् कांग्रेसले, मुद्दाहरुमा र्याखर्याख्ती पारोस्, कानुनहरु मिलाउने कुरामा र्याखर्याख्ती पारोस् । नत्र एउटा कागजको चिर्कटमा संसद अवरुद्ध गरेर आफ्नो यति लामो राजनीतिक इतिहासलाई बिटुलो पार्ने काम नेपाली कांग्रेसले नगरोस् । म नेपाली कांग्रेसलाई विनम्रतापूर्व अनुरोध गर्न चाहन्छु ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...
धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु सात करोड ७३ लाख ४४...

भर्खरै