नेभिगेशन
सबै कुरा

स्पट फिक्सिङको आरोप लागेका क्रिकेटर आदिल अन्सारीसहित ५ जनाले पाए सफाइ

नेपाल टी–२० लिगमा स्पट फिक्सिङको आरोप लागेका आदिल अन्सारीसहित ५ जनाले सफाइ पाएका छन्। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले सोमबार नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर आदिल अन्सारी र पूर्व राष्ट्रिय खेलाडी महबुब आलमसहित पाँच जनाविरुद्धको मुद्दामा दाबी नपुगेको भन्दै सफाई दिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

२०७९ पुस ९ गतेदेखि २७ गतेसम्म भएको नेपाल टी–२० लिगका क्रममा उनीहरू स्पट फिक्सिङमा संलग्न रहेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले छानबिन गरेको थियो । सीआईबीको छानबिनपश्चात उनीहरुविरुद्ध सरकारी वकिलको कार्यालयमार्फत मुद्दा चलाएको थियो।

Ncell
Extreme Energy

सीआईबीले पक्राउ गरेर छानबिन गरेका उनीहरुले अदालतमा जनही ३ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए। उक्त समयमा क्रिकेटर मोहमद आदिल आलम, महबुब आलम र नितेश गुप्ता धरौटी बुझाएर छुटेका थिए भने नविन कँडेल र रबि माझी फरार थिए । फरार रहेका उनीहरूले पनि सो मुद्दाबाट सफाइ पाएका छन्।

 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नेपाली क्रिकेटमा ऐतिहासिक फड्काे : एनपिएललाई आईसीसीकाे औपचारिक मान्यता

नेपाली क्रिकेटमा ऐतिहासिक फड्काे : एनपिएललाई आईसीसीकाे औपचारिक मान्यता

विज्ञप्तिमा आईसीसीबाट प्राप्त स्वीकृतिबारे उल्लेख गर्दै क्यानले भनेको छ, “आईसीसीबाट प्राप्त उक्त मान्यताले नेपाली क्रिकेटको विकास, विस्तार तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको घरेलु क्रिकेट प्रतियोगिताको पहिचान थप मजबुत बनाउन...
आइसिसी क्रिकेट विश्वकप लिग–२: ओमानलाई हराउँदै नेपाल लगातार दोस्रो जित निकाल्न सफल

आइसिसी क्रिकेट विश्वकप लिग–२: ओमानलाई हराउँदै नेपाल लगातार दोस्रो जित निकाल्न सफल

ओमानको अल अमेरतस्थित क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ–१ मा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २६३ रन बनाएको थियो।
आइसिसीको विश्व वरियतामा नेपाल १६औँ स्थानमा

आइसिसीको विश्व वरियतामा नेपाल १६औँ स्थानमा

नेपालले ३३ खेलमा ९३९ अङ्कसहित २८ रेटिङ प्राप्त गरेको छ । नेपालभन्दा अघि अमेरिका १५औँ स्थानमा छ । त्यस्तै नेपालभन्दा पछाडि नामिबिया १७औँ स्थानमा छ ।
एनपिएललाई अन्तर्राष्ट्रिय मान्यता दिन आइसिसीले प्रक्रिया अगाडि बढायो

एनपिएललाई अन्तर्राष्ट्रिय मान्यता दिन आइसिसीले प्रक्रिया अगाडि बढायो

नेपाल क्रिकेट संघ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को तयारीमा जुटेको छ । एनपिएलको मिति नजिकिएसँगै क्यान अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट अन्तर्राष्ट्रिय मान्यता पाउने...

भर्खरै