नेभिगेशन
कर्पाोरेट

आईएचसीएलले नेपालमा भिभान्ता चितवन संचालन गर्ने

काठमाडौंः भारतको आतिथ्य कम्पनी इन्डियन होटल्स कम्पनी लिमिटेड (आईएचसीएल) ले चितवनको भरतपुरमा भिभान्ता चितवन संचालन गर्ने भएको छ । 

भिभान्ता चितवन नेपाली संस्कृति र विलासिताको संगमका रुपमा स्थापित हुने आईएचसिएलले जनाएको छ । भिभान्ता चितवनमा विस्तार भएको अवसरमा आईएचसीएल, न्यू बिजनेस एण्ड होटल्स ओपनिङ्सका उपाध्यक्ष दीपिका रावले नेपालमा आईएचसीएलको तेस्रो होटेलका रुपमा भिभान्ता चितवन विस्तार हुनु कम्पनीका लागि अर्को एक महत्वपूर्ण उपलब्धी रहेको बताए ।

City Express

‘देशको प्रमुख शहरी केन्द्रहरूमध्येको एक भरतपुर चितवन राष्ट्रिय निकुञ्ज र लुम्बिनी जस्ता विश्व सम्पदाहरूको प्रवेश द्वार हो । भिभान्ता चितवन आईएचसीएल र चौधरी गु्रपबीचको २५ वर्षदेखिको सुमधुर सम्बन्धको प्रमाण हो । यस अवधीमा आईएचसीएल र सीजीले ५ देशका ११ होटलमा सहकार्य गरिरहेका छन् ।”

भिभान्ता चितवनले आफ्नो बेग्लै शैली र भावना प्रस्तुत गरेको छ । यस होटलमा अतिथीहरूको सम्मानमा विशेष ध्यानपूर्वक निर्माण गरिएका ४५ रूमहरू छन् । यी प्रत्येक रूमहरू सुन्दर ढंगले सुसज्जित छन् । भिभान्ताका सुइटमार्फत पाहुनाहरूले सुन्दर देवचुली र प्रकृतिकोे लोभलाग्दो दृष्य हेर्न सक्छन् । साथै, पाहुनाहरूले होटलको मिन्टमा डिनर सहित विभिन्न खानाको स्वाद लिन सक्नुहुनेछ भने होटलको बार ‘विंक’ मा आरामका साथै भरपुर मनोरञ्जनको स्वाद पाइन्छ । 

त्यस्तै, वेलनेस र मनोरञ्जनका लागि यस होटलमा अत्याधुनिक फिटनेस सेन्टरका साथै स्विमिङ पुल रहेको छ जहाँबाट मनोरम सिराइचुली माउन्टेनको दृष्य देख्न सकिन्छ । यस होटलमा २४०० वर्ग फुटको सभाहल छ । र, बिजनेस सेन्टर समेत रहेका छन् ।

नारायणी नदीको किनारमा अवस्थित भरतपुर नेपालको एक प्रमुख व्यवसायिक केन्द्रको रूपमा परिचित छ । ऐतिहासिक र पवित्र धार्मिक स्थलहरूदेखि प्राकृतिक परिदृस्यसम्मका विविध अनुभव दिने यस क्षेत्रले पर्यटकहरूलाई आकर्षित गरिरहेको छ ।

यस अवसरमा बोल्दै सीजी हस्पिटालिटीका प्रबन्ध निर्देशक राहुल चौधरीले सीजीले विकास गरेको होटलमा ताजसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताउनुभयो । “भिभान्ता चितवन थपिएपछि पाहुनाहरूले चितवन राष्ट्रिय निकुञ्जमा ताज सफारी जंगल रिसोर्ट, काठमाडौं र भरतपुरमा भिभान्ता मार्फत आईएचसीएलको आतिथ्यताको अनुभव लिन सक्नुहुनेछ” चौधरीले भने । 

इन्डियन सव कन्टीनेन्ट र मिडल इस्टमा चौधरी गु्रप र आईएचसीएलबीचको सहकार्यमा माल्दिभ्समा ताज एक्सोटिका रिसोर्ट एण्ड स्पा र ताज कोरल रिफ रिसोर्ट एण्ड स्पा, श्रीलंकामा ताज कोलम्बो, दुबईमा ताज जुमेराह लेक टावर्स, भारतमा ताज सफारि र नेपालमा मेघौली सेराई संचालनमा छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप कर्पाोरेट
‘कोरोनापछि हामी नेपालसँग कुनै सहकार्य भएको छैन' : इन्फिनिटी होल्डिङ्स र शंकर ग्रुप

‘कोरोनापछि हामी नेपालसँग कुनै सहकार्य भएको छैन' : इन्फिनिटी होल्डिङ्स र शंकर ग्रुप

उनीहरूका अनुसार, कोभिड महामारीका समयमा ‘हामी नेपाल’ नामक संस्थामार्फत् मानवीय सेवामा संलग्न भइएको थियो, जहाँ सुदन गुरुङ नेतृत्वको संस्थासँग अल्पकालीन सहकार्य भएको थियो। तर सो अवधि यता कुनैपनि...
समृद्ध नेपाल निर्माणमा जुट्न गोल्यान ग्रुपको आह्वान

समृद्ध नेपाल निर्माणमा जुट्न गोल्यान ग्रुपको आह्वान

गोल्यानले संघर्षबाट आशा र उज्यालो भविष्यप्रति अटल विश्वासले भरिपूर्ण नयाँ पुस्ताको उदय भएको जनाएको छ । ‘यो एक नयाँ सुरुवात हो, जसले बलिदानलाई सम्मान र न्यायलाई समर्थन गर्दछ...
प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीले मार्फा प्यालेस होटलमा विशेष छुट पाउने

प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीले मार्फा प्यालेस होटलमा विशेष छुट पाउने

एक समारोहका बीच मार्फा प्यालेस होटलका तर्फबाट केशव रिजाल र प्रभु बैंक लिमिटेड तर्फबाट, जोमसोम क्ल्स्टर प्रमुख तथा जोमसोम शाखाका शाखा प्रबन्धक नरेन्द« थकालीले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्...
बुटवल र अनामनगरपछि करेन्ट पोइन्टको तेस्रो शाखा काठमाडौँको शंखमूलमा

बुटवल र अनामनगरपछि करेन्ट पोइन्टको तेस्रो शाखा काठमाडौँको शंखमूलमा

करेन्ट पोइन्टको यो नयाँ शाखामा करेन्ट नुडल्सका विभिन्न परिकारहरू उपलब्ध हुनेछन् । विशेषगरी, यहाँ ग्राहकहरूले नूजा, यम्मी स्लर्प, क्रिस्पी रोल्स र चिज पकेट जस्ता नयाँ र आकर्षक परिकारहरूको...