नेभिगेशन
सबै कुरा

स्पट फिक्सिङको आरोप लागेका क्रिकेटर आदिल अन्सारीसहित ५ जनाले पाए सफाइ

नेपाल टी–२० लिगमा स्पट फिक्सिङको आरोप लागेका आदिल अन्सारीसहित ५ जनाले सफाइ पाएका छन्। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले सोमबार नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर आदिल अन्सारी र पूर्व राष्ट्रिय खेलाडी महबुब आलमसहित पाँच जनाविरुद्धको मुद्दामा दाबी नपुगेको भन्दै सफाई दिएको हो । 

२०७९ पुस ९ गतेदेखि २७ गतेसम्म भएको नेपाल टी–२० लिगका क्रममा उनीहरू स्पट फिक्सिङमा संलग्न रहेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले छानबिन गरेको थियो । सीआईबीको छानबिनपश्चात उनीहरुविरुद्ध सरकारी वकिलको कार्यालयमार्फत मुद्दा चलाएको थियो।

CG

सीआईबीले पक्राउ गरेर छानबिन गरेका उनीहरुले अदालतमा जनही ३ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए। उक्त समयमा क्रिकेटर मोहमद आदिल आलम, महबुब आलम र नितेश गुप्ता धरौटी बुझाएर छुटेका थिए भने नविन कँडेल र रबि माझी फरार थिए । फरार रहेका उनीहरूले पनि सो मुद्दाबाट सफाइ पाएका छन्।

 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत

नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत

अन्य ब्याट्सम्यानले अपेक्षित प्रदर्शन गर्न सकेनन् । अफगानिस्तानका जाइटुल्लाह शाहिनले तीन विकेट लिए भने अब्दुल अजिज र नुरिस्तानी ओमरजाई र वहिदुल्लाह जाद्रानले समान दुई/दुई विकेट हात पारे ।
एनपीएलको सफल आयोजनापछि क्यानलाई आइसिसीको बधाई

एनपीएलको सफल आयोजनापछि क्यानलाई आइसिसीको बधाई

एनपिएलको दोस्रो संस्करण सफलतापूर्वक आयोजना गरी सम्पन्न गरेकामा आइसीसी अध्यक्ष शाहले क्यानका अध्यक्ष चन्दलाई पत्राचार गर्दै बधाई दिएका हुन् ।
यु–१९ एसिया कपः नेपालद्वारा बङ्गलादेशसामु १३१ रनको लक्ष्य

यु–१९ एसिया कपः नेपालद्वारा बङ्गलादेशसामु १३१ रनको लक्ष्य

नेपालले ब्याटिङ गर्ने क्रममा निर्धारित ५० ओभरको खेलमा ३१ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय ३० रन बनायो । नेपालका लागि अभिषेक तिवारीले सर्वाधिक ३० रन...
लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि, सुदूरपश्चिम यसपटक पनि उपविजेता

लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि, सुदूरपश्चिम यसपटक पनि उपविजेता

कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा आज भएको खेलमा लुम्बिनी लायन्सले गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।