नेभिगेशन
सबै कुरा

कांग्रेसलाई रविको प्रस्ताव–तपाईँले भनेको समय र स्थानमा बहस गरौँ, त्यसलाई LIVE गराैँ

काठमाडाैँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसलाई लाइभ बहसको प्रस्ताव गरेका छन् । सहकारी ठगीमा संलग्न रहेको भन्दै कांग्रेसले निरन्तर संसद अवरोध गर्दै आएपछि गृहमन्त्री लामिछानेले यस्तो प्रस्ताव गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रवि लामिछानेले लेखेका छन्, ‘ठाडो उजुरी बाहेक केही हैसियत नभएको चिर्कटो बोकेर सदन नै अबरुद्ध गर्नु पर्ने कारण बारे ‘एक बहस तो बन्ता है’ । 

Ncell
Extreme Energy

त्यस्तै लामिछानेले आफू कांग्रेसले भनेको दिन स्थान र समयमा बहस गर्न तयार रहेको बताएका छन् । ‘तपाईंहरुले भनेको दिन, स्थान र  समयमा तपाईंहरु र म सार्वजनिक बहस गरौँ ।  त्यो बहस काठमाडौँ–४ मा भए राम्रो। म एक्लै आउँछु, तपाईं  आफ्ना विज्ञ, पार्टीका सम्पुर्ण प्रभावशाली नेता र तपाईंले म माथि लगाएका सारा आरोप पुष्टि गर्ने सम्पुर्ण प्रमाण बोकेर आउनु होला। यो बहस लाइभ गरौँ ताकी सिङ्गो देशले हेरोस्। सारा देशका अगाडी तपाइहरुले मलाई  सुर्यदर्शन सहकारीको ठग प्रमाणित गर्नु होला। तपाईंका कुरा तपाईं जान्नुहोस् मैले त मेरा मतदाता माथी  न्याय गर्नै पर्छ। जवाफ दिनै पर्छ।’

यस्तो लामिछानेले लेखेका पूरा स्टाटस

प्रिय नेपाली कांग्रेसका नेताज्युहरुमा मेरो नमस्कार । आज म सिङ्गो देशलाई साक्षी राखेर नेपाली कांग्रेसलाई मेरो सानो अनुरोध सार्वजनिक गर्दैछु। तपाईंको पार्टीले म माथी कयौं प्रश्नहरु सदनमा निरन्तर उठाइरहेको छ। म तीनको जवाफ सदनमा उभिएर दिन चाहन्थें। तर तपाईहरुले प्रधानमन्त्रीको जवाफ माग्नु भो। प्रधानमन्त्रीको जवाफ पाए पछि अब फेरि तपाईलाई संसदीय समिति चाहिएको छ। 

सम्मानित अदालतमा सुर्यदर्शन सहकारीको मुद्दा चलिरहेको छ भन्ने सुनेको छु तर मुद्दामा म प्रतिवादी भएको जानकारी छैन, कसैको बयानमा समेत मेरो नाम संलग्न  भएको जानकारी छैन, न मलाई प्रहरी वा अदालतले कुनै पत्र काटेको छ, न म त्यसको सदस्य वा पदाधिकारी हु, न त्यहाको पैसा मैले निकाल्न वा कतै लान सक्ने अधिकार राख्छु। अदालतले हेरिरहेको सुर्यदर्शन सहकारीको यो मुद्दामा संसदमा नन् स्ट्प बहस हुनु र अझ संसदीय समिति माग्नु कानुनी हिसाबले के कति जायज होलारु ??

तपाईंहरु आफै सरकारमा हामी प्रतिपक्षमा हुदा तपाईंहरुले चरम दवाब दिदा समेत प्रहरीले दर्ता गर्न समेत योग्य नठानेको तर बुझिलिएर बिना दर्ता कतै राखिछाडेको ठाडो उजुरी बाहेक केहि हैसियत नभएको चिर्कटो बोकेर सदन नै अबरुद्ध गर्नु पर्ने कारण बारे "एक बहस तो बन्ता हैू" !!

प्रमाण भेटिदा बालकृष्ण खाँडलाई घरबाट टिपेर लानु हुने तपाईहरुले प्रमाण पाएको भए मलाई यत्तिका समय, के माया लागेर छोड्नु भएको हो र रु म त प्रतिपक्षमा थिएं। सक्दो गर्नु भो, केही नलागे पछि  conflict of intrest भए पनि create गरौ भनेर यो सब प्रपंच गर्नु भो। त्यसैको आडमा सारा हर्कत गर्दै हुनु हुन्छ। This is not conflict of intrest, This is a prociple of creating conflict of intrest. नेपाली कांग्रेसका निष्ठावान साथीहरूलाई यो कुरा थाहा होस् भनेर सप्रेम यति वर्णन गरेको हुँ।  यस्तो स्तरहिन राजनीतिले नेपाली कांग्रेस जस्तो लोकतान्त्रिक दललाई कहाँ पुर्याउलार ??

आफू माथी निरन्तर प्रश्न उठ्दा म कहाँ गएर बोलौं ?

मेरो जवाफ सुन्न नचाहनेरनसक्ने तपाईहरुलाई मेरो विनम्र  अनुरोध  सहितको अफर  सार्वजनिक गर्दैछु। 

तपाईंहरुले भनेको दिन,स्थान र  समयमा तपाईंहरु र म सार्वजनिक बहस गरौं। त्यो बहस काठमाडौ-४ मा भए राम्रो। म एक्लै आउछु, तपाईं  आफ्ना विज्ञ,पार्टीका सम्पुर्ण प्रभावशाली नेता र तपाईंले म माथि लगाएका सारा आरोप पुष्टि गर्ने सम्पुर्ण प्रमाण बोकेर आउनु होला। यो बहस ीक्ष्ख्भ् गरौं ताकी सिङो देशले हेरोस्। सारा देशका अगाडी तपाइहरुले मलाई  सुर्यदर्शन सहकारीको ठग प्रमाणित गर्नु होला। तपाईंका कुरा तपाईं जान्नुहोस् मैले त मेरा मतदाता माथी  न्याय गर्नै पर्छ। जवाफ दिनै पर्छ। 

मेरो यो प्रस्तावको  जवाफमा तपाईंहरुले कहिँ,कतै,केही लेख्न बोल्न पर्दैन।दायाँ बायाँ केही कुरा नगर्नु होला। वस्, तपाईं मलाई यत्ती मात्र भन्नुस्,म कहिले कहाँ तपाईका आरोपहरुको जवाफ दिन आँउर ?

हैन भने, छोढ्दिनुस् यो बाल हठ। मेरो यो चुनौतीलाई प्रतिशोधका रुपमा लिनपनि आवश्यक  छैन। सशक्त प्रतिपक्षी बनेर जनताको मन जित्नुस्। हामी माथी रचनात्मक दवाब बढाउनुस्। भर्खर जन्मेको दल भएपनि एक वर्षमा शायद हामीले राम्रो प्रतिपक्ष बनेर देखायौं। त्यो भन्दा प्रभावशाली बनेर हामीलाई पाठ सिकाइदिनुस्। यस्तो स्तरहिन हर्कतले कुनै नेताको कुण्ठा शान्ता होला तर कांग्रेस जस्तो लोकतान्त्रिक दलको इतिहास र प्रतिष्ठा लाई शोभा दिदैन। 

सुर्यदर्शन सहकारीका पीडितहरुलाई भेट्न सार्वजनिक अपिल गरिसकेको छु। संघर्ष समिति सँग त आफ्ना कुरा राखिसकेको छु। प्रष्ट हुनुस् स् सहकारी पीडितले न्याय पाउछन्। 

जय नेपाल (पार्टी वाला होइन, देश वाला)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।

भर्खरै